स्वास्थ्य

एकैदिन ६७३४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३० हजार नाघ्यो

एकैदिन ६७३४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३० हजार नाघ्यो

स्वास्थ्य
काठमाडौं: नेपलामा थप ६७३४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १७४६५ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५७४७ र एन्टिजेनबाट ९८७ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार नेपालमा कूल सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ। तथ्यांकअनुसार सोमबार ३० हजार ८७७ सक्रिय संक्रमित पुगेका छन्। त्यस्तै थप ५४७ जना कोरोनामुक्त भएका छन् भने थप ३ जना संक्रमितको मृत्यु भएको छ।...
देशभर बढ्यो कोरोना : सरकारले कहिले गर्ला अक्सिजनको जोहो ?

देशभर बढ्यो कोरोना : सरकारले कहिले गर्ला अक्सिजनको जोहो ?

स्वास्थ्य
गलकोट- अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको थियो । यस समस्याको अन्त्य गर्नका लागि धौलागिरि अस्पताल बागलुङमै अक्सिजन प्लान्ट निर्माणको सरकारले चालेको थियो तर गत भदौ महिनामा सुरु भएको अक्सिजन प्लान्टले अझै पूर्णत पाउन सकेको छैन तर जिल्लामा कोरोनाको दर पुनः उकालो लाग्न थालेको छ । अहिलेसङ्क्रमणको दर ८८ पुगेको छ । आइतबारमात्रै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारसहित ४० मा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म अक्सिजन प्लान्टले अक्सिजन उत्पादन नगर्दा समस्या पर्ने देखिएको छ । अस्पतालले सङ्क्रमण कम भएपछि बेवास्ता गर्दा अक्सिजन जडानमा ढिलाइ भएको स्थानीयको बुझाइ छ तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा...
आजदेखि काठमाडौँका १७ ठाउँबाट कोभिडविरुद्धको बुस्टर डोज

आजदेखि काठमाडौँका १७ ठाउँबाट कोभिडविरुद्धको बुस्टर डोज

स्वास्थ्य
काठमाडौँ । कोभिड-१९ को संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भए पनि काठमाडौँमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने भएको हो । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरूका लागि उपलब्ध हुने सरकारले जनाएको छ । सोमबारबाट काठमाडौंका १७ स्थानमा लगाइने छ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि चालु खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्ने गरी निर्णय गरेको छ । काठमाडौंमा टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ । बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद...
कोभिड लक्षण देखिए अनिवार्य ५ दिन क्वारेन्टिन बस्नुपर्ने, रिपोर्ट नेगेटिभ आएपछि मात्रै काममा फर्कन पाउने

कोभिड लक्षण देखिए अनिवार्य ५ दिन क्वारेन्टिन बस्नुपर्ने, रिपोर्ट नेगेटिभ आएपछि मात्रै काममा फर्कन पाउने

स्वास्थ्य
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९ ) संक्रमणको चिन्ह वा लक्षण भएका व्यक्तिहरु अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिन्ह वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सरकारले लागू गरेको हो । पाँच दिन क्वारेन्टिनमा बसेपछि कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै काममा आउन पाउने छन् ।...
यी ५ लक्षणहरु देखिए ओमिक्रोन!

यी ५ लक्षणहरु देखिए ओमिक्रोन!

स्वास्थ्य
काठमाडौं : डेल्टासँगै ओमिक्रोनको सरप्राइज उपस्थिति हुँदा संक्रमणको तीब्रतामा बुस्ट-अप भएको छ। यी दुई फरक भेरियन्टको भाइरसलाई हाल प्रयोगमा आइरहेको पिसिआर प्रविधिबाट छुट्याउन भने सकिँदैन। तर पछिल्लो समयमा नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकले २२ प्रतिशत एस-जीन नेगेटिभ (सिक्वेन्सिङ गर्दा ओमिक्रोन पुष्टि भएको) र बाँकीमा एस-जीन पोजिटिभ देखिँदा अघिल्लो भेरियन्ट डेल्टासँगै ओमिक्रोन फैलँदै गरेको देखिन्छ। यद्यपि यी दुई भेरियन्टहरुको उपस्थितिको अनुपातमा आगामी दिनमा के कति फरक हुनेछ भनेर हेर्न भने अर्को विज्ञप्ति कुर्नु पर्ने हुन्छ। अस्पतालमा केहि दिन यता निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उनीहरुमा यी निम्न ५ लक्षणहरु प्रमुख देखिएका छन्। १) घाँटी दुख्ने/असहज हुने। २) थकान महसुस हुने। ३) टाउको र शरीरका मांशपेशी दुख्ने। ४) हल्का शरीर तातिएको महसुस हुने। ५) नाकबाट पानी आउने/बन्द ...
अग्रपंक्तिमा खटिनेलाई आजदेखि कोरोनाको बुष्टर डोज दिइने

अग्रपंक्तिमा खटिनेलाई आजदेखि कोरोनाको बुष्टर डोज दिइने

स्वास्थ्य
काठमाडौं– सरकारले आजदेखि कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिएका अग्रपंक्तिका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो। सोही निर्णय अनुसार आजबाट अग्रपंक्रतिमा खटिने व्यक्तिलाई दिन लागिएको हो। स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिनेलाई आजदेखि र ६० वर्षदेखि माथिका नागरिकहरुलाई १४ गतेदेखि बुस्टर डोज दिन लागिएको हो। स्वास्थ्य मन्त्रालयको २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ। यसका लागि आवश्यक व्यवस्था गर्न प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाक...
भरतपुर अस्पतालले भन्यो, ‘कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका विरामी नआउनू’

भरतपुर अस्पतालले भन्यो, ‘कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका विरामी नआउनू’

स्वास्थ्य
चितवन । चितवनको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका विरामी केही पछि आउन उपयुक्त हुने बताएका छन् । अस्पतालमा २९ पुसमा १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा (५५ प्रतिशत) संक्रमण देखिएको थियो । ३० गते १८६ जनाले कोभिड परीक्षण गराएकोमा ११५ जना (६१.२५ प्रतिशत)मा कोभिड पुष्टि भएको पौडेलले बताए । ‘यो कोभिड–१९ संक्रमणको उच्च प्रकोप हो । काठमाडौँको त्रिवि टिचिङ र विर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ । सामान्य र पछि चेकजाँच गरा...
५ देखि ११ वर्ष उमेरका बालबालिकालाई चैतमा कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई चैतमा कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

स्वास्थ्य
काठमाडौं- सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतमा यो समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपाल लाइभलाई जानकारी दिइन्। उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय सरकारले गरेको छ। सरकारले १२ देखि १८ वर्ष उमेर समूहलाई पनि खोप लगाइरहेको छ। सुरुमा ज्येष्ठ नागरिक र बढी जोखिम समूहलाई खोप लगाएको सरकारले अझै पनि ५० वर्ष माथिका व्यक्तिलाई प्राथमिकता दिने भएको छ।...
आइसोलेसन रहेका ‘प्रचण्ड’को कस्तो छ स्वास्थ्य अवस्था ?

आइसोलेसन रहेका ‘प्रचण्ड’को कस्तो छ स्वास्थ्य अवस्था ?

स्वास्थ्य
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको छ। कोरोना भाइरस संक्रमणपछि होम आइसोलेसनमा बसेका प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको उनकी छोरी गंगा दाहालले जानकारी दिइन्। गत शुक्रबार बेलुका पीसीआर विधिबाट परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरसको पुष्टि भएको थियो। प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएको दाहालले जानकारी दिइन्। प्रचण्ड चिकित्सकको सल्लाह अनुसार शनिबारमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्नेछन्। महाधिवेशनपछि माओवादीका शीर्ष नेतालाई कोरोना संक्रमण भएको छ।...
तेस्रो लहरको सुरुवातमै ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित

तेस्रो लहरको सुरुवातमै ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित

स्वास्थ्य
काठमाडौँ – तेस्रो लहरको सुरुवातमै काठमाडौँसहित देशभरका स्वास्थ्य संस्थामा कार्यरत ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ। काठमाडौंका ६ ठूला सरकारी अस्पतालमा मात्रै १४३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालहरुका अनुसार काठमाडौँको महाराजगन्जस्थित टिचिङ अस्पतालमा ६५, वीर अस्पतालमा ३५, पाटन अस्पतालमा २५, टेकु अस्पताल ४, नेपाल प्रहरी अस्पतालमा १०, सशस्त्र प्रहरी अस्पतालमा ४ जना स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएका छन् । उपत्यकाबाहिरका जिल्लाका स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्दै गएको छ । दाङमा २७ जना, भरतपुर अस्पतालमा १५ जना, गोरखाको आँपपिपल अस्पतालमा चार जना, बाँकेमा चार जना, सिराहाको नगयनपुर अस्पतालमा चार जना, महोत्तरीमा दुई जना, पर्सामा दुई जना, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा एक जना, मेची अस्पताल झापामा एक जना स्वास्थ्यकर्मी संक्रमित भएका...