स्वास्थ्य

प्रदेश १ मा थपिए ५६९ काेराेना संक्रमित

प्रदेश १ मा थपिए ५६९ काेराेना संक्रमित

स्वास्थ्य
विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा गरिएको एक हजार ९६० जनाको पिसीआर परीक्षणमा २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरुमा मोरङमा २५३ मध्ये विराटनगमा १४७, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा चार, भोजपुरमा तीन, सोलुखुम्बुमा दुई, पाँचथर, खोटाङ र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा संक्रमितको संख्या १८ हजार ९५३ पुगेको छ । यस प्रदेशमा आज ६१९ जना संक्रमित निको भई घर फर्केका छन् । निको भई घर फर्कनेको सङ्ख्या अहिलेसम्म १० हजार ७९८ पुगेको छ । अहिलेसम्म एक लाख ५८ हजार ९४८ जनाको पीसीआर परीक्षण सम्पन्न गरिएको छ । रासस...
संघीय सरकारका ३ मन्त्रीसहित २४ सांसदलाई कोरोना संक्रमण

संघीय सरकारका ३ मन्त्रीसहित २४ सांसदलाई कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं । संघीय सरकारका ३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण भएकाे छ। गत साउन १६ गते यता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ । सबैभन्दा पहिले साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराई, भौत्तिक योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल छन् । तीनै जना मन्त्री अहिले भने कोरोना मुक्त भइसकेका छन् । संघीय संसद सचिवालयका अनुसार एक जना सांसद अस्पतालमा उपचाररत छन । ६ जना कोरोना निको हुने क्रममा छन् । बाँकी १५ जना सांसद पनि कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।...
काठमाडौं उपत्यकामा थपिए १८८८ काेराेना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १८८८ काेराेना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज थप ३ हजार ५१७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा ४ हजार ९६ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।...
काेराेना भाइरसकाे संक्रमणबाट थप १६ जनाकाे मृत्यु

काेराेना भाइरसकाे संक्रमणबाट थप १६ जनाकाे मृत्यु

section, स्वास्थ्य
काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९२० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज थप ३ हजार ५१७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा ४ हजार ९६ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।...
शुक्रबार देशभर थपिए ३ हजार ५ सय १७ काेराेना संक्रमित, १६ जनाको मृत्यु

शुक्रबार देशभर थपिए ३ हजार ५ सय १७ काेराेना संक्रमित, १६ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ३ हजार ५१७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ४ हजार ९६ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९२० पुगेको छ। हिजाे बिहीबार २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।...
कोरोना संक्रमणबाट दुई वृद्धको मृत्यु

कोरोना संक्रमणबाट दुई वृद्धको मृत्यु

स्वास्थ्य
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा आज बिहान ६:५४मा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिए । यस्तै अर्का रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए । ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको बिहीवार राति ११:४७ बजे मृत्यु भएको डा अधिकारीले जानक...
बुटवलमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवलमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

स्वास्थ्य
बुटवल । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आज बिहान थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा उपचार गर्दा गर्दे मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमले बताए । कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दे बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगीसमेत रहेका थिए ।...
काठमाडौंका सीडीओ दाहाललाई कोरोना संक्रमण

काठमाडौंका सीडीओ दाहाललाई कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहाल र उनकी पत्नीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सीडीओ दाहालको अवस्था सामान्य रहेको र हाल होम आइसोलेसनमा रहेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सीडीओ दाहाललाई बुधबार कोरोना संक्रमण पुष्टि भएको बताए। सीडीओ दाहालले आफू र पत्नीलाई कोरोना भएको विषयमा बिहीबार गृह मन्त्रालयलाई जानकारी गराएका छन् ।...
नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९०० नाघ्याे

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९०० नाघ्याे

स्वास्थ्य
काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९०४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा ३ हजार ३८ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।...
बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ३ हजार ३८ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९०४ पुगेको छ।...