अर्थ

एटीएम प्रयोग गरे बापत कुनै पनि शुल्क नलिन राष्ट्र बैंककाे निर्देशन

एटीएम प्रयोग गरे बापत कुनै पनि शुल्क नलिन राष्ट्र बैंककाे निर्देशन

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो । यसअघि पनि राष्ट्र बैंकले यस्तै निर्देशन जारी गरेको थियो । गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको समयमा केन्द्रीय बैंकले त्यस्तो निर्देशन दिएको र बैंक तथा वित्तीय संस्थाले समेत पालना गरेका थिए । पछिल्ला दिनमा केही बैंक तथा वित्तीय संस्थाले त्यस्तो व्यवस्थामा पुनः विचार गरी शुल्क लिन…
Read More
पीसीआर परीक्षणको शुल्क घट्यो

पीसीआर परीक्षणको शुल्क घट्यो

काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोना भाएरसकाे संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षण घटाइएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले पीसीआर परीक्षण शुल्क ४४०० रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरेकाे थियाे ।
Read More
२० करोडको स्वदेशी स्यानिटाइजर खपत

२० करोडको स्वदेशी स्यानिटाइजर खपत

काठमाडौं - स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो। नेपाल औषधि उत्पादक संघका अनुसार चैतयता २० करोड रुपैयाँबराबर स्यानिटाइजरको कारोबार भएको अनुमान छ। उत्पादन र कारोबार अनियन्त्रित रूपमा भइरहेकाले संघसँग यकिन तथ्यांक भने नरहेको संघका पूर्वअध्यक्ष दीपक दहालको भनाइ छ। ‘सामान्य अवस्थामा वार्षिक ४–५ करोड रुपैयाँ हुने गरेकोमा यसपालि निकै कारोबार भएको देखिन्छ’, पूर्वअध्यक्ष दाहालले भने। केही साबुन उद्योगले आफ्नो उद्देश्य थपेर मास्क र स्यानिटाइजरसमेत उत्पादन गरिरहेका छन्। बजारको मागलाई ध्यानमा राखेर हिमगिरि हाइजिनले मास्क र स्यानिटाइजर दुवैको उत्पादन सुरु…
Read More
सरकारी चिकित्सकको तलब/भत्ता ४ सय प्रतिशतसम्म वृद्धिको तयारी

सरकारी चिकित्सकको तलब/भत्ता ४ सय प्रतिशतसम्म वृद्धिको तयारी

काठमाडौं । सरकारले सरकारी चिकित्सकको सुविधामा ससर्त असाधारण वृद्धिको प्रस्ताव तयार पारेको छ । तलबको सात गुणासम्म भत्ता दिने प्रस्ताव गर्दै सरकारले सरकारी चिकित्सकलाई निजी अस्पतालमा सेवा गर्न प्रतिबन्ध लगाइँने खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको ‘एक चिकित्सक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ भन्छ, ‘कुनै पनि सरकारी सेवामा आबद्ध चिकित्सक र स्वास्थ्यकर्मीले एक संस्थाबाहेक अन्यन्त्र काम गर्न पाउने छैनन्।’
Read More
बजार मूल्यभन्दा सस्तोमा खसीको मासु बिक्री गर्दै भाटभटेनी

बजार मूल्यभन्दा सस्तोमा खसीको मासु बिक्री गर्दै भाटभटेनी

काठमाडौं । बजारमा खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा भाटभटेनी सुपरमार्केटले भने प्रतिकेजी ८५० रुपैयाँमै बिक्री गर्न थालेको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै आफूहरुले सस्तो मूल्यमा बिक्री गरिरहेको जानकारी दिए । भाटभटेनीले बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तो मूल्यमा खसीको मासु बिक्री गरिरहेको छ । गुरुङका अनुसार भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै मार्जिन राखेर मात्रै बिक्री गरिरहेको छ । ‘नेपालगञ्जमा ७ सय रुपैयाँमा प्रतिकेजी खसीको मासु पाइन्छ, हामीले नेपालगञ्जसँगै भैरहवाबाट पनि ल्याउँदै छौं, त्यसमा थोरै मूल्य राखेर बिक्री गर्दा ग्राहकहरुले सस्तो मूल्यमा खसीको…
Read More
सुनको मूल्य फेरि घट्याे

सुनको मूल्य फेरि घट्याे

काठमाडौं । नेपाली बजारमा शुक्रवार पनि सुनको मूल्य घटेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा परिवर्तन भइरहेकाले नेपाली बजारमा पनि केहिदिन यतादेखि सुनको मूल्य घटवढ भइरहेको छ । अघिल्लो दिनको तुलनामा सूनको मूल्य शुक्रवार प्रतितोला ७०० रूपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य भने प्रतितोला ९६ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रवार चाँदीको मूल्य प्रतितोला रू. १ हजार ३४० मा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो…
Read More
अन्तिम चरणमा माथिल्लो दोर्दी ‘ए’

अन्तिम चरणमा माथिल्लो दोर्दी ‘ए’

काठमाडाैँ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ । पच्चीस मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण अधिकाशं सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । यतिबेला केही टनेलको काम, बाढीले बगाएको सामान, स्टलेशनको काम भइरहेको प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । विसं २०७१ बाट निर्माण थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण…
Read More
प्रत्येक नेपालीकाे टाउकोमा ४७ हजार ऋणको भार

प्रत्येक नेपालीकाे टाउकोमा ४७ हजार ऋणको भार

काठमाडौं । प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋणभार परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले राष्ट्र ऋण ३५.४५ प्रतिशतले बढेको देखाएको हो । नेपालको राष्ट्र ऋण बढेर १४ खर्ब १९ अर्ब पुगेको छ । अघिल्लो आवसम्म यस्तो ऋण १० खर्ब ४७ अर्बमात्रै थियो । उक्त ऋण अघिल्लो आवको भन्दा ३ खर्ब ७१ अर्बले बढी हो । गत आवमा कुल गार्हस्थ्य उत्पादनमा ऋणको हिस्सा बढेर ३७.७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस्तो हिस्सा ३०.१ प्रतिशत थियो । गत आवमा सरकारले लिएको ऋणमध्ये ८ खर्ब ५ अर्ब ८३ करोड वाह्य ऋण हो भने ६…
Read More
सवारीसाधन चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ कार्य पूरा

सवारीसाधन चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ कार्य पूरा

ठमाडौं । गत चैतदेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ कार्य पूरा भएको छ । बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको विभागले जनाएको छ । नयाँ लाइसेन्सको आवेदन र परीक्षा रोकिएका कारण बाँकी काम सम्पन्न गर्न सहज भएको विभागले जनाएको छ । विभागका अनुसार साउन १५ सम्मका अनुुमति पत्र सबै छपाइसकिएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी तीर्थराज खनालले भने, ‘प्रिन्ट गर्न बाँकी रहेका करिब सात लाख ११ हजार थिए, ती सबैका काम सकिएको छ, यो सङ्ख्या गत कात्तिकदेखिको बाँकी थियो ।’ छापिएका…
Read More
मुलुकका अधिकांश विश्वविद्यालयको अवस्था लथालिंग

मुलुकका अधिकांश विश्वविद्यालयको अवस्था लथालिंग

काठमाडौं । बर्सेनि अर्बौं रकम लगानी भइरहेका मुलुकका अधिकांश विश्वविद्यालय लथालिंग हालतमा छन्। सरकारले पदाधिकारी नियुक्त नगर्दा विश्वविद्यालयहरू चलायमान बन्न सकेका छैनन् । जसका कारण लगानीको सदुपयोग हुन सकेको छैन । चितवनस्थित कृषि तथा वन विज्ञान, नेपाल संस्कृत र पोखरा विश्वविद्यालय एक वर्षदेखि नेतृत्वविहीन छन् । यी विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन, क्याम्पस प्रमुखलगायत पदाधिकारीहरू नियुक्त हुन सकेका छैनन् । मूल नेतृत्व भएका अन्य विश्वविद्यालयमा पनि तालाबन्दी र आन्दोलनका कारण नतिजामुखी काम हुन सकेको छैन। त्यसमाथि कोभिड– १९ संक्रमण त्रासका कारण लकडाउन गरिएपछि समस्या भएको छ । कोरोना प्रभाव र पदाधिकारी अभावको पीडा विश्वविद्यालयले भोगिरहेका छन् । सत्ताधारी दल नेकपाका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.