स्वास्थ्य

चितवनमा काेराेना संक्रमित पुरूषकाे मृत्यु

चितवनमा काेराेना संक्रमित पुरूषकाे मृत्यु

स्वास्थ्य
चितवन । चितवनमा उपचाररत एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत रत्ननगर नगरपालिका-१२ का ४१ वर्षीय कोरोना संक्रमित पुरूषकाे बुधबार मृत्यु भएको हाे । मेडिकल कलेजका अनुसार ती पुरूषको उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । असाेज २३ गते काेराेना संक्रमण पुष्टि भएका उनमा निमाेनिया लगायतका समस्या थियाे ।...
सोलुखुम्बुमा समुदायस्तरमा कोरोना

सोलुखुम्बुमा समुदायस्तरमा कोरोना

स्वास्थ्य
भोजराज कार्की / सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको सङ्क्रमण समुदाय स्तरमा फैलिएको पुष्टि गरेको छ । मङगलबार मात्रै जिल्लाका स्वास्थ्यकर्मीदेखी जनप्रतिनिधिसम्म १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको पुष्टि गरेको हो । सङ्क्रमणको अवस्था बुझ्न नगरपालिकाको विभिन्न क्षेत्रमा आयोजित स्वाब परीक्षणको रिपोर्टअनुसार समुदायस्तरमा कोरोना फैलिसकेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए । चाडपर्वका बेला चुनौती थपिएकाले परीक्षणको दायारालाई फराकिलो बनाइने उनको भनाइ थियो । नगरपालिकाका स्वास्थ्य संयोजक चमर मगरका अनुसार शुक्रबार ६४ जनाको स्वाब सङ्कलन गरी बिराटनगरमा परीक्षण गर्न पठाउदा एक वडाध्यक्ष, एक वडासचिव, एक स्वास्थ्यकर्मी, एक व्यावसायी र हाइड्रोपावरमा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएको थियो । सङ्क्रमितमध्ये एक सङ्क्रमितलाई ...
उपत्यकामा एकैदिन थपिए ३१०७ कोरोना संक्रमित

उपत्यकामा एकैदिन थपिए ३१०७ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडाैं उपत्यकामा थप ३ हजार १०७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। जस अनुसार काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना छन् । यस्तै काठमाडौंसहित देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ४४ हजार नाघेको छ । यस्तै नेपालमा आज एकैदिन अहिलेसम्म कै बढी थप ५ हजार ७४३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा २ हजार ९९६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।...
काेराेनाबाट एकैदिन २६ जनाकाे मृत्यु

काेराेनाबाट एकैदिन २६ जनाकाे मृत्यु

Featured, स्वास्थ्य
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट एकैदिन २६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७९१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै नेपालमा आज थप ५ हजार ७४३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा २ हजार ९९६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।...
एकैदिन थपिए ५ हजार ७४३ जनामा काेराेना संक्रमित, २९ सय ९६ जना डिस्चार्ज

एकैदिन थपिए ५ हजार ७४३ जनामा काेराेना संक्रमित, २९ सय ९६ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ५ हजार ७४३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा २ हजार ९९६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७९१ पुगेको छ। हिजाे मंगलबार ३ हजार ९३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।...
गण्डकीमा थपिए १६ कोरोना संक्रमित

गण्डकीमा थपिए १६ कोरोना संक्रमित

स्वास्थ्य
कास्की । गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा लम्जुङका ११, तनहुँका तीन र कास्कीका दुई जना छन् । सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भईरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन् ।...
उपत्यकामा थपिए १ हजार ७०२ कोरोना संक्रमित

उपत्यकामा थपिए १ हजार ७०२ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडाैं । काठमाडौं उपत्यकामा मंगलबार १ हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप १७ सय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए। त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ३१ जना, भक्तपुरका १ सय ४८ जना र ललितपुरका १ सय २३ सय जना छन् । आज देशभर थप ३ हजार ९३ कोरोना संक्रमित थपिएका छन् भने २ हजार १ सय ८ जना निको भएर घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ।...
देशभर थपिए ३ हजार ९३ जना काेराेना संक्रमित

देशभर थपिए ३ हजार ९३ जना काेराेना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ३ हजार ९३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा २ हजार १०८ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९६ हजार ६०९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७६५ पुगेको छ। हिजाे साेमबार ३ हजार ७ सय ९० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।...
डा. गाेविन्द केसी अस्पतालबाट डिस्चार्ज

डा. गाेविन्द केसी अस्पतालबाट डिस्चार्ज

स्वास्थ्य
काठमाडौं । डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ औं पटककाे अनसन तोडेर असोज २५ गतेदेखि अस्पतालमा उपचाररत डा. केसी मंगलबार डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएका डा. केसी आफ्ना भाइको घर सुकेधारा गएका छन् । भदौं २९ गतेदेखि जुम्लाबाट अनसन शुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । अनसनको २७ औं दिनमा गत असोज २४ गते राति १२ बजे शिक्षा मन्त्रालयको टोली र डा. केसीबीच माग सम्बोधन गर्ने सम्झौता भएपछि डा. केसीले २५ गते टिचिङ अस्पतालका सरसफाइ कर्मचारीको हातबाट जुस पिएर अनसन तोडेका थिए । लामो समयसम्म अनसन बस्दा बिरामी परेका डा केसी आइसीयुमा भर्ना भएका थिए । उनलाई केही दिन अघि आइसीयुबाट सामान्य वर्डामा सारिएको थियो ।...
कटारीका मेयरसहित ४ जनामा कोरोना पुष्टि

कटारीका मेयरसहित ४ जनामा कोरोना पुष्टि

स्वास्थ्य
उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयरसहित थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद अर्याल, शिक्षा शाखाका श्रोत व्यक्ति सुर्य कार्की र इलाका प्रशासन कार्यालय कटारीका प्रमुख चन्द्र सिवाकोटीमा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै जिल्लामा संक्रमितको संख्या संख्या २ सय ४ पुगेको छ । त्यसमध्ये ६५ जना महिला र एक सय ३५ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीले जानकारी दिए । जिल्लामा हालसम्म आठ हजार एक सय २२ जनाको स्वाव संकलन गरिएको छ त्यसमध्ये आठ हजार ८७ जनाको रिर्पोट आईसकेको प्रमुख सुबेदीले बताए । मेयर श्रेष्ठले जनताको काम गर्दा गर्दै आफूमा कोरोना संक्रमण भएको बताएका छन् । नागरिकको हरेक गुनासाहरु सु...