स्वास्थ्य

आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए?

आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ७१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा १२, ओखलढुंगामा १, झापामा १, मोरङमा ३ र संखुवासभामा १ जनामा कोरोना छ। प्रदेश २ को धुनषामा २, पर्सामा १, बारामा ११, महोत्तरीमा १३, रौतहटमा ४, सप्तरीमा २८, सर्लाहीमा ३ र सिरहामा ७ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४, चितवनमा ३, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा २५, भक्तपुरमा १ सय १०, मकवानपुरमा ५, रामेछापमा ४, ललितपुरमा १ सय ६१ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा २०, तनहुँमा १, नवलपरासी पूर्वमा ३, पर्वतमा १, लमजुङमा ९, बाग्...
डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

स्वास्थ्य
काठमाडौं- डा गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डा गोविन्द केसी अलाइन्सले माइतीघर मण्डलामा आज दिउँसो प्रदर्शन गरेको हो। प्रदर्शनमा उनीहरुले सत्याग्रहीलाई मार्न खाजेको, सत्याग्रही मार्न खोज्ने सत्ता धेरै टिक्दैन लगायत लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए। डा गोविन्द केसी पक्षका वार्ता टोलीले शनिबार नै विज्ञप्ति जारी गरी सरकारी टोलीसँग असोज २२ गते भएको समझदारीलाई मन्त्रिपरिषदबाट पारित गर्न माग गरेको छ। असोज २२ गते भएको समझदारीलाई औपचारिकता दिँदै कार्यान्वयन सुनिश्चितताका लागि मन्त्रिपरिषदबाट पारित गर्न टोलीले माग गरेको हो। वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यान लिने सरकारको नियत भएको उनीहरुको आरोप छ।...
दाङमा थप एक कोरोना संक्रमितको मृत्यु

दाङमा थप एक कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
दाङ । दाङको बेल्झुण्डीस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-३ रूपन्देहीकी ६६ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको कोरोना विशेष अस्पताल बेल्झुण्डीका फोकल पर्सन द्रोण ओलीले जानकारी दिएका छन् । ती महिलालाई लुम्बिनी प्रादेशिक अस्पतालबाट रिफर गरी शुक्रबार राति बेलझुण्डीको आईसीयू बेडमा राखेर उपचार गरिएको थियो । उनी उच्च रक्तचाप र मधुमेहबाट ग्रसित रहेको ओलीले बताए । शुक्रबार घोराही ३ का १५ वर्षीय बालकको कोरोनाका कारण भेरी अस्पताल बाँकेमा मृत्यु भएको थियो । जिल्लामा हालसम्म कोरोनाका कारण ५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।...
चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
चितवन । चितवन मेडिकल कलेज अफ साइन्सेज् भरतपुरमा एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। मेडिकल कलेजमा उपचाररत नवलपुरका ३६ वर्षीया कोरोना संक्रमितको मृत्यु अस्पतालले जनाएकाे छ। मृत्यु हुनेमा नवलपुर जिल्ला गैंडाकोट नगरपालिका-१ का पुरुष रहेका छन् । मृगौलासम्बन्धी समस्या भइ असोज १८ गते अस्पताल भर्ना भएका उनको १९ गते कोरोना पोजेटिभ देखिएको थियो । कोभिड आईसीयू कक्षमा उपचाररत उनको शुक्रार साँझ ५ बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए ।...
पाेखरा र नेपालगन्जमा थप एक-एक जना काेराेना संक्रमितकाे मृत्यु

पाेखरा र नेपालगन्जमा थप एक-एक जना काेराेना संक्रमितकाे मृत्यु

स्वास्थ्य
काठमाडाैं । कास्की र बाँकेमा थप एक/एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । काेराेना संक्रमणबाट कास्की पोखरा–८ का ७८ वर्षीय वृद्धको शुक्रबार निधन भएको हाे । पोखराकै चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी विगत ३ दिनदेखि ज्वरो, रुघाखोकी र झाडापखालाको बिरामी थिए । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यस्तै बाँकेमा पनि थप एक जना कोरोना संक्रमितकाे मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१ का ८५ वर्षीय वृद्धा रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनिसकेकाले उनीलाई बचाउन नसकिएको स्रोत व्यक्ति श्रेष्ठले बताए। जिल्लामा यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना पुगेको छ। यसैबीच, जिल्लामा आज थप २४ ज...
लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना

लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना

स्वास्थ्य
रुपन्देही । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि आज उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेशनमा बसेका र स्वास्थ्यावस्था सामान्य रहेको मन्त्रीका स्वकीय सचिव पवन कवरले जानकारी दिए । मन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वकीय सचिव तथा सुरक्षाकर्मीको आजै पिसिआर परीक्षण गरिँदै छ ।...
सरकारी वार्ता टाेली र डा. गाेविन्द केसीबीच सहमति

सरकारी वार्ता टाेली र डा. गाेविन्द केसीबीच सहमति

स्वास्थ्य
काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसी र सरकारबीचकाे वार्तामा सहमति भएको छ । दुबै पक्षका वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि शुक्रबारनै अनसन तोड्ने तयारी रहेको स्रोतले बतायाे । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगेकाे भएपनि सहमति हुन सकेकाे थिएन । बिहीबार सहमति हुन नसकेको विषय शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको स्राेत बताउँछ । स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ ।...
काठमाडौ उपत्यकामा थपिए १४०९ काेराेना संक्रमित

काठमाडौ उपत्यकामा थपिए १४०९ काेराेना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप १४ सय नाै जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति फेला परेका हुन् । गौतमका अनुसार अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ । यस्तै नेपालमा आज २ हजार ५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यसै हिजाे देशभर सबैभन्दा बढी ४ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।...
नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६०० पुग्याे

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६०० पुग्याे

Featured, स्वास्थ्य
काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६०० पुगेकाे छ । शुक्रबार थप १० जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएसँगै मृतककाे संख्या ६०० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। शुक्रबार मृत्यु पुष्टि हुनेमा १ जना महिला र ९ जना पुरूषहरू रहेका मन्त्रालयले जनाएकाे छ। नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे प्रतिशत शून्य दशमलब ६० रहेकाे छ । यस्तै नेपालमा आज २ हजार ५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यसै हिजाे देशभर सबैभन्दा बढी ४ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।...
थप २०५९ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या १ लाख नाघ्याे

थप २०५९ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या १ लाख नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज २ हजार ५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा १ हजार ६८० जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ७३ हजार २३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६०० पुगेको छ। यसैबीच हिजाे देशभर ४ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।...