अर्थ

कति छ ? आज सुनचाँदी बजारभाउ

कति छ ? आज सुनचाँदी बजारभाउ

  २८ चैत, काठमाडौं । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार एक लाख एक सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारका लागि तेजावी सुनको मूल्य तोलामा ९९ हजार ६ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजावी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ थियो । यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदीको प्रतिताेला मूल्य १ हजार ३६५ रुपैयाँ कायम छ ।
Read More
अर्थतन्त्रमा हस्तक्षेप नभए देश श्रीलंका बन्छ: पूर्वअर्थमन्त्री पौडेल

अर्थतन्त्रमा हस्तक्षेप नभए देश श्रीलंका बन्छ: पूर्वअर्थमन्त्री पौडेल

  काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल अर्थतन्त्रमा हस्तक्षेप नगरी देश श्रीलंका बन्नेबाट कसैले रोक्न नसक्ने बताएका छन् । एमालेको प्रचार विभागले आइतबार आयोजना गरेको कार्यक्रममा पौडेलले वर्तमान गठबन्धन सरकारले लिएको नीतिले देशको अर्थतन्त्र खराब बन्दै गएको बताए । सरकारको नेतृत्व गर्नेको देशको अवस्था श्रीलंका हुँदैन भन्ने भाषण गरेर हुँदैन,’ पौडेलले भने, ‘सरकारले जसरी काम गरिरहेको छ, हाम्रो अर्थतन्त्र श्रीलंकाको बाटोमा जान कसैले रोक्न सक्दैन ।’ वर्तमान सरकार गठन भएपछि विदेशी मुद्राको सञ्चिति घटेको, व्यापारघाटा बढेको, रेमिटेन्स घटेको छ, बैंकिङ प्रणालीमा निक्षेप घटेको र कर्जाको ब्याजदर बढेको छ उनको भनाइ छ । उनले एमाले…
Read More
सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतकाे ४ करोड ११ लाख आर्थिक सहयोग

सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतकाे ४ करोड ११ लाख आर्थिक सहयोग

सोलुखुम्बु । खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि भारत सरकारको करिब ४ करोड ११ लाख आर्थिक सहयोग गर्ने भएको छ । उक्त परियोजना निर्माणको लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। भारत–नेपाल विकास सहकार्य अन्र्तगत भारत सरकारको आर्थिक सहयोगमा यस सामुदायिक विकास परियोजनाको निर्माण हुनेछ । उक्त परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरुको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाईको व्यवस्था गर्नेछ । नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी,…
Read More
मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सब-स्टेसन परियोजनाको उद्घाटन

मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सब-स्टेसन परियोजनाको उद्घाटन

काठमाडौं । मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन भएको छ। भारतको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माणाधीन मोदी-लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन भएको हो। सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कास्कीको लाहाचोकबाट परियोजनाको उद्घाटन गरेकी हुन्। स्वतन्त्र भएको ७५ औं वार्षिक उत्सव मनाउन भारतले ‘इन्डिया ७५ आजादी अमृत महोत्सव’ अन्तर्गत यस परियोजनाको उद्घाटन गरिएको हो। यस वर्ष भारतले ७५ वटा परियोजनाको उद्घाटन गर्दैछ। एक्जिम बैंकको आर्थिक सहयोगमा केपिटिएल लिमिटेड र एबिबीले यस परियोजनाको निर्माण गरिरहेका छन्। यस परियोजनाको ४२ किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण भएको छ। नयाँ मोदी, लह चोक र…
Read More
तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुने

तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुने

काठमाडौं - क्लक बी बिजनेस इनोभेसन्स र काठमाडौंस्थित भारतीय दूतावासको सहयोगमा बुधबार राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुने भएको छ । उक्त सम्मेलनमा नेपाल भारतका उद्यमशीलतामा नव प्रवेशी व्यवसायी, उद्यमीहरू, महत्वाकांक्षी युवाहरू, विज्ञहरू, नेपाल भारतका उच्च सरकारी अधिकारीहरूको समेत सहभागिता रहने भएको छ । ३ सयभन्दा बढी युवा व्यवसायीहरूको सहभागिता रहने सम्मेलनमा नेपाल भारतका १५ भन्दा बढी वक्ताहरूले उद्यमशीलताका बारेमा आ–आफ्नो विचार राख्ने आयोजक संस्थाका प्रतिनिधि विनय देवकोटाले जानकारी दिए। यस सम्मेलनअन्तर्गत चैत १ गते भएको आइडिया अडिसनबाट आफ्ना स्टार्ट अप व्यवसायलाई प्रस्तुत गरेका २० स्टार्ट अप व्यवसायमध्ये प्रतिस्पर्धाको आधारमा उत्कृष्ट ४ उद्यमी छनौट भएका थिए । छनौट भएका उत्कृष्ट…
Read More
जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

काठमाडाैँ – जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङगा सम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ । बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सीडीई शुभराज न्यौपानेले जानकारी दिए । बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको सुनिश्चिता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखालाई पत्र पठाएको छ । तत्काल ठेक्का खोजी काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सडक विभागलाई पत्राचार गरेको…
Read More
सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ कायम

सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ कायम

काठमाडौँ - सुनको भाउ आइतबार छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसअघि,शुक्रबार सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तिन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तिन सय ७५ रुपैयाँ तोकिएको छ ।
Read More
साेलुखुम्बुमा भारतकाे सहयाेगमा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

साेलुखुम्बुमा भारतकाे सहयाेगमा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

काठमाडाैँ –​ साेलुखुम्बुमा भारत सरकारको अनुदान सहयाेगमा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन भएकाे छ । खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा  र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा यस परियोजनामा निर्माण गरिएको हो । यस परियोजनाले खुमजुङ र…
Read More
चीनको अघोषित नाकाबन्दीले नेपाली व्यापारी र अर्थतन्त्र संकटमा

चीनको अघोषित नाकाबन्दीले नेपाली व्यापारी र अर्थतन्त्र संकटमा

काठमाडौं - कोभिड रोकथामका र नियन्त्रणका नाममा बेइजिङले नेपालको सीमानाकामा ‘अघोषित व्यापार नाकाबन्दी’ गरेको छ। जसका कारण नेपालका व्यापारीहरुले ठूलो संकटको सामना गरिरहेका छन् भने अर्थतन्त्रमा चौपट हुने अवस्थामा पुगेको छ। चीनमाथि व्यापार साझेदारको निर्भरताबारे व्यापारीहरूले चिन्ता व्यक्त गरेका छन्। सन् २०१७-१८ मा चीनबाट १५९ अर्ब ९८ करोड रुपैयाँको आयात भएको थियो, जुन आर्थिक वर्ष २०१६-१७ मा १२९ अर्ब ८७ करोड रुपैयाँ थियो। तर, व्यापारको बढ्दो घाटा बेहोर्नुपरेको कारणले नेपाललाई फाइदा पुगेको छैन। चीनसँग नेपालको व्यापार घाटा २३२ अर्ब ९० करोड रुपैयाँ रहेको छ, जुन आर्थिक वर्ष २०२०-२१ मा नेपालको कुल व्यापार घाटाको १४ प्रतिशत हो। चीनले नेपाली व्यापारीलाई भिसा…
Read More
मैलुङ–स्याफ्रु अन्तर्राष्ट्रिय राजमार्ग अलपत्र, ३५ करोड बुझेपछि ठेकेदार गायब

मैलुङ–स्याफ्रु अन्तर्राष्ट्रिय राजमार्ग अलपत्र, ३५ करोड बुझेपछि ठेकेदार गायब

काठमाडाैँ – ठेकेदार कम्पनीले बीचमै काम छोडी हिँडेका कारण मैलुङ– स्याफ्रु खण्डको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं सुधारको काम अलपत्र परेको छ मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रसमेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माणमा बाधा पुगेको हो । एक अर्ब ४५ करोडको लागतमा लागत इष्टिमेटअनुसार कार्य सम्पन्न गर्ने गराउने सम्झौता गरी कार्यारम्भ गरेको सो कन्स्ट्रक्सनले ३५ करोडको बिल भुक्तानी लिँदासाथ यही फागुन ५ गतेदेखि काम छोडी हिँडेको गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख नीरज शाक्यले बताए । ठेकेदार कम्पनीका जिम्मेवार प्राविधिक हिँडेपछि स्थलगत काम पूर्णरूपमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.