स्वास्थ्य

शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए?

शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए?

Featured, स्वास्थ्य
काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ७ सय ५३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ४, उदयपुरमा १९, ओखलढुंगामा १, खोटाङमा १८, झापामा ५८, ताप्लेज्ङमा १, तेह्रथुममा ३, धनकुटामा ४, भोजपुरमा ३, मोरङमा २ सय ४५, संखुवासभामा ३,सुनसरीमा १३३ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा १०, पर्सामा ५, बारामा १९, महोत्तरीमा ४, रौतहटमा ५, सप्तरीमा १०, र सिरहामा १४ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार २ सय ९४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७३, चितवनमा १०, दोलखामा ४, धादिङमा ७, नुवाकोटमा ३७, भक्तपुरमा ७७, मकवानपुरमा ३३, रसुवा ४, रामेछापमा ४, ललितपुरमा १ सय ४१, सुन्धुपाल्चोकमा १२ र सिन्धुलीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण...
प्रदेश २ थपिए ८३ काेराेना संक्रमित, ४७ जना डिस्चार्ज

प्रदेश २ थपिए ८३ काेराेना संक्रमित, ४७ जना डिस्चार्ज

स्वास्थ्य
काठमाडाैं । प्रदेश २ मा शुक्रवार ८३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा १६ महिला र ६७ पुरुष गरी ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश-२ का बरिष्ठ चिकित्सक डा. कमलेश प्रशाद यादवले जानकारी दिए। शुक्रवार प्रदेशको सिरहा जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। सिरहामा ७ महिला र १७ पुरुष गरी २४ जनामा कोराना संक्रमण पुष्टि भएको हो। यस्तै, धनुषामा २ महिला र २१ पुरुष गरी २३ जना, पर्सामा ४ महिला र ६ पुरुष गरी १० जना, सप्तरीमा ८ जना पुरुष, महोत्तरीमा १ महिला र ६ पुरुष गरी ७ जना, रौतहटमा ५जना पुरुष, बारामा १ महिला र २ पुरुष गरी ३ जना, सर्लाहीमा १ महिला र १ पुरुष तथा अन्य प्रदेशका १ जना प...
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए?

शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए?

section, स्वास्थ्य
काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। गत २४ घण्टामा २ हजार ९०९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ५, उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ७९, ताप्लेज्ङमा २, तेह्रथुममा ६, धनकुटामा ४, भोजपुरमा ४, मोरङमा १ सय २७, र सुनसरीमा ९५ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा २९, पर्सामा १४, बारामा ४, महोत्तरीमा १०, रौतहटमा १३, सप्तरीमा ११, सर्लाहीमा ५ र सिरहामा ३१ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३० जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ७०, चितवनमा १२६, दोलखामा १२, धादिङमा १९, नुवाकोटमा १३, भक्तपुरमा १ सय २१, मकवानपुरमा ६३, रामेछापमा २, ललितपुरमा १ सय ८७, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा १ सय २९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी...
कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि

कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । नेपाली कांग्रेसका ६ केन्द्रीय सदस्यमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि गरिएको पीसीआर परीक्षणमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बढु, सुरेन्द्र पान्डे, सुजाता परियार, किरण यादव, मो. नसीर सिद्दिकी र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेमा संक्रमण देखिएको कांग्रेसका एक नेताले जानकारी दिए । संक्रमित ६ जना केन्द्रीय सदस्यहरु होम आइसोलेसनमा रहेको कांग्रेस स्राेतले जनाएकाे छ । म‌ंगलबार मात्रै कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।...
२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १३ सय ३८ कोरोना संक्रमित

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १३ सय ३८ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५७० महिला र ७६८ पुरुष गरी १३ सय ३८ काेराेना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १ हजार ३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ। पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ...
कोरोना संक्रमणबाट गाउँकार्यपालिका सदस्यको मृत्यु

कोरोना संक्रमणबाट गाउँकार्यपालिका सदस्यको मृत्यु

स्वास्थ्य
काठमाडौं । कोरोना संक्रमणबाट धादिङको गजुरी गाउँ कार्यपालिकाकी सदस्यको मृत्यु भएकाे छ । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकी धादिङ गजुरीकी ४१ वर्षीया ती महिलाको बिहीबार मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले जानकारी दिइन् । दुवै मृगौलाले काम गर्न छाडेको ८ महिना भइसकेकी उनको मृगौला प्रत्यारोपण गर्ने तयारी भएको भए पनि कोरोनाका कारण रोकिएको थियो । नियमित मनमोहन मेमोरियल अस्पतालमा डायलासिस गराउन आउने उनमा गत साता परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।...
डा. केसीले गराए सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

डा. केसीले गराए सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

स्वास्थ्य
काठमाडौं । डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौता छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका प्राध्यापक डा. केसीले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर विगतमा बारम्बार भएका सम्झौता कार्यान्वयन नभएका तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सम्झौता विपरीत काम गरेकाले निरन्तर खबरदारी गर्नुको विकल्प नभएकाे बताए । १९औं अनशनको बेला भएका सम्झौताहरु कार्यान्वयनमा सरकार उदासिन देखिएको भन्दै उनले सम्झौताहरु कार्यान्वनयको अवस्था कहाँ पुग्यो भन्दैसरकारलाई प्रश्नसमेत गरे । १९औं अनशन बसेका केसी र सरकारबीच गत असोज २४ गते राति ८ बुँदे सम्झौता भएको थियो । त्यसो भोलिपल्ट केसीले अनशन तोडेका थिए । साथै, उनले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन् । उनले भने, ‘सब...
१५ सयले गरे सशुल्क कोरोना परीक्षण

१५ सयले गरे सशुल्क कोरोना परीक्षण

स्वास्थ्य
काठमाडाैँ । कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क दुई हजार रूपैयाँ तिरेर १ हजार ५३२ जनाले पीसीआर परीक्षण गरेको पाइएको हो । प्रदेश अस्पताल सुर्खेतमा एक हजार ४०६, दैलेख अस्पतालमा ८८ र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ३८ जनाले सशुल्क पीसीआर परीक्षण गरेका छन् । सशुल्क परीक्षण गरेपनि अस्पतालहरुले उपचार खर्चमा भने कुनै शुल्क लिएका छैनन् । प्रदेश अस्पतालका कोरोना स्रोत व्यक्ति डा. नवराज केसीले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको निःशुल्क परीक्षण गरिरहेको बताए । लक्षण नदेखिएका एवं परीक्षण गरेर आफै ढुक्क हुन चाहनेहरुले शुल्क तिर्ने गरेको उनको भनाइ छ । कर्णालीमा प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल, चौरजहारी स...
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ। गत २४ घण्टामा मात्र ३ हजार ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ३, उदयपुरमा १९, ओखलढुंगामा ६, झापामा १ सय १०, तेह्रथुममा ३, धनकुटामा ११, भोजपुरमा १, मोरङमा १ सय २१, संखुवासभामा ३ र सुनसरीमा १ सय ३ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा १८, पर्सामा १४, बारामा ८, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा १३, सर्लाहीमा १० र सिरहामा १२ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ९१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७२, चितवनमा ९९, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा २८, भक्तपुरमा १ सय ४७, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ५, ललितपुरमा १ सय ६०, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा ...
उपत्यकामा १३९८ कोरोना संक्रमित थपिए

उपत्यकामा १३९८ कोरोना संक्रमित थपिए

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ३९८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६०१ महिला र ७९७ पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र हालसम्म १६ हजार ३३१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २५९ जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् भने ६९ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार २७६ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६५ जनाको संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंमा ११ हजार ३५९ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७३० र ललितपुरमा एक हजार ८९१ जना होम आइसोलेसनमा रहेका छन् ।...