स्वास्थ्य

यातायात मन्त्री नेम्वाङमा कोरोना संक्रमण

यातायात मन्त्री नेम्वाङमा कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री नेम्वाङले आफूमा कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘ममा कोरोना पोजिटिभ देखियो। यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु’, नेम्वाङले भनेका छन् । यसअघि शिक्षामन्त्री गिरीराजमणि पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईमा पनि कोरोना पुष्टि भएको थियो ।...
काेराेनाबाट थप १८ जनाकाे मृत्यु

काेराेनाबाट थप १८ जनाकाे मृत्यु

स्वास्थ्य
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप १८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७५७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै साेमबार देशभरी ३ हजार ७९० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा २ हजार ३३५ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ ।...
काठमाडाैं उपत्यकामा थपिए २३ सय ८८ काेराेना संक्रमित

काठमाडाैं उपत्यकामा थपिए २३ सय ८८ काेराेना संक्रमित

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जना काेराेना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २००८ जना, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै साेमबार देशभरी ३ हजार ७९० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा २ हजार ३३५ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ ।...
थप ३७ सय ९० जनामा काेराेना संक्रमण, सक्रिय संक्रमितकाे संख्या ४० हजार नाघ्याे

थप ३७ सय ९० जनामा काेराेना संक्रमण, सक्रिय संक्रमितकाे संख्या ४० हजार नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ३ हजार ७९० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७९० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा २ हजार ३३५ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७५७ पुगेको छ।...
कोरोना उपचारमा पन्छियो सरकार

कोरोना उपचारमा पन्छियो सरकार

स्वास्थ्य
काठमाडाैँ । सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबारदेखि नै लागू भएको छ,’ नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । ‘आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक’ भन्दै त्यससँग सम्बन्धित उपचार राज्यको दायित्व हुने भनी औंल्याइएको सर्वोच्चको निर्णयको व्याख्या सार्वजनिक भएको पाँच दिन नबित्दै सरकार पन्छिएको हो । संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क भनी परिभाषित गरेको छ । कोरोना संक्रमण सरुवा रोग भएकाले त्यो पनि आधारभूत स्वास्थ्य सेवाको परिभाषामा पर्ने भनी सर्वोच्चको व्याख्या छ । अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको फैसला चित्त नबुझे कानुनी प...
थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै पिसिआर परीक्षण हुनेको संख्या १२ हजार ६९ हजार ६ सय ५ पुगेको छ। हाल ४ हजार ७ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।...
काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

स्वास्थ्य
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ। आज देशभर ३ हजार १ सय ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ। २४ घण्टायता १ हजार ८ सय जना संक्रमित डिस्चार्ज भएका छन्। देशभर डिस्चार्ज हुनेको संख्या जम्मा ८९ हजार ८ सय ३७ पुगेको छ। आज देशभर ३७ हजार ७३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।...
पछिल्लो २४ घण्टामा थपिए ३१६७ जना नयाँ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ३१६७ जना नयाँ कोरोना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार ८०० छ। योसँगै हालसम्म ८९ हजार ४८० पुगेको छ। आज देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्।...
प्रदेश–२ मा सङ्क्रमणमुक्त हुनेकाे संख्या १२ हजार नाघ्याे

प्रदेश–२ मा सङ्क्रमणमुक्त हुनेकाे संख्या १२ हजार नाघ्याे

Featured, स्वास्थ्य
जनकपुर । प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो । प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा सङ्क्रमण पुष्टि भएको छ । यिमध्ये १२ हजार २७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए । यो प्रदेशमा कोभिड–१९ महामारीले १५९ जनाको ज्यान गएको छ । सङ्क्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एकहजार ६८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ । गतचैतको अन्त्यतिर प्रदेशको पर्सा जिल्लामा आएका तीन भारतीयमा कोभिड–१९ पुष्टि भएसँगै क्रमशः यताका महिनामा सङ्क्रमण बढ्दै गएको हो । चैतदेखि भर्खरै बितेको असोजसम्मको सङ्क्रमण अवस्था हेर्दा सबैभन्दा बढी ...
४ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि पाल्पा अस्पताल बन्द

४ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि पाल्पा अस्पताल बन्द

स्वास्थ्य
पाल्पा । ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पाल्पा अस्पतालमा आकस्मिक सेवा बाहेक सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । शुक्रबार पाल्पा अस्पतालले एक सूचना जारी गरी अस्पतालमा कार्यरत ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिएको हो । अस्पतालले जारी गरेको सूचनाअनुसार असोज २७ गते अस्पतालबाट ९ जनाको स्वाव पीसीआर परीक्षणका लागि पठाइएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो । कर्मचारीमा संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक सेवा बाहेक सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको जनाएकाे छ।...