स्वास्थ्य

काठमाडौं उपत्यकामा मात्रै थपिए २४ सय २ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा मात्रै थपिए २४ सय २ जना कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौंमा उपत्यकामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार गरिएको परीक्षणमा काठमाडौंमा १ हजार ७ सय ८४, भक्तपुरमा २ सय ४४ र ललितपुरमा ३ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यस्तैगरी शुक्रबार नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै कोरोनालाई जितेर ३ हजार ५ सय २२ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।  ...
२४ घण्टामा थपिए ४३ सय ९२ काेराेना संक्रमित, ३ हजार ५२२ जना डिस्चार्ज

२४ घण्टामा थपिए ४३ सय ९२ काेराेना संक्रमित, ३ हजार ५२२ जना डिस्चार्ज

स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ४ हजार ३९२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ३ हजार ५२२ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७१५ पुगेको छ। यस्तै हिजाे बिहीबार ३ हजार ७४९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।...
पाेखरामा थप एक कोरोना संक्रमितको मृत्यु

पाेखरामा थप एक कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
पोखरा । पोखरामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएको छ । बागलुङकाे बागलुङ नगरपालिका-२ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको दिउँसो १२ बजेर १० मिनेटमा मृत्यु भएको प्रेस बिज्ञप्ति मार्फत जानकारी दिइएकाे छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दुशर्माका अनुसार चरक मेमोरियल अस्पतालमा उनको मृत्यु भएको हो । उनी गएको २५ गते अस्पताल भर्ना भएका थिए । उनमा कोभिड-१९ सहित मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको निर्देशनालयले जनाएको छ ।...
नेकपा प्रमुख सचेतक गुरुङलाई कोरोना संक्रमण

नेकपा प्रमुख सचेतक गुरुङलाई कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरूङलाई कोरोना संक्रमण भएको छ । प्रमुख सचेतक गुरुङले आइतबार गराएकाे पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको गुरुङको सचिवालयले जनाएको छ । गुरुङ पत्नि यसोदा सुवेदीको भने रिपोर्ट आउन बाँकी रहेकाे छ । पत्नी यशोदा पनि संघीय संसदको सांसद हुन् । सामान्य ज्वरो र खोकी भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमै आइसोलेट भएर बसेका उनकाे सचिवालयले जनाएकाे छ ।...
एन्टिजिन टेष्टको शुल्क एक हजार

एन्टिजिन टेष्टको शुल्क एक हजार

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना भाइरस (कोभिड–१९) काे एन्टिजिन टेष्टको अधिकतम शुल्क एक हजार रूपैयाँ निर्धारण गरेकाे छ । राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त प्रयोगशालाहरुले मात्र यो टेष्ट गर्न पाउनेछन् र एफडीए र ईयूए मान्यता प्राप्त तथा स्वास्थ्य सेवा विभागले स्वीकृत गरेका किटहरु मात्र प्रयोग गर्नुपर्नेछ । यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको रिपोर्ट उपत्यकाको हकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र बाहिर सम्बन्धित स्वास्थ्य कार्यालयलाई पनि जानकारी गराउनुर्ने मन्त्रालयले जनाएकाे छ ।  ...
उपत्यकामा थपिए २ हजार १२९ कोरोना संक्रमित

उपत्यकामा थपिए २ हजार १२९ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार १२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ गरी कुल २ हजार १२९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या करिब ३६ हजार पुगेको छ। मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ भने २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको गौतमल...
थप ३ हजार ५५६ जनामा काेराेना संक्रमण पुष्टि, १५ सय ३ जना डिस्चार्ज

थप ३ हजार ५५६ जनामा काेराेना संक्रमण पुष्टि, १५ सय ३ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज ३ हजार ५५६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५५६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा १ हजार ५०३ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६६३ पुगेको छ। यस्तै हिजाे साेमबार एकैदिन ४ हजार ४७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।...
एक युवकमा कोरोना देखिएपछि वडा एक हप्ताका लागि सिल

एक युवकमा कोरोना देखिएपछि वडा एक हप्ताका लागि सिल

स्वास्थ्य
खाेटाङ । साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना सङ्क्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ । काठमाडौँबाट आएका युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त वडालाई आगामी कात्तिक ३ गतेसम्मका लागि सिल गरिएको हो । घरपरिवार, छिमेकी, टोल, वडा र गाउँपालिकाका स्थानीयवासीलाई सम्भावित सङ्क्रमण हुनबाट बचाउन सिल गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । स्वदेशका विभिन्न ठाउँबाट आएका तथा विदेशबाट आएका २० जनाको स्वाब सङ्कलन गरेर परीक्षणमा पठाइएकामा एक जनाको रिपोर्ट पोजिटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जारी गरेको सूचनामा उल्लेख छ । पिसीआर परीक्षणका लागि उनीहरुको स्वाब असोज २० गते सङ्कलन गरेर बिराटनगर पठाइएको थियो । वडामा कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अतिआवश्यकबाहेकका अन्य सेवासमेत बन्द गरिएको गाउँपालिका प्रमुख अर्जुनकुम...
रूपन्देहीकी काेराेना संक्रमित महिलाकाे चितवनमा मृत्यु

रूपन्देहीकी काेराेना संक्रमित महिलाकाे चितवनमा मृत्यु

स्वास्थ्य
चितवन । कोरोना भाइरसको संक्रमणबाट रुपन्देही तिलोत्तमाकी ३५ वर्षीया महिलाको मृत्यु भएकाे छ । उनकाे उपचारको क्रममा सोमबार भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हाे । अस्पतालले दिएकाे जानकारी अनुसार तिलोत्तमा–१५ की ३५ वर्षीय महिला असोज २१ गते उपचारका लागि भर्ना भएकी थिइन् । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । ती महिलाको लुम्बिनी प्रादेशिक अस्पतालले गरेको परीक्षणमा नै असोज २० मै कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।...
काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारकाे निर्णय

काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारकाे निर्णय

स्वास्थ्य
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्रका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेकाे छ । काठमाडौंमा संक्रमितको संख्या दैनिक रूपमा बढ्न थालेपछि सरकारले काठमाडौं केन्द्रित रणनीति तय गर्दै सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । साथै सरकारले सरकारी अस्पतालमा भेन्टिलेटर र आइसीयु थप्ने निर्णय गरेकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइएको जानकारी दिए। काठमाडौं उपत्यकामा संक्रमण उच्च गतिमा बढेसँगै आइसोलेसन बेडको समेत अभाव हुन थालेको छ। मन्त्रालयले पनि अहिलेकै हिसाबमा संक्रमित संख्या बढिरहे काठमाडौं उपत्यकाको अस्पतालले उपचार गर्न नसक्ने बताउँदै आएको छ ।...