भारतद्वारा श्री महादेव मस्त चतुर्देव क्याम्पसकाे प्रशासनिक तथा शैक्षिक भवन निर्माण
काठमाडौं। मुगु जिल्लाको रातापानीमा रहेको श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको औपचारिक उद्घाटन गरिएको छ । आज बुधबार भिडियो कन्फरेन्स मार्फत गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरुद्धारा उद्घाटन गरिएको हो । उक्त भवन नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत ने.रु ३५.११ मिलियन लागतमा निर्माण गरिएको हो। सन् २००७ मा स्थापना भएको यस क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो । विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट स्वीकृति प्राप्त सो क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्घ रहेको छ । क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ । हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाविसका…