अर्थ

नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल भुक्तानी सम्झौता

नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल भुक्तानी सम्झौता

काठमाडौं । नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता भएको छ । अहिलेसम्म कार्डको माध्यमबाट वस्तु तथा सेवा खरिदमा क्रस बोर्डर (अन्तरदेशीय) भुक्तानी गर्न सकिए पनि क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न पाइँदैन्थ्याे । तर, अब भारतमा भुक्तानी प्रणाली सञ्चालन गरिरहेको दुई कम्पनीहरुको ‘सिस्टम कनेक्ट’ गर्ने सम्झौतामा नेपाल क्लियरिङ हाउस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया बीच सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकको समेत लगानीमा स्थापना भएर विद्युतीय भुक्तानी प्रणाली विकास गरेको नेपाल क्लियरिङ हाउस र रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) को समेत लगानीमा भारतमा विद्युतीय भुक्तानी प्रणालीको सिस्टम विकास गरेको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाको…
Read More
प्रधानमन्त्री द्वय प्रचण्ड र मोदीले उद्घाटन गरे विराटनगरको रेल

प्रधानमन्त्री द्वय प्रचण्ड र मोदीले उद्घाटन गरे विराटनगरको रेल

विराटनगर। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन् । बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्वीच थिचेर रेल्वे र कार्गो रेल उद्घाटन गरेका हुन् । प्रचण्ड र मोदीले उद्घाटन गरेपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र बुधनगरमा नेपाली पक्षले स्वागत गर्नेछ। विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ । भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षण भएको…
Read More
न्यू बुटवल–गोरखपुर प्रसारणलाइन भारततर्फको खण्डको शिलान्यास

न्यू बुटवल–गोरखपुर प्रसारणलाइन भारततर्फको खण्डको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ४०० केभी क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको भारततर्फको खण्डको शिलान्यास गरिएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको शिलान्यास गरेका हुन् । यो ढल्केबर–मुजाफ्फरपुर प्रसारणलाइनपछि भारतसँग बन्न लागेको दोस्रो ४०० केभीको प्रसारणलाइन हो । न्यू बुटवल–गोरखपुर प्रसारणलाइन नेपालमा अमेरिकी अनुदान कार्यक्रम एमसीसीअन्तर्गत बनिरहेको प्रसारणलाइनसँग जोडिनेछ । यो प्रसारणलाइनको भारततर्फको खण्डको मात्रै शिलान्यास भएको हो । भारतीय खण्डको निर्माण बुटवल–गोरखपुर क्रस बोर्डर ट्रान्समिसन लिमिटेड (बीजीसीपीटीएल)ले गर्दैछ । बीजीसीपीटीएल नेपाल र भारतबीचको दोस्रो अन्तरदेशीय प्रसारणलाइनको निर्माण गर्न नेपाल विद्युत प्राधिकरण मिलेर स्थापित संयुक्त कम्पनी हो । यो कम्पनीले न्यू बुटवल–गोरखपुर…
Read More
भैरहवामा एकीकृत सुख्खा बन्दरगाह शिलान्यास

भैरहवामा एकीकृत सुख्खा बन्दरगाह शिलान्यास

१८ जेठ, काठमाडौं । नेपालको भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले उक्त परियोजना निर्माणका लागि संयुक्त रुपमा शिलान्यास गरेका हुन् । भारतको सहयोगमा उक्त परियोजना निर्माण सम्पन्न हुनेछ । भारतीय नाका सुनौली र भैरहवा नाकाको व्यापारलाई उक्त व्यापार पूर्वाधारले सहयोग गर्ने छ ।
Read More
कालोसूचीमा परेका कम्पनीले चीनबाट मल ल्याएपछि नबुझ्ने अडान

कालोसूचीमा परेका कम्पनीले चीनबाट मल ल्याएपछि नबुझ्ने अडान

काठमाडौं । समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको कालोसूचीमा परेका सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले विश्व बजारमा मूल्य घटेपछि चीनबाट मल ल्याएका छन् । आफैले कारबाही गरेर कालोसूचीमा राखेका कम्पनीले मल ल्याएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेड मल नबुझ्ने अडानमा छ । यसअघि पटकपटक ताकेता गर्दा पनि मल नल्याएको र सो कम्पनीले चारपटक म्याद थप्दा पनि मल ल्याउन सकेका थिएनन् । अहिले विश्व बजारमा मूल्य घटेका बेला कृषि सामग्रीसँग अनुमति नलिई मल ल्याएको कृषि सामग्री कम्पनी लिमिटेडको भनाइ छ । २०७९ सालमा तीन वर्षका लागि कालोसूचीमा परेका कम्पनीले मल ल्याएकाले आफूहरूले नबुझ्ने अडानमा रहेको कृषि सामग्री…
Read More
निगमले चिनियाँ जहाजमा घाटा व्यहोरेपछि बिक्री प्रक्रिया अगाडि बढायो

निगमले चिनियाँ जहाजमा घाटा व्यहोरेपछि बिक्री प्रक्रिया अगाडि बढायो

काठमाडौं । झन्डै तीन वर्षदेखि ग्राउन्डेड चिनियाँ जहाजलाई नेपाल वायुसेवा निगमले बिक्री गर्ने भएको छ । निगमको चिनियाँ जहाजलाई तीन वर्षदेखि ग्राउन्डेड गरिएको छ । निगमको सञ्चालक समितिको बैठक र तालुकदार मन्त्रालयको समन्वयमा प्रक्रिया अगाडि बढाइने निगमले जनाएको छ । केही सयमअघि (चिनियाँ जहाजहरु) ग्राउण्डेड भएको सम्बन्धमा संसदमा समेत प्रश्न उठेकाले निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले दुई वटा एमए-६० र वाइ १२ इ चिनियाँ जहाजहरूको सम्बन्धमा विभिन्न समयमा गठित अध्ययन समितिहरुको सिफारिसको आधारमा उक्त जहाजहरू सञ्चालन गर्न प्राविधिक, व्यावसायिक र आर्थिक रुपमा अनुपयुक्त भएको, बीमा खर्च तथा इन्धन खपत अत्यधिक रहेको, सीमित यात्रु बहन क्षमता र जगेडा…
Read More
अमेरिकाले प्रतिबन्ध लगाएकाे चिनियाँ कम्पनीबाट हतियार खरिद गर्दै नेपाली सेना

अमेरिकाले प्रतिबन्ध लगाएकाे चिनियाँ कम्पनीबाट हतियार खरिद गर्दै नेपाली सेना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअघि नेपाली सेनाले चिनियाँ कम्पनीमार्फत हतियार आयातको तयारी गरिरहेको छ। नेपाली सेनाले संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनीमार्फत हतियार आयातको तयारी थालेको हो। नेपाली सेनाले अमेरिकाले ब्ल्याक लिस्ट गरेको कम्पनी चाइनिज् नर्थ इन्डस्ट्रिज ग्रुप कम्पनी लिमिटेड (नोरेन्को)मार्फत हतियार खरिद गर्नका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडमा एलीसी खुला गरेको छ। यसअघि हिमालय बैंकमा एलसी खोल्‍ने तयारी गरेको पनि हिमालय बैंकले भने अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनीका लागि एलसी नखोल्‍ने बताएपछि नेपाली सेनाले नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत एलसी खुला गर्न लागेको हो। नेपाली सेनाले अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनीमार्फत हतियार आयत गर्न एलसी खुला गरेसँगै नेपाली सेनाको कारबाहीका…
Read More
चिनियाँ कम्पनीको ठेक्का तोड्ने प्राधिकरणको चेतावनी

चिनियाँ कम्पनीको ठेक्का तोड्ने प्राधिकरणको चेतावनी

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको कार्यप्रगति सनतोषजनक नभएको भन्दै एक ठेक्का रद्द गर्ने चेतावनी दिएको छ । नेपाल विद्युत् प्राधिकरण प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सवस्टेसन अनुगमन गर्दै सो चेतावनी दिनुभएको हो । निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सवस्टेसनको निर्माण प्रगतिका सम्बन्धमा उहाँले जानकारी लिनुभएको थियो । गत फागुन अन्तिम साता पनि अनुगमन भ्रमणमा जानुभएका उहाँले २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि पनि कुनै प्रगति नदेखिएकाले ठेक्का रद्द गर्ने चेतावनी दिनुभएको हो । त्यतिबेला ठेकेदार कम्पनीले आगामी असारभित्र सवस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता…
Read More
तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोध्ने लगानी बोर्डको निर्णय

तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोध्ने लगानी बोर्डको निर्णय

काठमाडौं । सरकारले तमोर जलविद्युत आयोजना अघि बढाउने जिम्मा लिएको चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैकठले यस्तो निर्णय गरेको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएका बेला भएको समझदारीअनुसार काम अघि नबढेको भन्दै लगानी बोर्डले उक्त कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
Read More
कालोसूचीमा परेको चिनियाँ कम्पनीबाट सेनाले हतियार किन्न खोजेपछि बैंकले एलसी खोल्न मानेन

कालोसूचीमा परेको चिनियाँ कम्पनीबाट सेनाले हतियार किन्न खोजेपछि बैंकले एलसी खोल्न मानेन

काठमाडाैं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको छ। सेनाले छिमेकी मुलुक चीनबाट ६ अर्ब रुपैयाँ बराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिद तयारी अन्तिम चरणमा पुर्‍याएको छ। शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन गर्न सेनालाई अनुमति दिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सेनाले चीनबाट १० हजार थान सिक्यु राइफलसमेत खरिद गर्ने भएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने चीनबाट सैन्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.