स्वास्थ्य

काठमाडाैं उपत्यकामा ३९६ काेराेना संक्रमित थपिए

काठमाडाैं उपत्यकामा ३९६ काेराेना संक्रमित थपिए

Featured, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार थप ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको हाे । याेसँगै काठमाडौंमा कुल संक्रमितको संख्या ६ हजार ९१७ पुगेको छ । यस्तै ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना पुगेकाे मन्त्रालयले जनाएकाे छ ।...
विश्वमा २ करोड ७४ लाखबढी कोरोना संक्रमित, ८ लाख ९६ हजारको मृत्यु

विश्वमा २ करोड ७४ लाखबढी कोरोना संक्रमित, ८ लाख ९६ हजारको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं – विश्वभर २ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९९४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७४ लाख ७९ हजार ११५ पुगेको हो । यस्तै एकै दिन थप ३ हजार ७०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार ४२१ पुगेको छ । एकै दिन २ लाख १६ हजार ८०५ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९५ लाख ७२ हजार ९११ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १० हजार २८० जनाको मृत्यु भएको छ । ३८ लाख ३१ हजार १७९ जना संक्रमित भएकोमा २१ लाख ६८ हजार ११३ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८१ हजार ४९ जन...
कपिलवस्तुमा कोरोना संक्रमित पत्रकारको मृत्यु

कपिलवस्तुमा कोरोना संक्रमित पत्रकारको मृत्यु

स्वास्थ्य
कपिलवस्तु । कोरोना संक्रमणका कारण तौलिहवाका एक जना पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो उनी अचानक बिरामी भएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । ६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च रक्तचापका बिरामी थिए । भदौ ८ गते उनको परिवारका एक जना सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि ११ गते परिवारका ८ जनाको स्वाब संकलन गरिएको थियो । मृत्यु भएपछि उनको रिपोर्ट ताकेता गरेर मगाउँदा रिपोर्ट पोजिटिभ रहेको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । परिवारका अन्य सदस्यको भने रिपोर्ट आएको छैन । उनी २ दशक बढीदेखि पत्रकारितामा क्रियाशील थिए । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।...
मृत्युको मुखबाट फर्किएँ, कोरोनालाई ‘अन्डर स्टिमेट’ नगरौं  : डा. कार्की

मृत्युको मुखबाट फर्किएँ, कोरोनालाई ‘अन्डर स्टिमेट’ नगरौं  : डा. कार्की

स्वास्थ्य
काठमाडौं । नेपालमा उपलब्ध सबै किसिमका उपचार विधि प्रयोग गरेर बाँचेका एकजना डाक्टरले कोभिड-१९ लाई कमजोर नआँक्न आग्रह गरेका छन् । कोरोना संक्रमणपछि भेन्टिलेटरमा समेत पुगेका विराट मेडिकल कलेजका सञ्‍चालक डा. ज्ञानेन्द्र मान सिंह कार्कीले आफूले पुनर्जीवन नै पाएको बताएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतवार उपस्थित भएका डाक्टर कार्कीले पटक पटक कोभिड-१९ लाई कमजोर नआँक्न चेतावनी दिए। 'कोभिड-१९ लाई 'अन्डर स्टिमेट' नगरौँ। घरमा बेसार पानी खाएर ठीक हुन्छ भन्‍ने भ्रम हो। यस्ता कुराले सरकारको प्रयासलाई धमिल्याउन खोजेको छ', उनले भने, 'झुक्किएर पनि कोभिडलाई 'अन्डर इस्टिमेट' नगरौँ। यसबाट डराइ हाल्नुपर्ने अवस्था नरहला । तर यसलाई 'अन्डर स्टिमेट' गर्नु भयंकर भूल हुनेछ।' कोरोनाबाट गम्भीर बिरामी परेका डाक्टर कार्कीलाई प्लाज्मा थेरापी विधिबाट गरिएको उपचारले मात्रै निको नभएपछि...
थप ९७९ जनामा कोरोना पुष्टि, १७३६ जना डिस्चार्ज

थप ९७९ जनामा कोरोना पुष्टि, १७३६ जना डिस्चार्ज

स्वास्थ्य
काठमाडौं । नेपालमा आज साेमबार थप ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । साेमबारकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार मन्त्रालयले सामबारबाटै कार्यान्वयनमा ल्याइने गरी भाइबर ग्रुपमा संक्रमितहरूकाे विवरण सार्वजनिक गर्ने भएकाे छ । त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको मन्त्रालयले जनाएकाे छ ।...
बाँकेमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु

स्वास्थ्य
कोहलपुर। बाँकेको नेपालगञ्जमा कोभिड-१९ बाट एकजनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-९ का ५९ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत ती पुरुषमा मधुमेह र मुटुरोगको समस्या थियो। १२ भदौदेखि स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट उनको थ्रोट स्वाब लिइएको थियो। १५ भदौमा संक्रमण पुष्‍टि भएपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा बसेका थिए। उनको १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। रासस...
थप ९ जनाको मृत्यु, मृतककाे संख्या २८९ पुग्याे

थप ९ जनाको मृत्यु, मृतककाे संख्या २८९ पुग्याे

स्वास्थ्य
काठमाडौं । काेराेना भाइरसकाे संक्रमणबाट नेपालमा थप ९ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आज मृत्यु हुनेमध्ये २ जना महिला र ७ जना पुरुषहरु रहेका छन् । मृत्यु हुने महिलाहरुमा मोरङकी ६४ वर्षीया, झापाकी ४५ वर्षीया रहेका छन् । भने मृत्यु हुने पुरुषहरुमा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३७ वर्षीय, काठमाडौंका ३ जना ७४, ६८ र ८५ वर्षीय साथै चितवनका ७० वर्षीय रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको र १८१४ जना कोरोना मुक्त भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।...
‘एसएमएस’ काे पालना गरे काेराेना  नियन्त्रण गर्न सकिन्छ : स्वास्थ्य मन्त्रालय

‘एसएमएस’ काे पालना गरे काेराेना  नियन्त्रण गर्न सकिन्छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य
काठमाडाैं । सरकारले 'एसएमएस' को पूर्ण पालना गरे कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सकिने जनाएको छ । 'एस' अर्थात् सामाजिक दुरी, व्यक्ति–व्यक्तिबीचको दुरी कम्तीमा दुई मिटरको कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको आग्रह छ । यस्तै 'एम' अर्थात् मास्क, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाए कोरोनाको जोखिम धेरै कम हुन्छ । त्यसैगरी 'एस' अर्थात् सरसफाइ, साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धाेए वा साबुन पानी नभए स्यानिटाइजरमार्फत हात सफा गरे कोरोना भाइरस सङ्क्रमण हुन नपाउने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । उनले सरकारले हरेक दिन आग्रह गर्दै आएको शब्द 'एसएमएस' लाई पूर्ण पालना गरे कोरोनाको सङ्क्रमणलाई रोक्न सकिने दाबी गरे । यस्तै उनले केही सञ्चारमाध्यममा मास्क र स्यानिटाइजरको प्रयाेगले कोरोना रोकथाममा काम नगर्ने जस्ता भ्रामक समाचार र...
रामेछापमा थपिए १३ जना कोरोना संक्रमित

रामेछापमा थपिए १३ जना कोरोना संक्रमित

स्वास्थ्य
रामेछाप । रामेछापमा शुक्रबार एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन् । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रामेछापमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिए । जिल्ला अस्पताल रामेछापका स्वास्थ्य अधिकृत भुवन थापाले दिएको जानकारी अनुसार जिल्ला अस्पताल रामेछापबाट पठाएको स्वाबमा ६ जना पोजेटिभ देखिएकाे हाे । बाँकी ७ जना भने काठमाडौंमा नै स्वाब संकलन गरिएको पोजेटिभ आएको उनले बताए । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या कूल संख्या ८६ पुगेको छ ।...
काेराेना संक्रमणबाट एकैदिन १४ जनाकाे मृत्यु

काेराेना संक्रमणबाट एकैदिन १४ जनाकाे मृत्यु

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या २७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएकाेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २७१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आज मृत्यु हुनेहरुमध्ये १० जना पुरुष र ४ जना महिलाहरु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुने पुरुषहरुमा सप्तरीका ५५ वर्षीय २ जना, कास्कीका ६५ वर्षीय, नवरपरासीका ३७ वर्षीय, प्यूठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय रहेका छन् । त्यस्तै कोरोनाको कारण मृत्यु हुने महिलाहरुमा काठमाडौंका ३ जना ८२, ६७ र २२ वर्षीया, चितवनकी ३५ वर्षीया रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । नेपाल पछिल्लो २४ घण्टामा मात्र १ हजार ३५९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ...