ओमिक्राेनकाे कहर : माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीकाे निर्णय

काठमाडाैँ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले कोरोनाको तेस्रो लहर आएसँगै कम्तीमा पनि माघ १५ गतेसम्म सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको छ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट सहित तेस्रो लहर आउने जोखिम बढिरहेका बेला सुरुमा कम्तीमा १५ दिन विद्यालय बन्द गर्ने गरी निर्णय भएको हो।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले बताए अनुसार कोभिडको बढ्दो दरलाई ख्याल गर्दै जाडो बिदालाई माघ १५ सम्म लैजाने गरी निर्णय भएको छ।

हरेक जाडो महिनामा विद्यालयहरु केही साता बन्द गर्ने गरिन्छ। नेपालले सुरुमा कोभिडको जोखिमलाई ख्याल गरेर १५ दिन बिदा दिने निर्णय गरिएको बताइन्। जोखिम हेरेर त्यसलाई एक महिनासम्म लैजान सकिने उनले बताएकी छन्।

व्यवस्थापन केन्द्रको निर्णय अब मन्त्रिपरिषद्‍बाट निर्णय गराएर कार्यान्वयनमा लगिने छ। कोभिड-१९ संकट व्यवस्थापन निर्देशक समितिको बैठकले विद्यालय बन्द गर्न निर्देशन दिन सक्थ्यो। तर व्यवस्थापनको बैठकको निर्णयलाई भने मन्त्रिपरिषद्‍मा लगेपछि स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्ने हुन्छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.