स्वास्थ्य

काठमाडौं उपत्यकामा ४ हजार नाघे सक्रिय कोरोना संक्रमित

काठमाडौं उपत्यकामा ४ हजार नाघे सक्रिय कोरोना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार हाराहारी पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकले सोमबार सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको जनाएको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर रहेका छन् । काठमाडौं जिल्लामा २ हजार ६५५ जना सक्रिय संक्रमित रहेकोमा भक्तपुरमा ६३३ र ललितपुरमा ९ सय सक्रिय संक्रमित रहेको तथ्यांकले देखाएको छ । यी जिल्लामा कुल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार १८८ रहेको छ । त्यसैगरी २ सयभन्दा बढी सक्रिय संक्रमित संख्या भएका जिल्लाहरू सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् । मृत्यु हुनेको संख्या २ जना रहेकोमा २५५ जना निको भएर डिस्चार्ज भएका छन् । २४ घण्टामा २ लाख १० हजार ५९४ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । हालसम्म कुल २ करोड ६...
काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण

काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं- काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य स्थिति सामान्य रहेपनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको रिजालले बताए। केही दिनदेखि अलिअलि शरीर दुःखेको र आइतबार एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि सोमबार पुनः पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको रिजालले बताए। चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको कार्यक्रमहरू स्थगित गरिएको उनले बताए।...
नेपाल आउने यात्रुलाई कडाई, ७२ घन्टा भित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने

नेपाल आउने यात्रुलाई कडाई, ७२ घन्टा भित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने

स्वास्थ्य
कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि नेपाल आउने यात्रुहरूलाई समेत कडाई गरिने भएको छ । गृह मन्त्रालयले जारी गरेको नयाँ निर्देशनअनुसार नेपाल प्रवेश गर्ने यात्रुले पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने छ । ७२ घन्टाभित्र परीक्षण गरेको रिपोर्ट नेगेटिभ भएकाले मात्रै नेपाल प्रवेश पाउने भएका हुन् । यस्तै, पूर्ण खोप लगाएको यात्रुले मात्रै वायुसेवा बोर्डिङ पास जारी गर्न अध्यागमन विभागले मन्त्रालयले निर्देशन दिएको छ । यसैगरी, दक्षिण अफ्रिका लगायतका देशबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिन आइसोलेसनको व्यवास्था लागू गर्न समेत गृह मन्त्रालयले निर्देशन दिएको छ । यस्तै, विभागले ट्राभल एडभाइजरी जारी गर्दा गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न पर्ने भएको छ ।...
माघ ७ देखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य

माघ ७ देखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य

स्वास्थ्य
काठमाडौं : आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गरिएको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ । त्यस्तो कार्ड मोबाइलमा खिचेर देखाए पनि हुनेछ । यस्तो निर्णय कार्यान्वयनका लागि सबै डीसीएमसीलाई गृह मन्त्रालयमार्फत सिफारिस गर्ने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।...
कोरोनाको बढ्दो ग्राफ : ठूला शहर र सीमा नाकामा चाप

कोरोनाको बढ्दो ग्राफ : ठूला शहर र सीमा नाकामा चाप

स्वास्थ्य
काठमाडौं । पुस १९ गतेयता कोरोना भाइरसको दैनिक संक्रमण वृद्धि हुँदै गएको छ । पुस १९ गते औसत १०० जनामा कोरोना परीक्षण गर्दा २.६ जनामा संक्रमण देखिएकामा पुस २५ गते भने ९.२४ जनामा देखिएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६३२ परीक्षण (पीसीआर र एन्टिजेन) हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित यो संख्या दोस्रो लहर मत्थर भएपछि सबैभन्दा धेरै हो । उपत्यका संक्रमण फैलावटको केन्द्र बन्दै काठमाडौं उपत्यकाका तीन ठूला शहरमा दैनिक कोरोना संक्रमित संख्या बढ्दो छ । दैनिक संक्रमण हुने संख्या बढ्दै जाँदा संघीय राजधानी काठमाडौं उपत्यका कोरोना संक्रमण फैलावटको केन्द्र बन्न सक्ने खतरा बढ्दै गएको देखिन्छ । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन दोस्रो लहरमा पनि शहरबाटै गाउँतिर कोरोना फैलिएको बताउँछन् । ‘अहिले पनि विशेष गरेर ठूला शहरहरु काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमित संख्या बढ्दो छ...
कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि सीसीएमसीका १३ निर्णय

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि सीसीएमसीका १३ निर्णय

स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर ९.५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार कूल १३ हजार २६४ नमूना परीक्षण गरिएको थियो । शनिबार र आइतबारको तथ्याङ्कले कोरोनाको सङ्क्रमण दर बढ्दै गएको देखाएको छ । आजको समेत विवरणअनुसार देशभर ६ हजार ७५५ जना सक्रिय सङ्क्रमित देखिएका छन् । अस्पतालहरूमा समेत कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भई भर्ना दर बढेको छ । अवस्था भयावह बन्दै गएपछि आज कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठक बस्यो । बैठकले कोरोनाको सङ्क्रमणलाई रोक्ने ध्येयका साथ विभिन्न निर्णय गरेको छ । केन्द्रका सहसचिव एवम् प्रवक्ता सुनिता नेपालका अनुसार बैठकले विभिन्न १३ न...
सार्वजनिक सेवा प्राप्त गर्नका लागि माघ ७ देखि खोप कार्ड अनिवार्य

सार्वजनिक सेवा प्राप्त गर्नका लागि माघ ७ देखि खोप कार्ड अनिवार्य

स्वास्थ्य
सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । आइतबार बसेको सिसिएमसिसीको बैठकले माघ ७ गतेदेखि साे निर्णय लागू गर्न सरकारलाई सिफारिस गरेकाे हाे । #काेराेना भाइरस
भोलिदेखि लागू हुने गरी कम्तीमा दुई हप्ता विद्यालय बन्द गर्न निर्देशन

भोलिदेखि लागू हुने गरी कम्तीमा दुई हप्ता विद्यालय बन्द गर्न निर्देशन

स्वास्थ्य
कोरोना भाइरस संक्रमण बढेपछि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिएको छ। आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठकले सोमबारदेखि लागू हुने गरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो। हाल कतिपय विद्यालयमा परीक्षा चलिरहेकोले उक्त परीक्षा सकिएपछि अवस्था हेरेर सम्बन्धित स्थानीय तहलाई विद्यालय बन्द गराउन निर्देशन दिइएको छ। कोरोना संक्रमणदर बढ्न थालेपछि छोटो समयको लागि विद्यालय बन्द गर्ने निर्णय भएको सिसिएमसिसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्। उनले कम्तीमा २ हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिइन्। उनका अनुसार यो नियम स्कुल तहमा मात्रै लागू हुनेछ। माथिल्लो तहका स्कुल क्याम्पस आवश्यकताका आधारमा निर्णय गर्न सक्नेछन्। भौतिक रूपमा विद्यालय बन्दको समयमा अनलाइन तथा प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ कार्य गर्न पनि बैठकले अन...
बढ्यो कोरोना संक्रमितको संख्याः मास्क नलगाउनेलाई १ सय र व्यवसायीलाई ५ हजार जरिवाना

बढ्यो कोरोना संक्रमितको संख्याः मास्क नलगाउनेलाई १ सय र व्यवसायीलाई ५ हजार जरिवाना

स्वास्थ्य
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ। २ सय ९३ जनाको पिसिआर परीक्षण गर्दा ४९ र १ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण हो। मोरङको विराटनगरमा ३२, उर्लाबारी, सुनबर्षी, सुन्दरहरैँचा, पथरीशनिश्चरे र कानेपोखरीमा १–१, झापाको बिर्तामोडमा २, दमक, बाह्रदशी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २, रामधुनी र हनिगरमा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण हो। प्रदेशमा आइतबार ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या २ सय ३० रहेको मन्त्रालयले जनाएको छ। प्रदेशमा पुस १८ देखि एक सातायता कोरोना संक्रमितको सं...
सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक, स्मार्ट लकडाउनको तयारी

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक, स्मार्ट लकडाउनको तयारी

स्वास्थ्य
काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो। यस्तै, आइतबार नै बसेको सीसीएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । बैठकले उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निकै बढेको छ। जसमा आइतबार मात्रै ११ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो। यसैगरी, भोलि काठमाडौँ उपत्यकाका सीडीओहरुले बैठक बसेर स्मार्ट लकडाउनको तयारी गर्ने स्रोतको भनाइ छ।...