स्वास्थ्य

विश्वमा एकैदिन साढे २८ लाखमा कोरोना संक्रमण, ७ हजारको मृत्यु

विश्वमा एकैदिन साढे २८ लाखमा कोरोना संक्रमण, ७ हजारको मृत्यु

स्वास्थ्य
एजेन्सी । विश्वभर कोरोना संक्रमण दर उकालो लाग्ने क्रम जारी छ । हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले दैनिक ३० लाख नजिकको संख्यामा संक्रमित थपिने गरेका छन् । आज मात्र २८ लाख ५२ हजार कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै फ्रान्समा ४ लाख ६४ हजार थपिएका छन् । त्यसैगरी अमेरिकामा ४ लाख ३२ हजार, इटलीमा २ लाख २८ हजार, ब्राजिलमा एक लाख ३२ हजार, अर्जेन्टिमा एक लाख २० हजार र बेलायतमा ९४ हजार जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा १५ लाख ६३ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ७ हजार ६४० संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ४४३, रुसमा ६८८, बेलायतमा ४३८, फ्रान्समा ३७५ र ब्राजिलमा ३१७ जना रहेका छन् । निको हुनेमा इटलीमा २ लाख २० हजार, फ्रान्समा दुई लाख ७ हजार, बेलायतमा एक लाख १९ हजार, अर्जेन्टिनामा एक लाख दुई हजार, अमेरिकामा ९३ हजा...
पीसीआर टेष्टको नयाँ शुल्क तोक्दै सरकार

पीसीआर टेष्टको नयाँ शुल्क तोक्दै सरकार

स्वास्थ्य
काठमाडौं । सरकारले कोभिड-१९ को परीक्षण (पीसीआर टेष्ट)को नयाँ शुल्क तोक्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलका अनुसार बुधबारसम्म नयाँ शुल्कको विषयमा निर्णय हुनेछ । हाल विगतमा सरकारले गरेको निर्णय अनुसार नै निजी अस्पतालहरुले पीसीआर टेष्टका लागि २ हजार रुपैयाँ लिँदै आएका छन् । तर, यो अहिलेको सन्दर्भमा महंगो भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि स्वास्थ्य सचिव पोखरेलले नयाँ शुल्क तोक्ने तयारी भएको जानकारी दिएका हुन् । मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सचिव पोखरेलले भने, ‘शुल्क समायोजनको समिति बनेको छ । त्यसको सिफारिसको आधारमा हामी आज एउटा निर्णय गरेर निजी र सरकारी अस्पतालको पीसीआर शुल्क पुनः समायोजन गर्ने र आवश्यकता अनुसार पीसीआर फ्री गर्ने गरी एउटा निर्णयमा जान्छौं ।’ सांसदहरुले ८०० रुपैयाँमै पीसीआर टेष्ट गर्न सकिने विषय आएको भन...
कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा के गर्ने ?

कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा के गर्ने ?

स्वास्थ्य
काठमाडाैँ – सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ । पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ । त्यसैले अब खोप कार्ड हराए के गर्ने त ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै तीन तरिकाबाट हराएको खोप कार्ड लिनका लागि अनुरोध गरेको छ । पहिलो दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिनका लागि अनुरोध गरेको छ । दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्...
खोप अभियानका लागि माघ १५ पछि चार दिन विद्यालय खोल्ने निर्णय

खोप अभियानका लागि माघ १५ पछि चार दिन विद्यालय खोल्ने निर्णय

स्वास्थ्य
काठमाडौं । खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ । कोभिड–१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले बताए । सरकारले महामारीको ‘चेनब्रेक’ गर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । कोइरालाका अनुसार विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने छ । सहसचिव कोइरालाले भने, ‘यो विषयमा निर्णय भइसकेको छ, सम्बन्धित मन्त्रालयले सूचना जारी गरेर कार्यान्वयनमा जान्छ ।’ गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकमा कोइरालाले यसबारे जानकारी दिएका हुन् । बैठकमा गृह सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा...
स्वास्थ्य मन्त्रालयको आँकलन : माघ दोस्रो साता दैनिक १९ हजार बढीमा संक्रमण

स्वास्थ्य मन्त्रालयको आँकलन : माघ दोस्रो साता दैनिक १९ हजार बढीमा संक्रमण

स्वास्थ्य
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता कोरोना संक्रमण निकै भयाभह हुने आँकलन गरेकाे छ। नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता (जनवरी २४ देखि ३० तारिखसम्म) उत्कर्षमा पुग्ने मन्त्रालयकाे आँकलन छ। माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आकलन मन्त्रालयले गरेको छ। संसद्को‍ शिक्षा तथा स्वास्थ्य समितिमा नेपालमा कोभिड-१९ को अवस्थाबारे प्रतिवेद पेस गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले माघ महिनाको दोस्रो साता दैनिक संक्रमितको संख्या १९ हजार बढी हुनसक्ने बताए। उनले अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि बढोत्तरी हुने आकलन गरे। डा पौडेलको आँकलन अनुसार सो समयमा करिब १३ हजार व्यक्ति अस्पताल भर्ना हुने देखिन्छ भने त्यसमध्ये करिब ३९४ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको स...
बुस्टरडोजमा गोलमाल : नेपाल भित्रिएको २४ लाख खोप कसरी भयो ‘गायब’ ?

बुस्टरडोजमा गोलमाल : नेपाल भित्रिएको २४ लाख खोप कसरी भयो ‘गायब’ ?

स्वास्थ्य
काठमाडौं । विभिन्न देशबाट नेपाल भित्रिएकोमध्ये करिब २४ लाख डोज बुस्टरडोज खोप ‘गायब’ भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहुँचको आधारमा बिनादर्ता खोप लगाउनेहरु अत्यधिक हुनाले उक्त संख्या सरकारी तथ्यांकमा नदेखिएको हो । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले संसदका शिक्षा तथा स्वास्थ्य समितिमा मंगलबार कोरोनाभाइरसको पछिल्लो अवस्था र खोपको प्रगतिबारे जानकारी गराएका थिए । त्यस क्रममा उनले विभिन्न दाताबाट नेपालल प्राप्त गरेको र खरिद गरेकोमध्ये २० देखि २४ लाख डोज खोप लगाएको तथ्याङ्क नभएको बताएका हुन् । खोप कार्ड नबनाएरै खोप लगाउने गरेको उदाहरणहरु देखिएको उल्लेख गर्दै उनले यसको एकीन विवरण सरकारसँग नभएकोसमेत बताए । शहरी क्षेत्रमा अधिकांशले तेस्रो डोज लगाए पनि त्यसको दर्ता नरहेको पोखरेलको भनाइ छ । अधिकांश स्वास्थ्य संस्था तथा खोप केन्द्रहरुमा पहुँचका आधारमा खोप लगाउनेको संख्या समेत ठूलो रहेको उनल...
देशभर सक्रिय सङ्क्रमितको संख्या ३० हजार नाघ्यो, नौ जिल्ला रेड जोनमा

देशभर सक्रिय सङ्क्रमितको संख्या ३० हजार नाघ्यो, नौ जिल्ला रेड जोनमा

स्वास्थ्य
काठमाडौं । नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८ सय ७७ रहेको । जसमध्ये २९ अजार ७०५ जना होम आइसोलेसनमा रहेका छन् भने १ अजार १ सय ७२ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यसैगरी सक्रिय संक्रमित मध्ये आईसीयूमा १ सय ३९ जना र भेन्टिलेटरमा २६ जना उपचाररथ रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २३ जना आइसियु र ८ जना भेन्टिलेटरमा उपचाररथ रहेका छन् । यसैगरी मधेस प्रदेशमा ४ जना आईसीयूमा रहेका छन् । बागमती प्रदेशमा भने ७९ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचारथ रहेको मन्त्रालयको भनाइ छ । त्यस्तै गण्डकी प्रदेशमा ७ जना आइसियू र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । लुम्बिनी प्रदेशमा १३ जना आइसियुमा र २ जना भेन्टिलेटर, कर्णाली प्रदेशमा १ जना आइसियू र १ जना भेन्टिलेटरमा उपचा...
काठमाडौं उपत्यकामा आजदेखि बुस्टर डोज, यी हुन् खोप केन्द्र

काठमाडौं उपत्यकामा आजदेखि बुस्टर डोज, यी हुन् खोप केन्द्र

स्वास्थ्य
काठमाडौं । कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहँदा काठमाडौंका उपत्यका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिएको छ । त्यसका लागि काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्नेछ। यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । काठमाडौँका यी स्थानमा लगाइने छ बुस्टर डोज त्रिवि शिक्षण अस्पताल वीर अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु सशस्त्र प्रहरी बल अस्पताल बलम्बु सहिद मेमोरियल अस्पताल कलंकी वीरेन्द्र सैनिक अस्पताल छाउनी लोट्से भवन नयाँ बसपार्क नेपाल प्रहरी अस्पताल महाराजगन्ज बयोधा अस्पताल बल्खु प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली ...
यी हुन् पेटमा जमेको बोसो घटाउने सजिलो १० उपाय

यी हुन् पेटमा जमेको बोसो घटाउने सजिलो १० उपाय

स्वास्थ्य
मोटोपनाबाट त्रसित भएका मानिस आजकल तौल घटाउने प्रयासमा छन् । तर धेरै प्रयास गर्दा पनि फिट हुन सकेका छैनन् । कोभिडका कारण भएको लकडाउनले अधिकांश मानिस मोटो भएका छन् । अहिले हामीले अपनाएको जीवनशैलीले तौल बढ्नु सामान्य हो। तपाईलाई थाहा छ, निष्क्रियता, रक्सी र फास्ट फुड मोटोपनाको प्रमुख कारण हु्। मोटोपना कम गर्न स्थिरता चाहिन्छ। तर यो काम कतिपयले सोचे जस्तो गाह्रो पनि छैन। यस लेखमा, हामी तपाईलाई केहि टिप्स बताइरहेका छौं जसलाई पालना गरेर तपाई आफैंलाई मोटोपनबाट बचाउन सक्नुहुन्छ। पेट भरिने ब्रेकफास्ट यो कार्य भन्न सजिलो मात्र होइन, गर्न पनि सजिलो छ। हरेक बिहानलामो समयसम्म पेट भरिरहने खाजा खानुहोस्। यो बानीले तपाईलाई बिचमा केही अस्वास्थ्यकर खानबाट जोगाउँछ र चाँडै भोक पनि लाग्दैन। तर तपाईंको बिहानको खाजा भुटेको र प्रशोधित खाना नभइ स्वस्थ हुनुपर्छ। दैनिक वजन मापन यदि तपाइँ तौल घटाउन...
काठमाडौंका यी १९ ठाउँबाट बुस्टर डोज लगाउन सकिने

काठमाडौंका यी १९ ठाउँबाट बुस्टर डोज लगाउन सकिने

स्वास्थ्य
काठमाडौं: कोरोना महामारीको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै आजबाट काठमाडौँमा कोभिड-१९ विरुद्ध बुस्टर डोज दिन थालिएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अंग्रपक्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन थालिएको हो। बागमती प्रदेश स्वास्थ्य कार्यालय टेकुका अनुसार काठमाडौं उपत्यकाभित्र १९ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने छ। बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्ने छ। त्यस्तै, बुस्टर लगाउन जाँदा यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्ने जनाइएको छ।...