अर्थ

आइतबार तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आइतबार तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको हो । गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढ्दै छापावाला सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा २५ रुपैयाँले बढ्दै आज एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More
अढाई वर्षदेखि नेपाली वस्तु निर्यातमा चीनको ‘नाकाबन्दी’

अढाई वर्षदेखि नेपाली वस्तु निर्यातमा चीनको ‘नाकाबन्दी’

काठमाडाैँ । नेपालको उत्तरतर्फका दुई अन्तर्राष्ट्रिय भन्सार नाका अढाई वर्षदेखि एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेका छन् । छिमेकी मुलुक चीनसँगका दुई नाकाबाट दुई वर्ष नौ महिनादेखि आयात मात्रै भइरहेको छ, निर्यात भने हुन सकेको छैन । चीनले कोभिडको कारण देखाउँदै भन्सार नाकाहरू एकतर्फी रूपमा मात्रै सञ्चालन गर्दै आएको छ । पटक–पटकको वार्ता तथा छलफलमा नाका दुईतर्फी र पूर्ण रूपमा सञ्चालन गर्ने समझदारी हुने गरे पनि कार्यान्वयन भएको छैन । भन्सार विभागका अनुसार तातोपानी नाकाबाट कात्तिक ०७६ देखि र रसुवा नाकाबाट माघ ०७६ देखि निर्यात भएको छैन । सन् २०१९ को डिसेम्बरमा चीनमा कोभिड–१९ देखिएदेखि नै उत्तरी नाकाबाट हुने नेपालको व्यापार…
Read More
तोलामा पाँच सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा पाँच सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार एक रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो।
Read More
बिहारमा खाद्य प्रयोगशाला उद्घाटन, नेपाली व्यापारीलाई सहज

बिहारमा खाद्य प्रयोगशाला उद्घाटन, नेपाली व्यापारीलाई सहज

काठमाडौँ- भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले आज रक्सौल बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गरेका छन्। नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा सो उद्घाटन सम्पन्न भएको हो । रक्सौलमा अवस्थित र भारतीय खाद्य सुरक्षा एव मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमुनाहरूको परीक्षण गर्नका लागि उन्नत सुविधा र पूर्वाधारहरूले सुसज्जित आधुनिक प्रयोगशाला हो । यस प्रयोगशालाले नेपालको खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्नेछ । हाल यी नमुनाहरूको परीक्षणका लागि दिल्ली वा कोलकाता…
Read More
बानेश्वरको थापागाउँमा अन्डरग्राउन्ड रेस्ट्रोको ग्रान्ड ओपेनिङ्ग

बानेश्वरको थापागाउँमा अन्डरग्राउन्ड रेस्ट्रोको ग्रान्ड ओपेनिङ्ग

काठमाडाैँ । काठमाडौंमा कुन त्यस्तो रेस्ट्रो छ, जसको साजसज्जा र परिकारले सधैं आगन्तुकलाई आकर्षित गरिरहन्छ । आफ्नो स्वाद र सुविधाअनुसार यसको जवाफ आ–आफ्नै ढंगले दिन सक्छन् । किनभने काठमाडौं वास्तवमा रेस्ट्रो नै रेस्ट्रो भएको शहर पनि हो । यहाँ खाना पारखीहरूका लागि अनेक स्वादका व्यञ्जन उपलब्ध छन् । सोही क्रममा थरीथरीका परिकार चाख्न अब काठमाडौँ उपत्यकाको फन्को लगाउनै पर्दैन, अब बानेश्वर थापागाउँमा नै नयाँ खुलेको अन्डरग्राउन्ड रेस्ट्रोमा नै यी सबै उपलब्ध छन् । आज उक्त अन्डरग्राउन्ड रेस्ट्रोको ग्रान्ड ओपेनिङ्ग भएको छ । शान्त वातावरण र मिठो खानाको लागि राम्रो रेस्ट्रोको खोजीमा हुनुहुन्छ भने अन्डरग्राउन्ड रेस्ट्रो तपाईंहरूको लागि उत्कृष्ट गन्तव्य हुन…
Read More
बजेट अधिवेशन आह्वान गर्ने तयारी

बजेट अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानको विषयलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवासँग सभामुख अग्निप्रसाद सापकोटाले भेट गरेका छन् । सभामुख सापकोटा र प्रधानमन्त्री देउवाबीच आइतबार भेटवार्ता भएको हो । भेटमा संसद्को अधिवेशन, सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका छलफललगायत विषयमा कुराकानी भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले अधिवेशनलगायतका विषयमा छलफल भएको जानकारी दिए । गोरखापत्र दैनिकबाट
Read More
सीवाईसी नेपाल लघुवित्तको आईपीओ आजबाट बिक्री खुला, कति दिने आवेदन ?

सीवाईसी नेपाल लघुवित्तको आईपीओ आजबाट बिक्री खुला, कति दिने आवेदन ?

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री आजबाट खुला भएको छ । लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८७४ रुपैयाँको ३२.५ प्रतिशतले साधारण सेयर बिक्री गर्नेछ । निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ६ हजार हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सेयर सामुहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको तीन…
Read More
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

  ३० चैत, काठमाडौं । बुधबार सुनको सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । बढेको मूल्यपछि छापावाल सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला कायम भएको छ । सोमबार एक लाख ९ सय रुपैयाँमा छापावाल र एक लाख ४ सय रुपैयाँ प्रतितोलामा तेजावी सुनको कारोबार भएको थियो । यस्तै सोमबार १३ सय ८० रुपैयाँ तोलामा चाँदीको…
Read More
आठ महिनामा ६ खर्ब ३१ अर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो, अघिल्लो वर्षको तुलनामा १.७ प्रतिशतले कमी

आठ महिनामा ६ खर्ब ३१ अर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो, अघिल्लो वर्षको तुलनामा १.७ प्रतिशतले कमी

  काठमाडौं। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त रेमिट्यान्स नेपाल भित्रिएको हो। अघिल्लो वर्ष सोही अवधिको तुलनामा नेपाल भित्रने रेमिट्यान्समा १.७ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष २०७७ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ८.७ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स ३ प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ५ प्रतिशतले बढेको थियो। यसवर्षको फागुनसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको…
Read More
सेयर बजार राताम्मे, नेप्से परिसूचक ४४.६४ अङ्कले घट्यो

सेयर बजार राताम्मे, नेप्से परिसूचक ४४.६४ अङ्कले घट्यो

  काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक ४४.६४ अङ्कले घटेर २ हजार ४१९.७१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब २६ करोड ७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यस कम्पनीको १६ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ९ सय ४० रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : नेपाल इन्फ्रास्टक्चर बैंक र नबिल बैंकको कारोबार भएको छ । आइतबारको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.