स्वास्थ्य

काठमाडाैं उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण

काठमाडाैं उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण

स्वास्थ्य
काठमाडाैं । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै नेपालमा आज थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
२४ घण्टामा थप १३५९ जनामा काेराेना संक्रमण, १३५४ जना डिस्चार्ज

२४ घण्टामा थप १३५९ जनामा काेराेना संक्रमण, १३५४ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ४६४ महिला र  ८९५ पुरूष गरी १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा थप १ हजार ३५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २५ हजार५६१ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट २७१ जनाको मृत्यु भएको छ । आज मात्रै १४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।...
जुम्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ जनामा कोरोना संक्रमण

जुम्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ जनामा कोरोना संक्रमण

स्वास्थ्य
जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र अधिकारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जुम्लाका सिडियो अधिकारीसहित ६ जनामा कोरोना देखिएको हो । प्रजिअ अधिकारीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले कार्यालयसँग सम्बन्धित अत्यावश्यक कामका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई भन्न पनि आग्रह गरेका छन् ।...
१ घण्टाकाे फरकमा दुई कोरोना संक्रमितको मृत्यु

१ घण्टाकाे फरकमा दुई कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
काठमाडाैं । धरानमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीको राजविराज नगरपालिका-७ का ५० र ५५ वर्षका पुरुषको बिहीवार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ५५ वर्षीय पुरुषको सवा १ बजे र ५० वर्षका पुरुषको दिउँसो २ बजे करिब एक घण्टाको अन्तरमा मृत्यु भएकाे थियाे । ५५ वर्षीय पुरुष ७ भदौमा प्रतिष्ठानमा भर्ना भएका थिए । उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । उनलाई छिन्नमस्ता अस्पताल सप्तरीले प्रतिष्ठानमा रेफर गरेको थियो । यस्तै ५० वर्षीय पुरुषलाई बिहीबार दिउँसो ल्याइएको थियो । बिहीबार दिउँसो १ः २० मा भर्ना भएका ५० वर्षीय पुरुषको २ बजे मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । उनमा श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएको थियो । चार दिनयता सिकिस्त बिरामी भएका उनी मधुमेहको रोगी रहेको पनि सापकोटाले बताए ।...
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुग्यो

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु भएकामध्ये २ जना पुरुष र ४ जना महिला रहेका जानकारी दिए । मृत्यु हुने महिलाहरुमामा चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ वर्षीया रहेका छन् । त्यस्तै पुरुषहरुमा सिन्दुपाल्चोकका ७७ वर्षीय र रुपन्देहीका ६५ वर्षीय रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याेसँगै कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको मन्त्रालयले जनाएकाे छ ।...
काठमाडौं उपत्यकामा ४४५ जनामा काेराेना संक्रमण

काठमाडौं उपत्यकामा ४४५ जनामा काेराेना संक्रमण

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका छन् । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले नेपालभर १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको जानकारी दिए ।...
पछिल्लो २४ घण्टामा थपिए १ हजार २२८ जना कोरोना संक्रमित, ९१७ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए १ हजार २२८ जना कोरोना संक्रमित, ९१७ डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३९४ महिला र ८३४ पुरूष गरी १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।...
काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना पुष्टि

Featured, स्वास्थ्य
काठमाडाैं । काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै आज देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । यस्तै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।...
कोरोना संक्रमणबाट नेपालमा पहिलाेपटक स्वास्थ्यकर्मीको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा पहिलाेपटक स्वास्थ्यकर्मीको मृत्यु

स्वास्थ्य
काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं ल्याउने क्रममा महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो । उनकाे काठमाडाैं ल्याउने क्रममा सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा लगी स्वाब संकलन गरेर जनकपुरमा पठाइएको र रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।...
काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २२८ पुग्याे

काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २२८ पुग्याे

section, स्वास्थ्य
काठमाडौं । नेपालमा साेमबार थप ७ जनाको काेराेना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २२८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मृत्यु हुनेमा ४ वर्षकी बालिकासहि ३ जना महिला, ४ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिला रहेकी छिन् । त्यस्तै मृत्यु हुने पुरुषहरुमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुष रहेका छन् । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा १९० जना, ललितपुरमा ६७ जना र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा गौतमले जानकारी दिए ।...