स्वास्थ्य

बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवलको ज्वरो क्लिनिकमा उपचाररत् सिद्धार्थनगर नगरपालिका ५ की ६४ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पालका सूचना अधिकारी डा. विष्णु गौतमले सोमबार बिहान अस्पतालमा भर्ना भएकी उनको दिउँसो साढे २ बजे मृत्यु भएको जानकारी दिए। सिकिस्त अवस्थामा अस्पताल आएकी उनको जिन एक्सपर्ट मेसिनमार्फत् पीसीआर परीक्षण गरेर उपचार सुरू गरिएको थियो। उच्च ज्वरो तथा श्वासप्रश्वासको समस्या लिएर आएकी उनको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा. गौतमले जानकारी दिए। यसअघि कपिलवस्तुका एक पुरूष र एक महिलाको बुटवल र भैरहवामा मृत्यु भएको थियो । बुटवलकै कोरोना विशेष आइसोलेसन अस्पतालमा भर्ना भएका पुरूषको बिहान साढे चार बजे र भीम अस्पतालमा भर्ना भएकी महिलाको आइतबार राति मृत्यु भएको थियो ।...
नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३६० पुग्याे

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३६० पुग्याे

स्वास्थ्य
काठमाडाैं । नेपालमा साेमबार काेराेना भाइरसकाे संक्रमणबाट एकैदिन १५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३६० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा माेरङका ४० र ७० वर्षका दुइ पुरूषकाे मृत्यु भएकाे छ । काठमाडाैंका ६१ वर्षीय महिला, ७७, ६२, ७३, ८५ र ७० वर्षका पुरूषहरूकाे पनि काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे छ । यस्तै ललितपुरका ५५ वर्षीय पुरूष, भक्तपुरका ७३ वर्षीय पुरूष र रामेछापका २३ वर्षीय पुरूषकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । यस्तै गाेरखाकी ६३ वर्षीया महिला, नवफपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला र कपिलवस्तुकी ४७ वर्षीय महिलाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालमा काेराेना भ...
थप ११ सय ७० जनामा कोरोना संक्रमण, ८७९ जना डिस्चार्ज, थप १५ काे मृत्यु

थप ११ सय ७० जनामा कोरोना संक्रमण, ८७९ जना डिस्चार्ज, थप १५ काे मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा थप १ हजार १७० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । साेमबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७० जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा ८७९ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३६० पुगेको छ।...
क्याप्टेन विजय लामालाई कोराना संक्रमण

क्याप्टेन विजय लामालाई कोराना संक्रमण

स्वास्थ्य
काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् । उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।...
थप एक कोरोना संक्रमित पुरूषकाे मृत्यु

थप एक कोरोना संक्रमित पुरूषकाे मृत्यु

स्वास्थ्य
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बिराटनगरका ७० वर्षीय पुरुषको आइतबार मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएसँगै गत भदौ १६ गते प्रादेशिक ल्याब बिराटनगरमा पीसीआर टेस्ट गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि बिराटनगरस्थित म्याक्स अस्पतालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो । गत भदौ १७ गते उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । उच्च रक्तचापका बिरामी रहेका उनको आइतबार दिउँसो निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।...
एम्बुलेन्स दुरुपयोग गरे दर्ता खारेज गरिदिने सरकारको चेतावनी

एम्बुलेन्स दुरुपयोग गरे दर्ता खारेज गरिदिने सरकारको चेतावनी

स्वास्थ्य
काठमाडौं । सरकारले एम्बुलेन्सको दुरूपयाेग गरे दर्ता खारेज गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी एम्बुलेन्स बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा तुरुन्त दर्ता खारेज गर्ने चेतावनी दिएकाे हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुरुपयोग भएको पाएमा एम्बुलेन्स सञ्चालन गर्ने संस्थालाई भविश्यमा पनि एम्बुलेन्स सञ्चालन गर्न नदिने बताए । कोरोना महामारी रोकथामका लागि भनी सरकारले हाल लामो दुरीको सार्वजनिक यातायात बन्द गरेको छ । काठमाडौं उपत्यकाका साथै देशका विभिन्न जिल्लाले आफ्नो सीमा क्षेत्रमा आवतजावत बन्द गरेको छ । यसै बिरामी बोकेको बाहनामा एम्बुलेन्सले चर्को शुल्क लिएर सर्वसाधारण मानिस ओसार-पसार गरेको गुनासो बढेकाले सरकारले दर्ता खारेज गर्नेसम्मको चेतावनी दिएको हो ।...
घट्यो पीसीआर परीक्षण शुल्क, अब २ हजार बढी लिन नपाइने

घट्यो पीसीआर परीक्षण शुल्क, अब २ हजार बढी लिन नपाइने

स्वास्थ्य
काठमाडाैं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए । सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क परीक्षणका लागि तोकिएको ल्याबहरुले २ हजार भन्दा बढी शुल्क लिन पाउने छैनन् । यसैबीच पीसीआर परीक्षण गर्दा शुल्क नलिन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निशुल्क गराउन माग गर्दै दायर गरिएकाे रिटमा सरुवा रोगको उपचार निशुल्क पाइने जनस्वास्थ्य सेवा ऐनको दफा ३ को उपदफा ४(ग) मा प्रष्ट व्यवस्था भएको...
काठमाडौंमा ४८३ सहित उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

काठमाडौंमा ४८३ सहित उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप ५९७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी जम्मा ५९७ संक्रमित थपिएका हुन् । यस्तै बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।  ...
काेराेनाबाट थप ९ जनाको मृत्यु, मृतककाे संख्या ३४५ पुग्यो

काेराेनाबाट थप ९ जनाको मृत्यु, मृतककाे संख्या ३४५ पुग्यो

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या  ३४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लाे २४ घण्टामा मृत्युहुनेहरूमा ३ जना महिला र ६ जना पुरूषहरू रहेका छन् । जसमा काठमाडाैंमा ६५ वर्षीय २ महिला, कास्कीमा ४५ वर्षीय महिला रहेका छन् । यस्तै माेराेङका ६९ वर्षीय पुरूष, काठमाडाैंका ५९ वर्षीय पुरूष, यस्तै काठमाडाैंकै ७०, ६४ र ५९ वर्षीय पुरूषहरू रहेका छन् । यस्तै सिन्धुपाल्चाेकका ५९ वर्षीय पुरूषकाे पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार हिजो (शनिबार) १४ जनाको कोरोनाका कारण ज्यान गएको जनाएकाे थियो । जसमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौंकी ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष थिए । त्यसैगरी भक्तपुरका ७२...
देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । नेपालमा थप १ हजार ३९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ जनामा काेराेना संक्रमण देखिएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५४ हजार १५९ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा १ हजार १७३ जना काेराेना संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३४५ पुगेको छ।...