स्वास्थ्य

काठमाडौंमा १ हजार ८८८ सहित उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित

काठमाडौंमा १ हजार ८८८ सहित उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै उपत्यकासहित देशभर आज १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले जानकारी दिए ।...
थप ४ हजार ४७ जनामा काेराेना संक्रमण, १४ सय ७३ जना डिस्चार्ज

थप ४ हजार ४७ जनामा काेराेना संक्रमण, १४ सय ७३ जना डिस्चार्ज

स्वास्थ्य
काठमाडौं । नेपालमा आज ४ हजार ४७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या एक लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा १ हजार ४७३ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६४५ पुगेको छ।...
काभ्रेमा एक हजार एक जनामा कोरोना संक्रमण

काभ्रेमा एक हजार एक जनामा कोरोना संक्रमण

स्वास्थ्य
काभ्रे । काभ्रेपलाञ्चोकमा कोरोना भाइरस् सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । महिलाभन्दा तेब्बर संख्याको हाराहारिमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ । आइतबारसम्म सक्रिय सङ्क्रमितमध्ये १५० महिला र २४९ पुरुष रहेका छन् । काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिला कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये पनि महिलाभन्दा पुरुषको सङ्ख्या तेब्बरभन्दा बढी छ । सङ्क्रमितमध्ये २०१ महिला तथा ३९२ पुरुषमा संक्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा. नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश सङ्क्रमित ४५...
होम आइसोलेशनमा बसेका ७० वर्षीय वृद्धको मृत्यु

होम आइसोलेशनमा बसेका ७० वर्षीय वृद्धको मृत्यु

स्वास्थ्य
काठमाडौं । धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो । उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो । सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ । धरानमा एक पत्रकारसहित ८२ जनामा आज सङ्क्रमण पुष्टि भएको छ । रासस...
रुपन्देहीमा कोरोनाले थप एक संक्रमितको मृत्यु

रुपन्देहीमा कोरोनाले थप एक संक्रमितको मृत्यु

स्वास्थ्य
रूपन्देही । रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान साढे ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्युहुनेको संख्या ४० जना पुगेको छ ।...
माेबाइलमा २८ दिनसम्म कोरोना संक्रमण जीवित रहने निष्कर्ष

माेबाइलमा २८ दिनसम्म कोरोना संक्रमण जीवित रहने निष्कर्ष

स्वास्थ्य
एजेन्सी । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बैंकको नोट, फोन स्क्रिन र खिया नलागेको स्टिलमा २८ दिनसम्म बाँच्ने निष्कर्ष अध्ययनकर्ताहरूले निकालेका छन् । अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीका अनुसन्धानकर्ताहरूले बैंकको नोट, खिया नलागेको स्टिल र फोन स्क्रिनलगायतमा २८ दिनसम्म कोरोना भाइरसको जीवाणु जीवित रहने निष्कर्ष निकालेका हुन् । यसअघिका अध्ययनले बैंक नोट, ग्लासमा २ देखि ३ दिनसम्म र प्लास्टिक तथा खिया नलागेका स्टिलमा ६ दिनसम्म भाइरस जीवित रहने देखाएका थिए । अस्ट्रेलियाको सीएसआईआरओले राम्रो सतहमा भाइरस मुकाम जमाएर २८ दिनसम्म बाँच्ने निष्कर्ष सार्वजनिक गरेको छ ।अनुसन्धानकर्ताहरूले मोबाइल फोनमा कोरोनाको जीवाणु लामो समय रहने भएकाले सरसफाइमा ध्यान दिन सुझाएका छन् । हाछ्यु गर्दा, खोक्दा र बोल्दा कोरोना भाइरस अत्यधिक मात्रामा सर्ने गरेको पाइएको छ । हावाको माध्यमबाट पनि कोरोनाको भाइरस सर्ने गरेको...
कोरोना भाइरस : ५२ जिल्ला रेड जोनमा

कोरोना भाइरस : ५२ जिल्ला रेड जोनमा

पत्रपत्रिका, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभनदा बढी संक्रमित छन् । २ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ । महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना बनाएको छ,’ डा. पान्डे भन्छन्, ‘विस्तृत जानकारी मन्त्रालयसँगै छ ।’ देशभर सक्रिय संक्रमितको संख्या नै ३१ हजार ३ सय १५ पुगेको छ । आइतबार मात्र २ हजार ७१ जना संक्रमित थपिएका छन् । आजकोअन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।...
मास्क लगाउन भीआईपीबाटै हेल्चेक्र्याइँ

मास्क लगाउन भीआईपीबाटै हेल्चेक्र्याइँ

स्वास्थ्य
काठमाडौं । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ । तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री र सरकारी उच्च ओहोदामा रहेका भीआईपीहरू नै सरकारी प्रोटोकल मान्दैनन् अर्थात् हेलचेक्रयाइँ गर्छन् । उनीहरू मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्ताका क्रममा मास्क नै लगाएका थिएनन् । यस्तै, उनले २६ भदौमा सम्पन्न नेकपाको स्थायी समितिको बैठकमा समेत मास्क लगाएका छैनन् । प्रायः प्रधानमन्त्रीका भेटघाटका तस्बिरहरू बिनामास्कका देखिन्छन् । यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवासमेत विरलै मास्क प्रयोग गर्छन् । उनले बाहिर हिँड्दा मास्क प्रयोग गर्ने गरेको ...
चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

स्वास्थ्य
चितवन । चितवनमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । भरतपुर अस्पतालमा उपचाररत ४० वर्षीया बेवारिसे महिलाको बेलुकी ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको देखिएपछि उनलाई अस्पताल ल्याइएको थियो । उनमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप जटिलता आउन थालेपछि उनलाई सोही दिनदेखि कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो । ती महिलाको ठेगाना खुलेको छैन भने आफन्त पनि सम्पर्कमा नरहेको भरतपुर अस्पतालले जनाएको छ । चितवनमा आइतबार मात्रै भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा एक जना गरी तीन जना संक्रमितको मृत्यु भएको छ । शनिवार पनि चितवनमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको थियो ।...
शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । संघीय सरकारका मन्त्री पोखरेलका प्रेस सल्लाहकार सुनिल खड्काले दिएकाे जानकारी अनुसार उनलाई आज कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे । उनका अनुसार पोखरेललाई शनिबार ज्वरो आएपछि अस्पतालमा भर्ना भएका थिए । त्यसपछि स्वाब टेस्ट गराउँदा पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या हालसम्म १ लाख ७ हजार ७५५ पुगेको छ । साथै निको हुनेको संख्या ७५ हजार ८०४ रहेको छ । आइतबार मात्रै देशभर २०७१ जना संक्रमित थपिएका छन् ।...