स्वास्थ्य

‘काेराेना संक्रमितकाे उपचारका लागि धरौटी रकम नलिने’

‘काेराेना संक्रमितकाे उपचारका लागि धरौटी रकम नलिने’

स्वास्थ्य
काठमाडाैं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले कोरोना संक्रमितकाे उपचारका लागि धरौटी रकम नलिने भएको छ । टेकु अस्पतालले कात्तिक १३ गते आइसीयू र आइसोलेशनमा उपचार गर्न धरौटी रकम निर्धारण समेत गरेकाे थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पताल पूर्ववत निर्णयबाट पछि हटेको हो । टेकु अस्पतालले निःशुल्क रुपमा पीसीआर परीक्षण गनुर्का साथै औषधि र ल्याब परीक्षण निःशुल्क गर्दै आएको सरुवा रोग बिशेषज्ञ डा. अनुप बास्तोलाले बताए । विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचयपत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा उपचार छुट दिने उनले बताए । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्...
उपत्यकामा थपिए १६ सय ३० काेराेना संक्रमित

उपत्यकामा थपिए १६ सय ३० काेराेना संक्रमित

स्वास्थ्य
काठमाडाैं । काठमाडौं उपत्यकामा थप १ हजार ६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा काठमाडाैंका ७०२ जना महिला र ९२८ जना पुरुषमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार हाल काठमाडौंमा १० हजार ७९७, भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार २५७ जना होम आइसोलेशनमा रहेका छन् । काठमाडौंमा १६ हजार ११८, भक्तपुरमा १ हजार ३३ र ललितपुरमा २ हजार २८८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५०० पुगेको मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा ३ हजार १५० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । य...
काेराेना भाइरसकाे संक्रमणबाट थप २४ जनाकाे मृत्यु

काेराेना भाइरसकाे संक्रमणबाट थप २४ जनाकाे मृत्यु

Featured, स्वास्थ्य
काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप २४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९८४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५०० पुगेको मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा ३ हजार १५० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।...
साेमबार देशभर थपिए २९ सय ३३ कोरोना संक्रमित ३१ सय ५० डिस्चार्ज

साेमबार देशभर थपिए २९ सय ३३ कोरोना संक्रमित ३१ सय ५० डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ३ हजार १५० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९८४ पुगेको छ। हिजो आईतबार २ हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।...
काभ्रेका सीडीओलाई कोरोना पुष्टि

काभ्रेका सीडीओलाई कोरोना पुष्टि

स्वास्थ्य
काठमाडौं । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काेराेना संक्रमण पुष्टि भएलगतै उनी होम आइसोलेसनमा बसेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं खतिवडाले जानकारी दिइन् । अन्य कर्मचारीमा समेत कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले कात्तिक १८ देखि २४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा स्थगित गरिएको उनकाे भनाइ छ ।...
गोरखामा सीडीओसहित ३२ जनालाई काेराेना संक्रमण

गोरखामा सीडीओसहित ३२ जनालाई काेराेना संक्रमण

स्वास्थ्य
गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअसहित गोरखा जिल्लाको ३२ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब परीक्षणको क्रममा ४४ वर्षीय प्रजिअ भट्टराई दम्पत्तीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । गोरखा नगरपालिकाका १० जनामा, पालुङ्टार नगरपालिकाका ७ जनामा, अजीरकोट गाउँपालिकाका ७ जना, शहीद लखन गाउँपालिकाका ४ जनामा र आरुघाट गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।...
गण्डकीमा ४२३ संक्रमित थपः दुईको मृत्यु

गण्डकीमा ४२३ संक्रमित थपः दुईको मृत्यु

स्वास्थ्य
गण्डकी । गण्डकी प्रदेशमा आज ४२३ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार ७४० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । पोखरा महानगरपालिका वडा नं १७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज बिहान ११। ५५ बजे उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत कास्की, अन्नपूर्ण गाउँपालिका वडा नं ३ निवासी ४७ वर्षीय पुरुषको शनिवार राति निधन भएको अस्पतालले जनाएको छ । यससँगै प्रदेशमा कोरोना स...
कोहलपुरमा दुई कोरोना संक्रमितको मृत्यु

कोहलपुरमा दुई कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा निवासी ६० वर्षीया महिला र कैलालीको टीकापुर नगरपालिका–१ निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । रासस...
कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३६ हजार बढीको मृत्यु

कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३६ हजार बढीको मृत्यु

अन्तराष्ट्रिय, स्वास्थ्य
एजेन्सी । कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा २ लाख ३६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोनाभाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको थियो । आइतबार अपराह्नसम्मको विवरणअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६४ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अझै पनि करिब ८५ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । ३ करोड ३५ लाख संक्रमणमुक्त भइसकेको जनाउँदै संगठनले एक करोड १६ लाख व्यक्तिमा सामान्य किसिमको संक्रमण देखिएको छ ।...
धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको छ। कोरोनाको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धरौटी नलिई संक्रमितको उपचार गर्न सबै सरकारी अस्पताललाई निर्देशन दिएका हुन्। धरौटी सम्बन्धी सूचना निकाल्ने सबै सरकारी अस्पताललाई स्पष्टीकरण समेत सोधिएको उनले जानकारी दिए। सक्ने व्यक्ति स्वयंले उपचार गर्ने र नसक्ने समूहको सरकारले नै उपचार गर्ने निर्णय यथावत् रहेको उनले बताए। उनले भने, ‘सरकारी अस्पाल सबैलाई धरौटी नलिइ कोभिड–१९ का बिरामीको उपचार गर्न निर्देशन दिइएको छ। धरौटी सम्बन्धी सूचना निकाल्ने अस्पतालसँग स्पष्टीकरण सोधिएको छ।’...