अर्थ

नेपाली मुद्रा हालसम्मकै कमजोर

नेपाली मुद्रा हालसम्मकै कमजोर

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ बिक्रीदर तोकेको छ । सोही अवधिमा एक अमेरिकी डलरको खरिद दर १३०.३० रुपैयाँ तय गरेको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो एक महिनायता गत शुक्रबार नयाँ रेकर्ड बनाएको डलरको भाउले त्यसयता हरेक दिनजसो नयाँ उचाइ बनाउँदै आएको छ ।
Read More
भारत–नेपाल संयुक्त जलस्रोत समितिको नवौँ बैठक र संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठक सम्पन्न

भारत–नेपाल संयुक्त जलस्रोत समितिको नवौँ बैठक र संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठक सम्पन्न

काठमाडौं । भारत–नेपाल संयुक्त जलस्रोत समितिको नवौँ बैठक र संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठक काठमाडौंमा सम्पन्न भएको छ । भारत–नेपाल सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक भारत सरकार जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत, नदी विकास एवं गंगा संरक्षण विभागका सचिव पंकज कुमार र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राईको सह–अध्यक्षतामा आज काठमाडौँमा सम्पन्न भएको हो । यस बैठक अघि मिति २०७९ आश्विन ५–६ गते गंगा बाढी नियन्त्रण आयोग, पटनाका अध्यक्ष एम.के. श्रीनिवास र नेपाल जलस्रोत मन्त्रालयका सह–सचिव शिशिर कोईरालाको सह–अध्यक्षतामा भारत–नेपाल संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठक भएको थियो । यी दुई बैठकमा भारत र नेपालबीच…
Read More
नेपाल बैंकले मुद्दती खातामा पैसा दोब्बर हुन लाग्ने समय घटायो

नेपाल बैंकले मुद्दती खातामा पैसा दोब्बर हुन लाग्ने समय घटायो

काठमाडाैँ । नेपाल बैंकले हालै मात्र सञ्चालनमा ल्याएको डबल धमाका मुद्दती खाताहरूमा ग्राहकको साँवा रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरेको छ । अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र पाँच वर्ष नौ महिना २९ दिनमा साँवा रकम दोब्बर हुने भएको हो । यो खाता न्यूनतम २५ हजार रुपैयाँ जम्मा गरी खोल्न सकिने बैंकले जनाएको छ । यो योजनामा बैंकले पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पनि उपलब्ध गराउने जनाइएको छ । सरकारी बैंक भएको र जनविश्वास उच्च भएको कारणले पनि लामो समयको मुद्दतीमा ग्राहकको धेरै नै आकर्षण रहेको बैंकको दाबी छ । संघ–संस्थाहरूका लागि बैंकले नेपाल बैंक डबल…
Read More
खाने तेलको मूल्य थप १० रुपैयाँले घट्यो

खाने तेलको मूल्य थप १० रुपैयाँले घट्यो

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटाएको छ । सुपथ मूल्य पसलमा बजारको भाउ भन्दा महँगो भएको भन्दै गुनासो आएपछि कम्पनीले लिटरमा थप १० रुपैयाँले घटाएको हो। घटेको मूल्य मंगलबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ । घटेको मूल्य अनुसार अब सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५ रुपैयाँ, तोरीको तेल २ सय ७५ रुपैयाँ र भटमासको तेल २ सय ४० रुपैयाँमा पाइनेछ। बजारमा अहिले सनफ्लावर तेल प्रतिलिटर २ सय ९० रुपियाँ पर्छ। पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ।
Read More
धितोपत्र बोर्डले माग्यो नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन

धितोपत्र बोर्डले माग्यो नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन मागेको छ । बोर्डले आज पत्रिकामा सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा अनुपतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्डमा निवेदन दिन बोर्डले सूचना निकालेको हो । धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले अनुमतिपत्रका लागि आवेदन दिन पाउने सूचनामा उल्लेख छ ।
Read More
नेपाल–चीन व्यापारमा समस्या: पारवहन सुविधा रोक्नु अन्तर्राष्ट्रिय कानुनविपरीत

नेपाल–चीन व्यापारमा समस्या: पारवहन सुविधा रोक्नु अन्तर्राष्ट्रिय कानुनविपरीत

काठमाडौँ । भूपरिवेष्टित मुलुक नेपाललाई पारवहन सुविधा दिन सहमत भएको चीनले पटकपटक व्यापारिक नाका बन्द गरेर त्यसको उपहास गरेको छ। सन् २०१६ मा नेपाल र चीनबीच पारवहन सुविधा उपलब्ध गराउनेगरी सम्झौता भएको थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पालामा भएको यो सम्झौतापछि नेपालले चिनियाँ सडक मार्ग हुँदै समुद्रसम्मको पहुँच सुविधा पाएको थियो। तर त्यसयता चीनले दुई मुलुकबीचका प्रमुख व्यापारिक नाका तातोपानी–खासा र रसुवागढी–केरुङ धेरैपटक बन्द गरेको छ। अहिले पनि यी दुवै नाका बन्दसरह छन्। दुई मुलुकबीचको पारवहन सम्झौता मात्र होइन; अन्तर्राष्ट्रिय कानुनअनुसार पनि भूपेरिवेष्ठित मुलुकलाई पारवहन सुविधामा अवरोध गर्ने गरी नाका बन्द गर्न पाइँदैन। तर नेपालसँगको व्यापारिक गतिविधिका हकमा चीनले आफ्नै…
Read More
नेपाली स्याउले किन पाउँदैन बजार ?

नेपाली स्याउले किन पाउँदैन बजार ?

काठमाडौँ । नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा विदेशबाट भने एकै महिना करोडौं मूल्यको स्याउ नेपाल भित्रने गरेको छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा उत्पान हुने स्याउ बजारसम्म पुर्याउन नसक्दा बोटमै कुहिने गरेको समाचार बारम्बार मिडियामा आउँछन् । ढुवानीको राम्रो व्यवस्था नहुँदा नेपाली स्याउले उपयुक्त बजार पाउन सकेको छैन । तर, विदेशबाट भने दैनिक दुई करोड रुपैयाँभन्दा बढीको स्याउ नेपाल आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा मात्र विभिन्न देशबाट नेपालमा ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ भित्रिएको छ । सो मूल्यमा ९२ लाख १०…
Read More
लघुबीमा कम्पनीको लाइसेन्सका लागि प्रस्ताव आव्हान, ३५ दिनभित्र पेश गर्नुपर्ने

लघुबीमा कम्पनीको लाइसेन्सका लागि प्रस्ताव आव्हान, ३५ दिनभित्र पेश गर्नुपर्ने

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनीको लाइसेन्सका लागि प्रस्ताव आह्वान गरेको छ । समितिले शुक्रबार सार्वजनिक सुचना प्रकाशित गरी सात वटा बीमा कम्पनीलाई लाइसेन्स दिइने भन्दै त्यसका लागि प्रस्ताव आव्हान गरेको हो । इच्छुक कम्पनीले लघुबीमा स्थापनासम्बन्धी निर्देशिको अधिनमा रहेर प्रस्ताव पेश गर्नुपर्नेछ । प्रस्ताव पेश गर्न समितिले ३५ दिनको समय दिएको छ । प्राप्त प्रस्तावहरुमध्ये उच्च अंक ल्याउनेमध्येबाट तीन वटा जीवन लघुबीमा र चार वटा निर्जीवन लघुबीमालाई लाइसेन्स वितरण गरिनेछ । यस्ता बीमा कम्पनीको चुक्ताँ पुँजी ७५ करोड हुनेछ जसबाट ३० प्रतिशत सर्वसाधारणका लागि सार्वजनिक निष्काशन (आईपीओ) गर्नुपर्नेछ । काठमाडौं बाहिर कार्यालय राख्नुपर्ने यस्ता लघुबीमा कम्पनीले गर्ने बीमाको सीमा…
Read More
आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ। महासंघले आजको भाउ तोक्दै सुनको कारोबार मूल्य स्थिर कायम भएको जानकारी दिएको हो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य १ जार १७० रुपैयाँ कायम भएको जनाएको छ । जुन, गत साताको शुक्रबार प्रतितोला १ हजार १८५ रुपैयाँ…
Read More
वाणिज्य बैंकको १ खर्ब २० अर्ब रूपैयाँ प्रणालीबाहिर, कहाँ गयो त्यति धेरै रकम ?

वाणिज्य बैंकको १ खर्ब २० अर्ब रूपैयाँ प्रणालीबाहिर, कहाँ गयो त्यति धेरै रकम ?

काठमाडौं । साउन नबित्दै वाणिज्य बैंकबाट १ खर्ब २० अर्ब निक्षेप घटेको पाइएको छ । यो रकम बैंकिङ प्रणालीबाट बाहिरिएको हो। असार मसान्तसम्ममा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेकोमा २७ साउनसम्ममा ४४ खर्ब २१ अर्ब मात्र बाँकी छ । निक्षेपमा सवा खर्ब बेपत्ता हुँदा कर्जामा भने असार मसान्तजतिकै रहेको छ । असार मसान्तसम्ममा ४१ खर्ब ७५ अर्ब निक्षेप रहेकोमा साउन अन्तिम सातासम्ममा पनि ४१ खर्ब ७५ अर्ब नै निक्षेप रहेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्ला दिन बैंकिङ सिस्टमबाट निक्षेप घटिरहेको छ । निक्षेप घटे पनि कर्जा प्रवाह भने बढेको छ । एक सातालाई मात्र हिसाब गर्ने हो भने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.