स्वास्थ्य

नेपालमा एकैदिन ५ हजार ८७ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १८ हजार नाघ्यो

नेपालमा एकैदिन ५ हजार ८७ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १८ हजार नाघ्यो

स्वास्थ्य
काठमाडौँ — गत २४ घण्टामा २० हजार ५६० आरटी पीसीआर तथा एन्टिजेन परीक्षणमा ५ हजार ८७ जना नयाँ संक्रमित थपिएका छन् । ४ हजार २०५ जना पीसीआर परीक्षणबाट र ८८३ जना एन्टिजेन परीक्षणमा पुष्टि भएका हुन् । यो सँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको छ । २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् भने ३०६ जना निको भएर डिस्चार्ज भएका छन् । त्यसैगरी ३ लाख २० हजार २६७ जनाले विगत २४ घण्टामा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
कोभिड ‘हटस्पट’ बन्यो काठमाडौँ उपत्यका

कोभिड ‘हटस्पट’ बन्यो काठमाडौँ उपत्यका

स्वास्थ्य
काठमाडौँ- दिनप्रतिदिन बढीरहेको कोभिड-१९ संक्रमितको संख्याले काठमाडौँ उपत्यका हटस्पट बन्दै गइरहेको छ । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित १० हजार ८ सय ११ जना छन् । काठमाडौँमा ७ हजार ६ सय २५, भक्तपुरमा १ हजार २ सय ५१ र ललितपुरमा १ हजार ९ सय ३५ जना सक्रिय संक्रमित छन् । शुक्रबार मात्र उपत्यकामा स्वास्थ्य मन्त्रालयकाअनुसार २६०७ जना संक्रमित थपिएका छन् । काठमाडौँमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका हुन् । काठमाडौँमा मात्र करिब १५ वटा कोभिड-१९ विरुद्ध लगाइने खोप केन्द्र छ । खोप केन्द्रमा खोप लगाउनेको भीडभाड छ । खोप लगाए पनि सामाजिक दूरी कायम गरिएको छैन । मास्क बिना सार्वजनिक स्थानमा मानिसहरूको ओहोरदोहोर छ । उपत्यकाको चोक-बजारमा मानिसहरूले सामाजिक दूरी कायम नगरी आफ्नो दैनिकी सञ्चालन गरिरहेका छन् । सार्वजनिक यातायातमा पनि मानिसहरूले जनस्वास्थ्यको मापदण्ड अपनाएका छैनन्...
खोप लगाएकालाई ओमिक्रोन लागे के हुन्छ?

खोप लगाएकालाई ओमिक्रोन लागे के हुन्छ?

स्वास्थ्य
काठमाडौँ । नेपालमा अहिले कोभिड-१९ संक्रमितको संख्या बढ्दो क्रममा छ। हामीले यसभन्दा अगाडि दुई वटा कोभिड-१९ लहरहरुलाई झेलेका छौं। पहिलो लहर कोभिड-१९ भाइरस र दोस्रो लहर डेल्टा भाइरस। यी भाइरसले धेरै मानिसलाई गाह्रो बनायो। ठूलो क्षति पनि भयो। विस्तारै कम हुँदै थियो। त्यसपछि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन स्वरुप परिवर्तन गरेर आयो। पहिलोपटक आएको भाइरसभन्दा दोस्रोपटक आएको डेल्टा भाइरसले धेरैलाई संक्रमित बनायो। पहिलोमा एक जनालाई संक्रमण भयो भने २ जनालाई दोस्रोले १ जनाले ५ जनालाई संक्रमण बनाउँथ्यो। तेस्रोपटक आएको ओमिक्रोनले एक जनाबाट १० जनासम्मलाई सार्दो रहेछ। हाम्रो पनि अरु देशसँग आवतजावत छ। नेपालमा पनि ओमिक्रोन भेरियन्ट देखिएको छ। यदी हामीले जनस्वास्थ्यको मापदण्ड पालना गर्‍यौं भने यसले व्यापक रुप नलिएला। ओमिक्रोन भेरियन्ट नेपालमा पनि देखिएको छ। यो व्यक्तिबाट व्यक्तिमा सर्ने रोग हो। मास्कको...
सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् । उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनुनपर्ने बताए । मन्त्री खतिवडाले भने, ‘शुरूका बेलामा आतंक बढी भएको हुनाले एक, दुईवटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्यौं । जति जानेको थियो त्यति ग¥यौं । विश्वमा, युरोपेली देशहरुमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार ग¥यौं । हामी पनि आतंक...
पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। ससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन्। यस्तै १ जनाको मृत्यु भएको छ।...
कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा भेटियो डेल्टा भेरिएन्ट

कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा भेटियो डेल्टा भेरिएन्ट

स्वास्थ्य
काठमाडौं । पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखिएको छ। यी सबैमा ओमिक्रोन भेटिएको थियो। बाँकी नमुनामा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा। रुना झाले बताइन्। ‘जिन सिक्वेन्सिङमा नेगेटिभ देखिएका २२ प्रतिशतबाहेक सबैमा डेल्टा भेरिएन्ट भेटियो’, उनले भनिन्। थप जिन सिक्वेन्सिङको काम भइरहेको डा. झाले बताइन्। छिमेकी राष्ट्र भारत तथा विश्वका अन्य राष्ट्रमा ओमिक्रोन फैलिएसँगै नेपालमा पनि यो भेरिएन्ट फैलिएको आशंका गरिएको छ। तर यसबारे स्पष्ट हुन थप जिन सिक्वेन्सिङ गरेर हेर्न आवश्यक भएको कोभिड १९ उपचारमा संलग्न चिकित्सक बताउँछन्। ‘थप जानकारीका लागि नमुनाहरूको जिन सिक्वेन्सिङ गरेर हेर्नुपर्छ’, टिचिङ अस्पतालका वरिष...
‘तेस्रो लहर शुरु भइसक्यो, अब अस्पतालमा चाप बढ्छ’

‘तेस्रो लहर शुरु भइसक्यो, अब अस्पतालमा चाप बढ्छ’

स्वास्थ्य
काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सकिएसँगै निरन्तर ओरालो लागेको कोभिड–१९ का संक्रमितको संख्या पछिल्लो महिनाहरुमा डेढ/दुई सय आसपास रह्यो । संक्रमणदर २/३ प्रतिशतभित्र रह्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १० पुसमा १६७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो दिन संक्रमणदर २.५९ प्रतिशत मात्र थियो । तर पछिल्लो एक सातामा कोरोना संक्रमण यति तीव्र फैलिएको छ कि मंगलबार दैनिक पहिचान हुने संक्रमितको संख्या २,४४४ पुगेको छ भने संक्रमण दर १६.३ प्रतिशत छ । आइतबार नयाँ संक्रमितको संख्या ११६७ तथा संक्रमण दर ९.१ प्रतिशत र सोमबार नयाँ संक्रमितको संख्या १४४६ र संक्रमण दर १२.७ थियो । बढ्दो संक्रमणले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा पुगिसेकेको प्रष्ट हुने सरकारी अधिकारी बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेल तेस्रो लहर सुरुवात भएको ...
काठमाडौँ उपत्यकामा मात्रै थपिए झन्डै १३ सय कोभिड संक्रमित

काठमाडौँ उपत्यकामा मात्रै थपिए झन्डै १३ सय कोभिड संक्रमित

स्वास्थ्य
काठमाडौँ – देशभर कोभिड संक्रमितको दर बढेको छ । आज देशभर २४४४ संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२ सय ८६ कोभिड संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ९८०, ललितपुरमा २२१ जना र भक्तपुरमा ८५ जना कोभिड संक्रमित थपिएको छ । आज देशभर १४ हजार ३३ जनाको कोभिड परीक्षण गरिएको थियो ।...
बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

स्वास्थ्य
बुटवल । काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ । केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई जाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । ‘अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँचबिना गन्तव्यमा पुग्न रोक लगाइएको छ,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले भने । अहिले भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकलाई समेत सुरक्षाकर्मीले बेलहिया नाकामा रोक्ने गरेका छन् । पर्यटकलाई बेलहिया हेल्थ डेस्कमा कोरोना परीक्षण गर्ने व्यवस्था छ । कोरोना पोजेटिभ देखिए उनीहरुलाई नेपाल भ्रमणको अनुमति दिँइदैन । इलाका प्रहरी कार्यालय बेलहियाक...
मुस्ताङ र मुगुबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण

मुस्ताङ र मुगुबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौँ । नेपालमा कोरोना संक्रमण ७५ जिल्लामा देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकले काेराेना संक्रमण विस्तार हुन दुई जिल्लामात्र बाँकी रहेकाे देखाउँछ । तथ्यांक हेर्दा मुस्ताङ र मुगुमा मात्र कोरोना संक्रमणको शून्य संक्रमण रहेको छ । एक हप्ताअघि अर्थात् पुस १९ गते भने सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरामा कोरोना संक्रमणको संख्या शून्य थियो । पछिल्लो २४ घण्टामा ११ हजार ४२९ कुल परीक्षण गरिएकोमा १४४६ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ९६५ पीसीआर परीक्षणमा १३५७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ४६४ एन्टिजेन परीक्षणमा ८९ जनामा संक्रमण देखिएको छ । नेपालमा कोरोनाकाे सक्रिय संक्रमितको संख्या र संक्रमणदर पनि बढ्दै गएको छ । पुस १९ गते संक्रमणदर २.६ प्रतिशत रहेकोमा पुस २६ गते १२.७ प्रतिशत पुगेको छ । पुस १९ गते १२ हजार ४९८ नमूना परीक्षणमा ३२६ जनामा...