स्वास्थ्य

प्रदेश एकमा थपिए ३ सय ६३ कोरोना संक्रमित

प्रदेश एकमा थपिए ३ सय ६३ कोरोना संक्रमित

स्वास्थ्य
विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६३ कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको एक हजार ८५ जनाको पिसिआर परीक्षणमा १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमा मोरङमा १५६ मध्ये विराटनगरमा १२०, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा आठ, धनकुटा र इलाममा दुईदुई, पाँचथर, भोजपुर र तेह्रथुममा एकएक र प्रदेश बाहिरका १२ जना छन् । प्रदेशमा संक्रमितको संख्या २० हजार १५४ पुगेको छ । विभिन्न अस्पताल तथा आइसोलेसननबाट आज १६० संक्रमित निको भई घर फर्केका छन् । उनीहरुको संख्या हालसम्म ११ हजार ७३६ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म एक लाख ६३ हजार ४९९ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ । रासस...
कांग्रेस नेता मिन विश्वकर्मा कोरोना मुक्त

कांग्रेस नेता मिन विश्वकर्मा कोरोना मुक्त

स्वास्थ्य
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व बाणिज्यमन्त्री मिन विश्वकर्माको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । साथै उनकाे होस पनि खुलेको छ । परिवारका एक सदस्यका अनुसार नेता विश्वकर्माले इशारा मार्फत चिकित्सकहरुसंग कुरा गर्न थालेका छन् । कात्तिक १ गते ५३ वर्षीय नेता विश्वकर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ८ दिन पछि पूर्व बाणिज्य मन्त्री विश्वकर्मा होम आइसोलेसन बसेका थिए । होम आइसोलेसन बसेका विश्वकर्मालाई स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल लगिएकाे थियाे । तीन दिनसम्म उनी वीर अस्पतालमै उपचाररत थए । तर, उनको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल लगिएकाे थियाे ।...
देशभर ३०६९४ काेराेना संक्रमित होम आइसोलेसनमा, सबैभन्दा धेरै बाग्मती प्रदेशमा

देशभर ३०६९४ काेराेना संक्रमित होम आइसोलेसनमा, सबैभन्दा धेरै बाग्मती प्रदेशमा

स्वास्थ्य
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार ३७ हजार ७ सय ७६ जना सक्रिय संक्रमितमध्ये ३० हजार ६ सय ९४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय ६६ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा ५ हजार ६ सय १, प्रदेश २ मा १ हजार ४५, लुम्बिनी प्रदेशमा २ हजार ८ सय ३२, सुदूरपश्चिम प्रदेशमा ८६५, गण्डकी प्रदेशमा १७१० र कर्णाली प्रदेशमा ४७५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।...
उपत्यकामा थपिए १४६८ कोरोना संक्रमित

उपत्यकामा थपिए १४६८ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ४६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४९ जना महिला र ८१९ जना पुरुषमा कोरोना पुष्टि भएको हो । जसमध्ये काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ३ हजार १४२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।...
काेराेनाबाट थप २० जनाकाे मृत्यु, मृतककाे कुल संख्या १ हजार नाघ्याे

काेराेनाबाट थप २० जनाकाे मृत्यु, मृतककाे कुल संख्या १ हजार नाघ्याे

Featured, स्वास्थ्य
काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना भाइरसकाे संक्रमणबाट थप २० जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै नेपालमा आज थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ३ हजार १४२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।...
मंगलबार देशभर थपिए ३ हजार १ सय १४ जना कोरोना संक्रमित

मंगलबार देशभर थपिए ३ हजार १ सय १४ जना कोरोना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ३ हजार १४२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४ पुगेको छ। हिजो सोमबार २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।...
कोरोनाबाट चितवनमा अहिलेसम्म ११६ जनाको मृत्यु

कोरोनाबाट चितवनमा अहिलेसम्म ११६ जनाको मृत्यु

स्वास्थ्य
चितवन । कोरोना भाइरसको संक्रमणबाट चितवनमा अहिलेसम्म १ सय १६ जनाको मृत्यु भएको छ। नेपाली सेनाको कालिबहादुर गण, भतरपुरका अनुसार कोरोनाबाट मृत्यु हुनेहरुमा ६४ जना चितवनका र अन्य ५२ जना अन्य जिल्लाबाट उपचारका लागि आएका संक्रमित रहेका छन्। शवको व्यवस्थापन गर्दै आएको कालिबहादुर गणका अनुसार जसमध्ये १ सय ७ जनाको शव सेनाले व्यवस्थापन गरेको छ। नौ जनाको शव भने सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो। गणका अनुसार मृत्यु भएकाहरुमा चितवनबाहेक सबैभन्दा बढी नवलपरासी (त्रिवेणी सुस्तापूर्व)का रहेका छन्। नवलपरासीका १८ जनाको चितवनका अस्पतालमा मृत्यु भएको हो। त्यसैगरी मकवानपुरका १२, रौतहटका चार, सर्लाहीका चार, तनहुँका तीन, गोरखाका चार, कैलालीका दुई, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एक÷एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। चितवनमा अहिलेसम्म ५ हजार ९ सय २३ जनामा संक्रमण देखिएको ...
कोरोना संक्रमणबाट महिला वडा सदस्यको मृत्यु

कोरोना संक्रमणबाट महिला वडा सदस्यको मृत्यु

स्वास्थ्य
बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ की महिला वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने ६७ वर्षीया वडा सदस्य शान्ति परियारको आज बिहान साढे १० बजे यहास्थित भेरी अस्पतालमा मृत्यु भएको हो । नेपालगन्जको घरबारी टोल निवासी परियारलाई यही कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो । उनी कात्तिक ४ गते अस्पताल भर्ना भएकी थिइन् । विभिन्न विधिवाट उपचार गर्दासमेत उनलाई बचाउन नसकिएको स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । बाहिरी जिल्लाका २१ जनाले पनि बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन् । यसैबीच, आजै भेरी अस्पतालमा गरीएको स्वाब परीक्षणमा थप ५३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालद्धारा आज दिउँसो ३ः४५ बजे जारी गरीएको विवरणअनुसार विभिन्न जिल्लाका ५३ जनामा कोरोना भाइरस सङ्क्र...
कर्णाली प्रदेशमा थपिए ५२ जना कोरोना संक्रमित

कर्णाली प्रदेशमा थपिए ५२ जना कोरोना संक्रमित

स्वास्थ्य
सुर्खेत । कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न प्रयाेशालामा गरिएकाे पीसीआर परीक्षणमा सोमबार ५२ जनामा संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गरिएकाे थियाे । नयाँ संक्रमितमध्ये सुर्खेतका २१ जना रहेका छन् । जसमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी दुई/दुईजना रहेका छन । अन्य कन्ट्याक्ट ट्रेसिङ रहेका व्यक्ति रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । त्यस्तै जुम्लाका नौं जना, दैलेखका आठ जना, कालीकोटका पाँच जना, जाजरकोटका दुई जना, मुगुका एकजना र अन्य प्रदेशका ६ जना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ५ हजार ९११ प...
कैलालीका २ नगर प्रमुखलाई कोरोना संक्रमण

कैलालीका २ नगर प्रमुखलाई कोरोना संक्रमण

स्वास्थ्य
कैलाली । कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो । उनीहरु दुवै जना होम आइसोलेसनमा छन् । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसहित टीकापुरमा सोमबार १७ जनामा कोरोना पुष्टि भएको छ ।...