धान, चामल र चिनी माग्दै नेपालले लेख्यो भारतलाई पत्र
काठमाडौं । नेपाल सरकारले भारत सरकारसँग धान, चामल र चिनी आयातका लागि पत्र लेखेको छ । आगामी चाडपर्वमा सम्भावित खाद्यान्नको अभाव हुन नदिन भारतलाई धान, चामल र चिनी माग गर्दै पत्र लेखिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव रामचन्द्र तिवारीका अनुसार गत हप्ता परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्र पठाइएको थियो । ‘नेपालले भारतसँग १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी माग गरेको छ,’ उनले भने । हाल नेपालमा चामल र चिनीको अभाव छैन । तर, भारतले बासमतीबाहेकको चामल अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि प्रतिबन्ध लगाएसँगै आगामी दिनमा अभाव हुने आङ्कलन गरिएको छ ।…