स्वास्थ्य

उपत्यकामा थपिए १६ सय २२ काेराेना संक्रमित

उपत्यकामा थपिए १६ सय २२ काेराेना संक्रमित

section, स्वास्थ्य
काठमाडाैं । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६२२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा १ हजार ३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ।  ...
आइतबार थपिए २८ सय २४ काेराेना संक्रमित, ३ हजार ६२० जना डिस्चार्ज

आइतबार थपिए २८ सय २४ काेराेना संक्रमित, ३ हजार ६२० जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २ हजार ८२४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ३ हजार ६२० जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९६० पुगेको छ।...
१३ जिल्लामा छन् ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित

१३ जिल्लामा छन् ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा शनिबार ३८ हजार ५ सय ८४ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित रहेका जिल्लाकाे संख्या १३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, पूर्वीनवलपरासी, दाङ र रुपन्देहीमा पाँच सय जनाभन्दा बढी संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार झापामा ९ सय ३५, मोरङमा २ हजार ८ सय २२, सुनसरीमा १ हजार ९ सय ५७ जना सक्रिय संक्रमित रह्रका छन् । यता काठमाडौंमा भने १६ हजार ८ सय ९० संक्रमित उपचाररत छन्। यस्तै भक्तपुरमा १ हजार १ सय ५१ संक्रमित छन्।त्यस्तै ललितपुरमा उपचार गराउनेको संख्या २ हजार ३ सय ३ पुगेको छ। यस्तै काभ्रेपलाञ्चोकमा ५ सय ३६, चितवनमा उपचाररत १ हजार ३ सय ६१, मकवानपुरमा ७ सय ७६, का...
प्रदेश १ मा थपिए २२२ कोरोना संक्रमित

प्रदेश १ मा थपिए २२२ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडाैं । प्रदेश १ मा शनिबार २२२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार मोरङमा १ सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना गरी २२२ जना कोरवना संक्रमित थपिएका छन् । विराटनगरमा मात्रै १ सय ५ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरङको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनवर्षी, लेटाङ र जहदामा २-२, केराबारी, रंगेली र बेलबारीमा १-१ जनाको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ मा शनिबार ८ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १०५ महिला र १ सय १७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ५९ हजार ७ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।...
सुदूरपश्चिमका कानुनमन्त्री शाहलाई कोरोना संक्रमण

सुदूरपश्चिमका कानुनमन्त्री शाहलाई कोरोना संक्रमण

स्वास्थ्य
धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य पखाला लागेपछि शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका मन्त्री शाहका रिपाेर्ट पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ । मन्त्री शाहकी श्रीमती र सवारी चालकलाई समेतलाई संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । मन्त्री शाह हाल होम आइसोलेसनमै बसेर उपचार गराइरहेका छन् ।...
बागमतीका मुख्यमन्त्री कोरोना मुक्त

बागमतीका मुख्यमन्त्री कोरोना मुक्त

स्वास्थ्य
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमण मुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको हो। मुख्यमन्त्री पौडेललाई गत कात्तिक ६ कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पष्टि भएपछि उनलाई थप उपचारको लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा ल्याइएको थियो।...
बाराका कोरोना संक्रमित पुरूषकाे वीरगञ्जमा मृत्यु

बाराका कोरोना संक्रमित पुरूषकाे वीरगञ्जमा मृत्यु

स्वास्थ्य
वीरगञ्ज । पर्साकाे नेशनल मेडिकल कलेजमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । बाराकाे निजगढ नगरपालिका-९ का ६२ वर्षीय पुरूषको मेडिकल कलेजको आइसोलेसनमा उपचारको क्रममा शनिबार पौने ६ बजे उनको निधन भएको अस्पतालका चिकित्सक डा. परवेज अन्सारीले जानकारी दिए । डाक्टर अन्सारीका अनुसार उनकाे आईसोलेसन भर्ना गर्दा नै निमोनियाका कारण अवस्था गम्भीर थियो । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि वीरगञ्ज ल्याएकोमा उनमा १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन नेशनल मेडिकल कलेनको आइसोलेसन सेन्टरमा भर्ना गरिएको थियो । आइसोलेसनमा चार जना कोरोना संक्रमित उपचाररत छन् । चारै जनाको आइसीयूमा उपचार भइरहेको नेसनल मेडिकल कलेजका कोरोना फोकल पर्सन डा. असरफ हुसैनले जानकारी दिए ।...
काठमाडौं उपत्यकामा थपिए १३५७ काेराेना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १३५७ काेराेना संक्रमित

स्वास्थ्य
काठमाडौं । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३५७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । संम्रमितमध्ये ५६९ महिलार ७८८ पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ६१ हजार ८५५ पुगेको छ भने भक्तपुरमा ५ हजार ६९९ र ललितपुरमा ८ हजार ७९४ पुगेको छ । यस्तै शनिबार देशभर २ हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् । यसैष्गरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।...
काेराेनाबाट थप १७ जनाकाे मृत्यु

काेराेनाबाट थप १७ जनाकाे मृत्यु

स्वास्थ्य
काठमाडाैं । काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९३७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७० हजार ७४३ पुगेको छ। मन्त्रालयका अनुसार आज देशभर २ हजार २६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ।...
शुक्रबार गण्डकीमा थपिए २६९ काेराेना संक्रमित

शुक्रबार गण्डकीमा थपिए २६९ काेराेना संक्रमित

स्वास्थ्य
गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो शुक्रबार २६९ जना कोरोना संक्रमित थपिएका छन् । भने तीन जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१५ का ८१ बर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान होम आइसोलेसनमा रहेकै क्रममा निधन भएको छ भने स्याङ्जाको वालिङ नगरपालिका-५ का ७० वर्षीया महिलाको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । त्यस्तै बाग्लुङको गल्कोट नगरपालिका-३ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार साँझ पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यीसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३१६ पुगेको छ ।...