स्वास्थ्य

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

स्वास्थ्य
धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ३२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ११ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १४, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा थप ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। सेती प्रादेशिक अस्पतालमा ६ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ११ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। श्रेष्ठका अनुसार सबैभन्दा धेरै धनगढी उपमहानगरपालिका ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिकाका १६ महिला र २९ पुरुष गरी ४५ जनामा संक्रमण पुष्टि भएको ...
कोरोनाबाट नासुको मृत्यु

कोरोनाबाट नासुको मृत्यु

स्वास्थ्य
दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हीराबहादुर डाँगी छन् । उनलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो । रासस...
सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

स्वास्थ्य
काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा कार्तिक ३ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कार्तिक ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा शुक्रवार साँझ ५ बजेर ५ मिनेटमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।...
मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

स्वास्थ्य
काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेशनमा बसेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ । मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी ल्याइएकाे छ । मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंँडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौंं पठाइएकाे पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण प...
उपत्यकामा थपिए २७ सय २० काेराेना संक्रमित

उपत्यकामा थपिए २७ सय २० काेराेना संक्रमित

Featured, स्वास्थ्य
काठमाडाैं । काठमाडाैं उपत्यकामा शुक्रबार थप २ हजार ७२० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । जसमध्ये १ हजार ९२ जना महिला र १ हजार ६२८ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज शुक्रबार थप ४ हजार ४९९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा २ हजार ६६८ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ ।...
थप १७ जनाकाे कोरोना संक्रमणबाट मृत्यु

थप १७ जनाकाे कोरोना संक्रमणबाट मृत्यु

स्वास्थ्य
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज शुक्रबार थप ४ हजार ४९९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा २ हजार ६६८ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ ।...
शुक्रबार देशभर थपिए ४ हजार ४९९ जना काेराेना संक्रमित

शुक्रबार देशभर थपिए ४ हजार ४९९ जना काेराेना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ४ हजार ४९९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप थप ४ हजार ४९९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा २ हजार ६६८ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८२९ पुगेको छ। हिजाे बिहीबार ३ हजार ६३७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भ...
पूर्वी नवलपरासीकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण पुष्टि

पूर्वी नवलपरासीकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
नवलपरासी । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हाे । बिहीबार प्रजिअ पंगेनीको पीसीआर नतिजा पोजिटिभ देखिएको र साथै उनका परिवारका अन्य २ जनामा पनि कोरोना भाइरसकाे संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी पंगेनीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।...
११ गतेसम्म नियमित पत्रकार सम्मेलन नहुने

११ गतेसम्म नियमित पत्रकार सम्मेलन नहुने

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाेलीबाट पाँच दिन काेराेना अपडेट नगर्ने भएकाे छ । बडादशैँका कारण कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि हुने नियमित पत्रकार सम्मेलन थप परिमार्जनसमेत हुने बताए । उनले कोभिड-१९ का बारे भने सामाजिक सञ्जालबाट जानकारी गराइने पनि बताए । मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार नेपालमा कोभिड-१९ काबारे नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ । अहिलेसम्म नेपालमा १ लाख ४८ हजार ५०९ संक्रमित भइसकेका छन् भने ८१२ जनाको संक्रमणबाट निधन भएको छ । यस्तै १ लाख २ हजार ८२० जना संक्रमणबाट निको भएको र ४४ हजार ८७७ सक्रिय संक्रमित रहेका छन् ।...
गाेकुल बाँस्कोटालाई कोरोना संक्रमण

गाेकुल बाँस्कोटालाई कोरोना संक्रमण

स्वास्थ्य
काठमाडाैं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । साथै उनकी धर्मपत्नी तारा मानन्धरलाई पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । बिहीबारकाे पीसीआर परीक्षणका क्रममा आफू र श्रीमतीलाई काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे उनले जानकारी दिएका छन् । बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण पनि नदेखिएको जानकारी दिएका छन् ।...