स्वास्थ्य

ओमिक्राेनकाे कहर : माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीकाे निर्णय

ओमिक्राेनकाे कहर : माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीकाे निर्णय

स्वास्थ्य
काठमाडाैँ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले कोरोनाको तेस्रो लहर आएसँगै कम्तीमा पनि माघ १५ गतेसम्म सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको छ। नेपालमा कोरोनाको नयाँ भेरियन्ट सहित तेस्रो लहर आउने जोखिम बढिरहेका बेला सुरुमा कम्तीमा १५ दिन विद्यालय बन्द गर्ने गरी निर्णय भएको हो। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले बताए अनुसार कोभिडको बढ्दो दरलाई ख्याल गर्दै जाडो बिदालाई माघ १५ सम्म लैजाने गरी निर्णय भएको छ। हरेक जाडो महिनामा विद्यालयहरु केही साता बन्द गर्ने गरिन्छ। नेपालले सुरुमा कोभिडको जोखिमलाई ख्याल गरेर १५ दिन बिदा दिने निर्णय गरिएको बताइन्। जोखिम हेरेर त्यसलाई एक महिनासम्म लैजान सकिने उनले बताएकी छन्। व्यवस्थापन केन्द्रको निर्णय अब मन्त्रिपरिषद्‍बाट निर्णय गराएर कार्यान्वयनमा लगिने छ। कोभिड-१९ स...
सञ्चारमन्त्री कार्की आइसोलेसनमा, पीसीआर रिपोर्टपछि मात्रै भेटघाट गर्ने

सञ्चारमन्त्री कार्की आइसोलेसनमा, पीसीआर रिपोर्टपछि मात्रै भेटघाट गर्ने

स्वास्थ्य
काठमाडौं । सत्ता गठबन्धनका नेताहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो। सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए । शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा मन्त्री कार्की सहभागी थिए । अघिल्लो दिन बिहीबार सत्ता गठबन्धनको बैठक बसेको थियो । मन्त्री कार्कीले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन् । आइतबार कोरोना परीक्षण गराउने मन्त्री कार्कीको सचिवालयले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर दे...
काेभिड संक्रमण पुन: भयावह हुँदै, शुक्रबार थपिए झन्डै १ हजार संक्रमित

काेभिड संक्रमण पुन: भयावह हुँदै, शुक्रबार थपिए झन्डै १ हजार संक्रमित

स्वास्थ्य
काठमाडौँ- देशभर ९६८ जना कोभिड-१९ संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १४ हजार ९७१ जनाको परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २ सय ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १३ हजार ७०९ जना संक्रमणमुक्त भइसकेका छन् । हालसम्म ११ हजार ६०२ जनाको मृत्यु भइसकेको छ । आज कसैको मृत्यु भएको छैन । देशभर सक्रिय संक्रमित ५ हजार ७४१ जना छन् । २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । आईसीयूमा ८१ र भेन्टीलेटरमा १५ जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार २८६, संस्थागत आईसोलेसनमा ४५५ र क्वारेन्टाइनमा ११३ जना छन्...
पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना सङ्क्रमण पुष्टि

स्वास्थ्य
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ९९ जनाको नमूना परीक्षण गरिएको थियो । सात हजार २०९ जनाले पीसीआर र चार हजार ८९० जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २७१ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार ४४७ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट परीक्षण गरिँदा ९६ हजार ४४५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख एक हजार ७४२ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ४४ हजार ३९४ पुगेको छ । कूलमा सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल...
छाला, ओठ र नङको रङ फेरिनु पनि ओमिक्रोनको नयाँ लक्षण

छाला, ओठ र नङको रङ फेरिनु पनि ओमिक्रोनको नयाँ लक्षण

स्वास्थ्य
संसारभरी ओमिक्रोनको गति तीब्र रुपमा बढिरहेको छ । यो भेरियन्टको चपेटमा आइरहेका बिरामीले विभिन्न प्रकारको लक्षणबारे जानकारी दिइरहेका छन् । डाक्टरका अनुसार कोरोनाको प्रमुख लक्षणबाहेक यस्ता पनि केही लक्षण छन् जुन देखिएको खण्डमा तुरुन्त कोभिड परीक्षण गर्नुपर्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले हालै छाला, नङ र ओठको रङ फेरिनु पनि ओमिक्रोनको लक्षण भएको जानकारी दिएको छ । हेल्थ एजेन्सीका अनुसार यस्तो हुँदा कोरोनाको तुरुन्तै परीक्षण गर्नुपर्छ । ओमिक्रोनको यी लक्षण देखिए सतर्क रहनुहोस्ः सीडीसीका अनुसार ओमिक्रोनद्वारा संक्रमित व्यक्तिमा विभिन्न प्रकारका लक्षण देखिएका छन् । भाइरसको एउटा लक्षण हो छाला, नङ र ओठको रङ फेरिनु । सिडिसीले छाला, नङ र ओठ पहेँलो, खैरो वा निलो हुनुले रगतमा अक्सिजनको कमीलाई देखाउने बताएको छ । कोरोना हुँदा रगतमा अक्सिजनको कमी हुन्छ, यस्तोमा यी ल...
कोरोना अपडेट थप ३ सय ९३  संक्रमित , ३ को मृत्यु

कोरोना अपडेट थप ३ सय ९३ संक्रमित , ३ को मृत्यु

स्वास्थ्य
काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७९४ जनाको पीसीआर परीक्षणमा ३५५ र १ हजार ५३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या ३ छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।...
आजबाट लक्षित समूहलाई अतिरिक्त खोप, क–कसले पाउँछन् ?

आजबाट लक्षित समूहलाई अतिरिक्त खोप, क–कसले पाउँछन् ?

स्वास्थ्य
काठमाडौं :सरकारले लक्षित समूहलाई आजबाट कोभिड–१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो । क-कसले पाउँछन् अतिरिक्त खोप ? –मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति –सक्रिय क्यान्सरका रोगी –अंग प्रत्यारोपण गरेका बिरामी –एचआईभी संक्रमण भएका बिरामी उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । लक्षित व्यक्तिले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गएर अतिरिक्त मात्रा खोप लगाउन सक्नेछन् ।...
मासुबाटभन्दा तेब्बर प्रोटिन दिने यी खानेकुराबारे जान्नुहोस्

मासुबाटभन्दा तेब्बर प्रोटिन दिने यी खानेकुराबारे जान्नुहोस्

स्वास्थ्य
अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ । जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् त रु हेरौंः देशी बदाम यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ । काजु काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट...
चिसोबाट कसरी बच्ने ?

चिसोबाट कसरी बच्ने ?

स्वास्थ्य
काठमाडौं : देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । काठमाडौं उपत्यकासहितका मुलुकका विभिन्न क्षेत्रमा बदली छ । जसकारण आज बिहान चिसो झनै बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र बुधबार वर्षा र हिमपातको सम्भावना छ । जसले चिसो झन बढाउनेछ । चिसोमा संक्रमणको जोखिम पनि उत्तिकै रहन्छ । चिसोबाट कसरी जोगिने ? बालबालिका र वृद्धवृद्धाको हेरचाह कसरी गर्ने ? यस विषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका छातीरोग विशेषज्ञ डा. नीरज बमका टिप्स यस्ता छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, उच्च रक्तचाप, घाँटीको श्वासनलीमा एलर्जी बढ्ने, छाला चिलाउने समस्या देखिन्छ । काठमाडौं लगायत क्षेत्रमा तापक्रम घटेको छ । घाम पनि पालिो लाग्दैन, बदली भइरहन्छ । तराईमा शीतलहर चल्ने गरेको छ । घाम पर्याप्त नपाउदा ‘भिटामिन डि’को पनि...
सावधान : ओमिक्रोन हावाबाट पनि सर्न सक्छ !

सावधान : ओमिक्रोन हावाबाट पनि सर्न सक्छ !

स्वास्थ्य
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले विश्वलाई फेरि त्रसित बनाएको छ। दुबै डोप खोप लगाएकाहरुमा पनि यसको संक्रमण पाइएपछि विश्वका मानिसहरु आतंकित भएका छन्। दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन संक्रमण दक्षिण एसियामै पनि नेपालसहित भारत र श्रीलंकामा देखा परिसकेको छ। भारतमा त झन् तीव्ररुपमा फैलिरहेको छ। हालसम्म भारतमा २३ जनामा यो भेरिएन्टको संक्रमण पाइएको छ। ओमिक्रोनले विश्व नै अक्रान्त भइरहेका बेला वैज्ञानिकहरुले यसबारे एउटा तथ्य फेला पारेका छन्। उनीहरुका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन हावाबाट पनि सरिरहेको तथ्य फेला पारेको छ। हङकङको एक क्वारेन्टीन सीसीटीभी फुटेजमा गरिएको अध्ययनले यस्तो देखाएको वैज्ञानिहरुको दाबी छ। जुन इमर्जिङ इन्फेक्सियस डिजिज नामक पत्रिकामा प्रकाशनसमेत गरिएको छ। रिपोर्टअनुसार क्वारेन्टीन होटलमा बसेका दुई जना यात्रीलाई ओमिक्रोन संक्रमण देखिए...