अर्थ

३ खर्ब चिनियाँ लगानी भित्र्याउने प्रक्रियाबाट बुटवल पावर कम्पनी पछि हट्यो

३ खर्ब चिनियाँ लगानी भित्र्याउने प्रक्रियाबाट बुटवल पावर कम्पनी पछि हट्यो

काठमाडौं । चिनियाँसँगमिलेर ३ खर्बभन्दा बढी लगानीमार्फत हजारौँ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको बुटवल पावर कम्पनीलाई धक्का लागेको छ। एकपछि अर्को भारतीय कम्पनीहरूले नेपालमा ठूला आयोजना बनाउन चासो दिएसँगै बुटवल पावर कम्पनी अफ्ठ्यारोमा परेको हो। गत असारमा बुटवल पावर कम्पनीले चिनियाँ कम्पनीसँग मिलेर तीन खर्ब रुपैयाँ लगानीमा कम्तिमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने सम्झौता गरेको थियो। बुटवल पावर कम्पनी र चिनियाँ कम्पनीहरूबीच २ देखि ५ वर्षमा ३ अर्ब डलर लगानी गर्नेगरी साझेदारीसमेत भएको थियो। चिनियाँसँग मिलेर बनाउँदा बिजुली बिक्रीको बजार नै नपाउने देखिएपछि बुटवल पावर चिनियाँ लगानी भित्र्याउने प्रक्रियाबाट टाढा भएको छ। कम्पनी स्रोतका अनुसार अब भारतीय कम्पनीसँग…
Read More
नेपाली सेनाद्वारा नियमविपरित चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी

नेपाली सेनाद्वारा नियमविपरित चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी

काठमाडौं । नेपाली सेनाले नियमविपरित चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी गरिरहेकाे छ ।सेनाले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया बिना नै चीनबाट ६ अर्ब बराबरको हतियार खरिद गर्ने तयारी गरेको खुलासा भएको हाे । सेनाले २६ वटा बख्तरबंद पर्सनल क्यारियर (एपीसी) र ७२ वटा रणनीतिक सवारीसाधन खरिद गर्ने योजना बनाएको उच्च स्राेतकाे भनाइ छ । तर, पारदर्शी प्रक्रिया नअपनाई भित्राभित्रै काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत चीनबाट हतियार खरिद गर्ने तयारी भइरहेको छ । प्रत्येक एपीसीको मूल्य ७७.७ मिलियन रुपैयाँ तोकिएको छ, जुन बजार मूल्यभन्दा निकै बढी हो । नेपाली एजेन्ट लोकेन्द्र कार्कीमार्फत चिनियाँ कम्पनी नोरिन्कोबाट चिनियाँ हतियार खरिद गर्ने नेपाली सेनाको योजना…
Read More
चिनियाँ अधिकारीहरु तातोपानी नाकामा नेपाली ट्रक रोक्दै

चिनियाँ अधिकारीहरु तातोपानी नाकामा नेपाली ट्रक रोक्दै

सिन्धुपाल्चोक । नेपालबाट चीन समान निर्यात गर्ने भन्दै बडो तामझाम गरिएपनि चिनियाँ अधिकारीहरुले बनाएको नयाँ नियमका कारण पहिलो दिन नै नाकामा लफडा देखिएको छ । स्वतन्त्र रुपमा नेपाल र चीनबीच आयात निर्यात गर्ने भनिए पनि तातोपानी नाकामा नेपाली ट्रकहरूलाई सीमा पार गर्न नदिएको पाइएको छ । चिनियाँ ट्रकहरुमै समान स्थानान्तरण गरेर चिनियाँ ट्रकहरुमामात्र समान लैजान पाइने भएपछि निर्यातमा समस्या देखिएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले सीमामा ल्याइएको नयाँ नियमबारे थाहा नभएको दाबी गरे । उनले आफुलाई थाहा भएसम्म यात्रु र सवारीको आवागमन सुचारु गर्ने विषयमा अर्को बैठकमा छलफल हुने बताए । यद्यपी चिनतर्फ नेपाली यात्रु र कन्टेनरलाई…
Read More
नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक सम्पन्न

नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक सम्पन्न

काठमाडाैं । नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक सम्पन्न भएको छ । आज काठमाडौँमा भएको बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल तथा भारतका तर्फबाट पेट्रोलियम तथा ग्यास मन्त्रालयका सहसचिव इसा श्रीवास्तवले नेतृत्व गर्नुभएको थियो । बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्नेलगायत विषयमा छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो । यसैबीच, आपूर्तिमन्त्री रमेश रिजालसँग भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । भेटवार्तामा संयुक्त कार्यसमूहको बैठकमा छलफल भएका विषयका सम्बन्धमा कुराकानी भएको थियो।
Read More
चीनसँग ट्रान्जिट सम्झौता भएको सात वर्ष पुग्दा पनि ढुवानी कार्य अघि बढेन

चीनसँग ट्रान्जिट सम्झौता भएको सात वर्ष पुग्दा पनि ढुवानी कार्य अघि बढेन

काठमाडाैं । नेपालीले चीनसँग व्यापार तथा पारवहन (ट्रान्जिट) सम्झौता गरेकाे सात वर्ष पुग्दा पनि ढुवानी कार्य अघि बढेकाे छैन । सात वर्षअघि चीनसँगको व्यापार तथा पारवहन सम्झौतामा हस्ताक्षर गरेपछि नेपालले तेस्रो मुलुकको व्यापारका लागि सातवटा चिनियाँ बन्दरगाहमा पहुँच दिएको थियो । तर अहिलेसम्म एउटा पनि ढुवानी कार्य अघि नढेकाे द काठमाडौं पोस्टले समाचार लेखेकाे छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ को अप्रिलमा चीनको औपचारिक भ्रमण गरेका थिए, जहाँ दुई पक्षले नेपाललाई चारवटा चिनियाँ बन्दरगाह टियानजिन, सेन्जेन, ल्यानयुङगाङ र झान्जियाङ र लान्झाउ, ल्हासामा पहुँच दिने सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यस्तै शिगात्सेमा तीन वटा बन्दरगाहा प्रयाेग गर्न दिने सम्झाैता…
Read More
तुलसी सहकारीले सेवा नियमित गर्ने

तुलसी सहकारीले सेवा नियमित गर्ने

दमक । तुलसी बहुमुखी सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीले दमकमा आफ्नो सेवा नियमित गर्ने भएका छन् । मुलुकमा भएको आर्थिक मन्दीको मारमा परेको तुलसी र शिव शिखर समूहले बचतकर्ताहरूको लगानी शतप्रतिशत सुरक्षित गर्ने गरी काम अघि बढाउने भएको हो । तुलसी सहकारी र बचतकर्ताहरूबीच बैशाख १० गते बचतकर्ताहरूको रकम सुरक्षित तबरले फिर्ता गर्ने र सहकारीको काम सुचारु बनाउनेबारे सम्झौता भएको हो । दमक नगरपालिकाको कार्यालयमा भएको सम्झौतामा दमकका प्रमुख राम थापासमेतको उपस्थित र हस्ताक्षार छ । साथै दमक उद्योग वाणिज्य महासंघ र स्थानीय प्रशासनको रोहबरमा तुलसी सहकारीले सुरक्षित ढंगले आफ्नो सेवा संचालन गर्ने र उसका प्रतिनिधिलाई निर्वाध ढंगले कामकाज…
Read More
चिनियाँ व्यापारीका कारण काठमाडाैंका लाेकल व्यापारी चिन्तित

चिनियाँ व्यापारीका कारण काठमाडाैंका लाेकल व्यापारी चिन्तित

काठमाडाैं । चिनियाँ व्यापारीको दबदबा बढेको भन्दै केन्यामा चीनविरुद्ध प्रदर्शन भइरहेकाे समाचारलाई काठमाडाैँका लाेकल व्यापारीहरुले गहन रुपमा अध्यन गरिरहेका छन् । चिनियाँ व्यापारीले सस्तो दरमा सामान बेचेर आफूहरुलाई धराशायी बनाएको विरोधमा केन्यामास्थानीय व्यापारी सडकमा उत्रिएकाे समाचार विभिन्न अन्तर्राष्टिय सञ्चारमाध्यममा आइरहेका छन्। केन्याको जस्तै हालत काठमाडौंको ठमेलमा पनि भएको छ। यहाँका व्यापारी प्रदर्शनमै त उत्रिएका छैनन् तर चिनियाँ व्यापारीको मारमा भने परेका छन्। चिनियाँहरुले ठमेलमा फैलाउँदै लगेको व्यापारिक राजले स्थानीय व्यापारीलाई चिन्तित बनाएको छ। काठमाडौंको व्यापारिक केन्द्र ठमेलमा केही वर्षयता चिनियाँ व्यापारीहरु बाक्लिएका छन् र यसले नेपाली व्यवसायीको मनोबल खस्किएको छ। नेपालमा विदेशी पर्यटकको रोजाइको गन्तव्य हो ठमेल। विदेशी पर्यटकको बाक्लो…
Read More
नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक

नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक

काठमाडाैं । सरकारले नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको चौथो बैठक आयोजना गर्ने निर्णय गरेको छ । यही वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते काठमाडौँमा दुई देशका सहसचिवस्तरीय बैठक आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले भूउपयोग (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृति, राष्ट्रिय सतर्कता केन्द्र सञ्चालनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति, दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीन जना नायब महान्यायाधिवक्तालाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले अजरबैजानको बाकुमा आयोजना हुने एसडिजिएसको संयुक्त कार्यसमूहको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक राममाया कुँवरलाई स्वीकृति…
Read More
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

काठमाडाैं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटवार्तामा उहाँहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायत विषयमा छलफल भएको छ । नेपालगन्ज–रुपेडिया, भैरहवा–सुनौली तथा दोधारा–चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमासमेत उहाँहरुबीच छलफल भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रण जस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने बताउनुभएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको…
Read More
चिनियाँ जहाज बेच्दै निगम, मूल्याङ्कनको काम सुरु

चिनियाँ जहाज बेच्दै निगम, मूल्याङ्कनको काम सुरु

काठमाडौं । नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता भूमिस्थ गरिएका (ग्राउन्डेड) चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन्। निगमका प्रवक्ता अर्चना खड्काले प्रतिनिधिले सोमबारदेखि काम सुरु गरेर एक महिनाभित्रै मूल्याङ्कन गरिसक्ने बताईन्। कम्पनीका प्रतिनिधिले सोमबारदेखि काम सुरु गर्ने र मूल्याङ्कनसँगै बिक्री प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ। उनले भनिन्, “चिनियाँ जहाज बिक्रीका लागि दुईवटा एमए ६० र तीनवटा वाई १२ जहाज बिक्री गर्न मूल्याङ्कनका लागि गत मङ्सिरमै कम्पनी छनोटको टेन्डर आह्वान गरेको थियो। मूल्याङ्कनका लागि सर्ट लिस्टमा एभियन एसेट म्यानेजमेन्ट छनोट भएपछि २०७७…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.