अर्थ

खाली सिलिण्डरको मूल्य तोकियो

खाली सिलिण्डरको मूल्य तोकियो

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ । ग्यास बिक्रेताले फरक/फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ । संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य रु दुई हजार एक सय तोकिएको हो । संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन समेत अुनरोध गरेको छ । संघले आफ्नो कम्पनीबाहेक अरुको खाली सिलिण्डर साट्नु गैरकानुनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने जनाएको…
Read More
सुन खरिद गरी ४ लाख ६५ हजार नक्कली नोट दिएर फरार

सुन खरिद गरी ४ लाख ६५ हजार नक्कली नोट दिएर फरार

काठमाडौं । ललितपुर प्रहरीले ४ लाख ६५ हजार नक्कली नोट बरामद गरेकाे छ । ललितपुर महानगरपालिका–१४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद गरिएकाे प्रहरीले जनाएको छ । ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार खरिद गरेर नक्कली नोट दिएर फरार भएका हुन । सुन पसलेका अनुसार बिल समेत नलिई उनीहरु फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ गड्डीमा ४६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १/१ थान सक्कली नोट बरामद भएको हो । ज्वेलरी पसलमा नक्कली नोट दिएर फरार भएका…
Read More
महँगो प्याज नकिन्न वाणिज्य विभागको आग्रह

महँगो प्याज नकिन्न वाणिज्य विभागको आग्रह

काठमाडौं । वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको छ । बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगी भइरहेको र विभागले कारबाही तिब्र बनाएकाले तत्कालै मँहगो मूल्यमा प्याज नकिन्न विभागले आग्रह गरेको हाे । ‘प्याज अत्यावश्यक वस्तु होइन, व्यापारीले लुकाएका छन्, केही दिन बहिस्कार गरौं, कुहिने डरले आफैं मूल्य घटाउँछन्,’ विभागका निर्देशक एवम् सूचना अधिकारी रवीन्द्र आचार्यले भने । छिट्टै बिग्रन सक्ने कारणले गर्दा प्याज धेरै समय लुकाउन नसक्ने उनको भनाइ छ । लुकाएको प्याज खोज्न र बढी मूल्य लिने पसलेललाई कारवाही गर्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र विभाग पनि पूर्ण…
Read More
भारतद्वारा प्याज निर्यातमा प्रतिवन्ध, प्याजको मूल्यमा कालोबजारी शुरु

भारतद्वारा प्याज निर्यातमा प्रतिवन्ध, प्याजको मूल्यमा कालोबजारी शुरु

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा रोक लगाएको छ। वाणिज्य तथा उद्योग मन्त्रालयले एक सूचना जारी गरेर पाउडरबाहेक ताजा प्याज निर्यात गर्न रोक लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन। सरकारको यो निर्णय तत्काल लागू भएको बीबीसी हिन्दीले जनाएको छ। सरकारले घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्न यस्तो कदम उठाएको हो। अहिले दिल्लीमा प्याज ३५ देखि ४० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ। गएको डिसेम्बेरमा प्याजको मूल्य प्रतिकिलो १६० रुपैयाँसम्म पुगेको थियो। यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको हो । हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ । वाणिज्य र…
Read More
भारु साट्न सकस

भारु साट्न सकस

काठमाडाैं । पछिल्लो समय कर्णाली प्रदेशमा भारतीय रुपियाँ (भारु) सटही नहुँदा सर्वसाधारण तथा व्यवसायीले समस्या भोग्नुपरेको छ । विगतमा भारतीय सीमा नाका नजिक हुँदा सटही गरेर आउने र बजारमा व्यापारीले पनि सहजै साट्दा यस्तो समस्या हुँदैनथ्यो । अहिले भने भारतीय एक सय रुपियाँ पनि व्यक्ति, व्यवसायी तथा वित्तीय संस्थाले नसाट्दा समस्या बढेको छ । सरकारी र निजी दुवै बैङ्क र वित्तीय संस्थाले भारु साट्न छाडेका छन् । भारतीय रुपियाँ बजारमा प्रशस्त भए पनि सटही नहुँदा व्यवसाय गर्न कठिन भएको छ । वीरेन्द्रनगरका व्यवसायी लक्ष्मी भुसालले कारोबार गर्दा भारु धेरै जम्मा भएको तर बैङ्कले नसाटिदिँदा समस्या भएको बताए । उनले भारु…
Read More
नेप्से सुधारियाे

नेप्से सुधारियाे

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिने अंकले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अंकले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३ दशमलव २६ बिन्दुले उकालो लागेर एक हजार ५४० दशमलव ५१ मा पुगेको छ। सेन्सेटिभ परिसूचक २ दशमलव २८ ले वृद्धि भई ३०६ दशमलव २४ मा पुगेको छ । कूल १९० कम्पनीको ८८ लाख ३४ हजार २१५ कित्ता शेयर तीन अर्ब २१ करोड ४ लाख ७९ हजार १३२ रुपैयाँमा खरिद बिक्री भए । बजार उकालो लागिरहँदा बजार पूँजीकरणमा वृद्धि भई २० खर्ब ४८ अर्ब…
Read More
दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । बिहान ११ बजे कारोबार खुलेदेखि नै आज प्रणालीमा समस्या देखिएको थियो । लगानीकर्ताले शेयर खरिद तथा बिक्रीका लागि कुनै अर्डर नै गर्न नपाएको तथा धितोपत्र दलाल कम्पनीसँगको सम्पर्क सञ्जालमा समस्या आएको थियो । कारोबार समय ३ बजेसम्म रहेपनि समस्या समाधान पछि नेप्सेले समय थप गरी ५ बजेसम्म पु-याएको थियो । सो अवधिका कारोबार मापक नेप्सेमा दोहोरो अङ्क अर्थात् १२.४९ ले वृद्धि भई एक हजार ५२०.६९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७१ ले वृद्धि भई…
Read More
शेयर बजार ७.३५ अंकले बढ्यो

शेयर बजार ७.३५ अंकले बढ्यो

काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजार मंगलवार ७ दशमलव ३५ अंक बढेको छ । २ बजेर ४३ मिनेटसम्म घटेको बजार त्यसपछि भने उकालो लागेकाे हाे । सोमवार शेयर बजार १२ दशमलव १७ अंक घटेर १ हजार ४८७ दशमलव ८१ विन्दुमा बन्द भएको थियो । मंगलवार भने १ हजार ४९१ दशमलव ३३ विन्दुदेखि खुलेको बजार १ हजार ४७७ दशमलव ३८ विन्दुसम्म झरेको थियो ।सोमवारको तुलनामा मंगलवार कारोबार रकममा भने कमि आएको छ । सोमवार रू. २ अर्ब १६ करोड ४९ लाख ३० हजार बराबरको शेयर कारोबार भएको थियो । १९० ओटा कम्पनीको २३ हजार २९७ पटक खरिदबिक्री हुँदा १ अर्ब…
Read More
अब चार हजारमा कोरोना परीक्षण गर्न सकिने

अब चार हजारमा कोरोना परीक्षण गर्न सकिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार रुपैयाँमा कोरोना भाइरस (कोभिड–१९) को पीसीआर टेष्ट गर्न पाइने जनाएको छ । यसअघि मन्त्रालयले पीसीआर टेस्ट गर्ने शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित्र पत्रकार सम्मेलनमा बोल्दै अब ४ हजारमा कोरोना परीक्षण गरिने जानकारी दिए । प्रवक्ता गौतमका अनुसार कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकिएको छ । प्रयोगशाला तथा आफ्नै ल्याब भएका अस्पतालहरुले भने ४ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
Read More
नेप्सेको उकालो यात्रा कायमै, कारोबारमा समस्या

नेप्सेको उकालो यात्रा कायमै, कारोबारमा समस्या

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आएको समस्यामा कारण धितोपत्र बजारमा शेयर कारोबारमा समस्या देखियो । आज बिहान ११ः०० बजे कारोबार शुरु हुने बित्तिकै देखिएको समस्या दिउँसो ३ः०० बजेसम्म जारी रहेको थियो । समस्या समाधान नहुञ्जेलसम्म नेप्सेले कारोबार समय थप गरेको थियो । नेप्सेले कारोबार समय साँझ ५ः१५ सम्म थप गरेको थियो । थप गरिएको समयमा समेत भएको आजको कारोबारमा नेप्से परिसूचक ४.६४ विन्दुले बढेर एक हजार ४६२.६७ मा पुगेको छ । नेप्से बढे पनि सेन्सेटिभ परिसूचक भने ओरोलो लागेको छ । सेन्सेटिभ परिसूचक ०.८० ले घटेर २९६.२९ मा पुगेको छ । कूल १८६ कम्पनीका ३६ लाख ८५ हजार ९६३…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.