नेपाल-भारत संयुक्त रूपमा डिजिटल इकोनोमीमा नयाँपन दिनका लागि सम्भावना खाेज्दै
काठमाडाैं । नेपाल-भारत डिजिटल कनेक्टिभिटीलाई विशेष महत्व दिँदै डिजिटल इकोनोमीमा नयाँपन दिनका लागि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डिपिआई) को रुपान्तरणीय सम्भावनाको खोजी गर्न भारतीय राजदूतावास, काठमाडौंले मंगलबार ‘Digital Public Infrastructure: Innovating together towards India-Nepal digital bridges’ शीर्षकको एक सेमिनारको आयोजना गरेकाे छ । उक्त कार्यक्रम युएनडीपी नेपाल र एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस) सँग सहकार्य गर्दै नेपाल राष्ट्र बैंकको सहयोगमा आयोजना गरिएको दूतावासले जनाएकाे छ । उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित रहेकी थिइन् । कार्यक्रममा भारतीय राजदूतावाससँग साझेदारी गर्दै नेपाली उद्योग परिसंघले उद्योगको प्रतिनिधित्व गरेको समेत दूतावासले जनाएकाे छ । डिपिआई बारे भारतका…