स्वास्थ्य

थप ५ जनाकाे मृत्यु, काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३२२ पुग्याे

थप ५ जनाकाे मृत्यु, काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३२२ पुग्याे

स्वास्थ्य
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप ५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३२२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। शुक्रबार मृत्यु पुष्टि हुनेहरूमा माेरङकी ४० वर्षीय महिला, महाेत्तरीका ६५ वर्षीय पुरूष, धनुषाका ४५ वर्षीय पुरूष, काठमाडाैंका ७० वर्षीय पुरूष र नवलपरासीका ५५ वर्षीय पुरूष रहेका छन् । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे प्रतिशत ०.६२ रहेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा आज शुक्रबार थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।...
काठमाडाैं उपत्यकामा एकै दिन थपिए ६९६ कोरोना संक्रमित

काठमाडाैं उपत्यकामा एकै दिन थपिए ६९६ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जनामा कोरोना संक्रमण प्रष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ६२०, ललितपुरमा र भक्तपुरमा ३८ / ३८ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४५४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् । यस्तै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३२२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।...
देशभर १,४५४ जनामा काेराेना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज, ५ जनाकाे मृत्यु

देशभर १,४५४ जनामा काेराेना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज, ५ जनाकाे मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज शुक्रबार थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लाे २४ घण्टामा थप १४५४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको मन्त्रालयले जनाएकाे छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ३२२ जनाको मृत्यु भएको छ ।...
चितवनमा थपिए ३५ जना कोरोना भाइरसको संक्रमित

चितवनमा थपिए ३५ जना कोरोना भाइरसको संक्रमित

स्वास्थ्य
चितवन – चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार राति ११ बजे आएको रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक बालकसहित २६ पुरूष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुर गैँडाकोटका एक महिला र एक पुरूष तथा पर्साको ठोरीका एक महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् । फेरि परीक्षणका क्रममा अरू एक जनाको पनि संक्रमण पुष्टि भएको छ । तर, संक्रमित ती व्यक्तिको ठेगाना खुलाइएको छैन ।...
विश्व कोरोना अपडेट : २ करोड ७६ लाख बढीमा संक्रमण, मृतककाे संख्या ९ लाख नाघ्यो

विश्व कोरोना अपडेट : २ करोड ७६ लाख बढीमा संक्रमण, मृतककाे संख्या ९ लाख नाघ्यो

स्वास्थ्य
एजेन्सी । विश्वमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख नाघेको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । विश्वविद्यालयका अनुसार यस भाइरसबाट नौ लाख ७९ जनाको निधन भएको देखाइएको छ । साथै यस भाइरसबाट संक्रमित हुनेहरु २ करोड ७६ लाख ९५ हजार १३० पुगेको पनि सो विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा देखाइएको छ । त्यस्तै उक्त तथ्यांकअनुसार यस भाइरसबाट १ करोड ८६ लाख ६० हजार ४७४ जना संक्रमण मुक्त भएका छन् । उता विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार भने यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब नौ लाख पुगेको छ । सो संगठनले ८ लाख ९५ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ । एएनआई...
एसपीसहित थप १७ जनामा कोरोना संक्रमण

एसपीसहित थप १७ जनामा कोरोना संक्रमण

स्वास्थ्य
काठमाडाैं । बिहीबार सप्तरीका प्रहरी उपरीक्षक (एसपी)सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एसपी राजेन्द्रप्रसाद धमला, प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारतीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि एसपी धमला र डिएसपी भारती होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । अन्य संक्रमितमा गजेन्द्रनारायण सिंह अस्पतालका एक स्वास्थ्यकर्मी र एक सफाइकर्मी, सप्तरी कारागारका दुई सुरक्षाकर्मी, नौ कैदीबन्दी तथा राजविराज नगरपालिकाका दुईजना रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।...
१४ दिन क्‍वारेन्टाइन बस्दा कुनै लक्षण नदेखिए पीसीआर गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

१४ दिन क्‍वारेन्टाइन बस्दा कुनै लक्षण नदेखिए पीसीआर गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने, अन्तरजिल्ला आवतजावत गर्दा सबैले आफ्नै घरमा वा आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १४ दिनसम्म क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण नदेखिएमा पीसीआर परीक्षणको आवश्यकता नपर्ने निर्णय भएको बताए । त्यसैगरी मन्त्रालयले कोरोनाको परीक्षणका लागि एन्टिजेन टेष्टको व्यवस्थाका लागि स्वीकृति दिइएको छ । उनले भने, 'पीसीआर महँगो र लामो विधि छ र रिपोर्ट आउन धेरै समय लाग्छ । एन्टिजेन टेस्टको आवश्यकता भएकोले परिमार्जनसहित निर्देशिका स्वीकृत निर्णय गरेका छौँ ।'...
उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित

उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित

section, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लाे २४ घण्टामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्रै ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । यसैबीच नेपालमा थप १२ सय ४६ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार नाघेको छ ।...
देशभर थप १ हजार २४६ जना कोरोना संक्रमण, संक्रमितकाे संख्या ५० हजार ४६५ पुग्याे

देशभर थप १ हजार २४६ जना कोरोना संक्रमण, संक्रमितकाे संख्या ५० हजार ४६५ पुग्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा थप १२ सय ४६ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार नाघेको छ । प्रवक्ता गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् । यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ। यसैबीच...
स्वास्थ्य मन्त्रालयकाे दावी : दैनिक २५ हजार पीसीआर परीक्षण गर्ने क्षमता छ

स्वास्थ्य मन्त्रालयकाे दावी : दैनिक २५ हजार पीसीआर परीक्षण गर्ने क्षमता छ

स्वास्थ्य
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक २५ हजार जनाको पीसीआर विधिबाट परीक्षण गर्न सकिने जनाएको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक २२ देखि २५ हजार जनाको पीसीआर परीक्षण गर्ने क्षमता रहेको जानकारी गराएका छन् । विभिन्न विधिबाट परीक्षण गर्ने ढोका खुलेको भन्दै उनले भने, 'जीन एक्पर्टबाट पनि परीक्षण भइरहेको छ । साथै एन्टिजेन परीक्षण गर्नलाई त्यसको गुणस्तर प्रत्याभूति गर्ने काम भइरहेको छ।' सरकारले एन्टिजेन परीक्षण गर्ने तयारी गरिरहेका बेला विज्ञहरूले भने उक्त परीक्षण विश्वसनीय नभएको भन्दै परीक्षण नगर्न सुझाएका छन् । मन्त्रालयले भने जापानबाट ६० हजार एन्टिजेन किट आउन लागेको भन्दै छिट्टै उक्त विधिबाट परीक्षण गरिने जनाएको छ।अहिले दैनिक औसत १० हजार जनाको पीसीआर परीक्षण हुँदै आएको छ ।...