निगमले चिनियाँ जहाजमा घाटा व्यहोरेपछि बिक्री प्रक्रिया अगाडि बढायो

काठमाडौं । झन्डै तीन वर्षदेखि ग्राउन्डेड चिनियाँ जहाजलाई नेपाल वायुसेवा निगमले बिक्री गर्ने भएको छ । निगमको चिनियाँ जहाजलाई तीन वर्षदेखि ग्राउन्डेड गरिएको छ ।

निगमको सञ्चालक समितिको बैठक र तालुकदार मन्त्रालयको समन्वयमा प्रक्रिया अगाडि बढाइने निगमले जनाएको छ ।
केही सयमअघि (चिनियाँ जहाजहरु) ग्राउण्डेड भएको सम्बन्धमा संसदमा समेत प्रश्न उठेकाले निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमले दुई वटा एमए-६० र वाइ १२ इ चिनियाँ जहाजहरूको सम्बन्धमा विभिन्न समयमा गठित अध्ययन समितिहरुको सिफारिसको आधारमा उक्त जहाजहरू सञ्चालन गर्न प्राविधिक, व्यावसायिक र आर्थिक रुपमा अनुपयुक्त भएको, बीमा खर्च तथा इन्धन खपत अत्यधिक रहेको, सीमित यात्रु बहन क्षमता र जगेडा पार्ट पुर्जामा समस्यासमेत रहेको जनाएको छ।

जहाज संचालनमा हुँदा आ.व. २०७१/०७२ देखि २०७५/०७६ सम्म यी जहाजको सञ्चालन घाटा रु ७७,७४,१०,१४३ र कुल घाटा रु १,९०,६९,३३,११४ भएको थियो । निगमलाई जहाज सञ्चालनमा राख्दा थप आर्थिक बोझ बढ्ने र विभिन्न प्राविधिक कठिनाई समेत झेल्नुपर्ने बाध्यता हुने थियो।

निगमको सञ्चालक समितिको बैठकले उक्त जहाजहरू २०७७ साउन १५ देखि सञ्चालनमा नल्याउने निर्णय गरेको थियो । जहाजलाई व्यवस्थापन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयले २०७७ चैत ४ को निर्णय बमोजिम लिजमा दिन वा विक्री प्रक्रिया अगाडि बढाउन मिति २०७७चैत १२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो ।।

निगमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,’यी जहाजहरूको व्यवस्थापन गर्ने सन्दर्भमा निगमको सञ्चालक समितिको निर्णय एवम् तालुकदार मन्त्रालयको समन्वयमा कार्य अगाडि बढाउने व्यहोरा जानकारी गराइन्छ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.