स्वास्थ्य

थप २ हजार ५७१ जनामा कोरोना संक्रमण

थप २ हजार ५७१ जनामा कोरोना संक्रमण

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा १ हजार ७९८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार १२६ पुगेको छ।...
कोरोनाबाट रुपन्देही ५६ वर्षीय महिलाको मृत्यु

कोरोनाबाट रुपन्देही ५६ वर्षीय महिलाको मृत्यु

स्वास्थ्य
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए । मधुमेह रोगबाट ग्रसित उनीको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना भएकी थिइन् । एक सातासम्म अस्पतालको सघग उपचार कक्षमा राखेर उनीको उपचार भइरहेको थियो । रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ । रासस...
जुम्लामा ५ श्याको कोभिड अस्पताल सञ्चालन

जुम्लामा ५ श्याको कोभिड अस्पताल सञ्चालन

स्वास्थ्य
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच श्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि श्या मात्र राखिएको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले भने– “विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ । कोभिड अस्पतालमा आवश्यकपर्ने सबै सुविधा उपलब्ध गराउनको लागि स्थानीय सरकार लागि परेको छ ।” तातोपानी कोभिड अस्पताल जिल्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये पहिलो बनेको अस्पताल हो । अब कोभिड अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थप्ने उनले जानकारी दिए । केन्द्र सरकारले कोभिड अस्पताल निर्माणको लागि रु १० लाख पठाएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईँ कोरोना सङ्क्रमितको उपचार र रेखदेख कोभिड अस्पतालले गर्ने बताए । सो अस्पातलमा अहिले दुई नर्स र एक जना कार्यालय सहयोगी कार्यरत रहेको स्वास्थ्य शाखाले जनाएको...
स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पताल सिल

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पताल सिल

स्वास्थ्य
लहान । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित फ्रेन्ड्स मोडेल अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत ३० वर्षीया ल्याब टेक्निसियन र अर्का २८ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो । यही कात्तिक १९ गते लहान नगरपालिकाले ४० जनाको निःशुल्क स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्दा अस्पतालका दुई स्वास्थ्यकर्मीसहित २० जनाको रिपोर्ट पोजेटिभ आएका नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए । संक्रमित सबै होम आइसोलेसनमा रहेको जनाइएको छ । सङ्क्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको कार्य भइरहेको प्रमुख यादवले बताए । आगलागीमा १५ लाखको क्षति सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियामा गए राति आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत चुहावट भई आगलागी हुँदा स्थानीय श्रीप्रसाद साह र पशुपति साहको पाँच व...
प्रदेश-१ मा थपिए २१९ काेराेना संक्रमित

प्रदेश-१ मा थपिए २१९ काेराेना संक्रमित

स्वास्थ्य
विराटनगर । प्रदेश-१ मा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टाकाे अवधिमा गरिएको ९७६ जनाको पीसीआर परीक्षणमा ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएकामा मोरङगमा १०३ मध्ये विराटनगरमा ४८, सुनसरीमा ४८, झापामा ३३, तेह्रथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई/दुई पाँचथर, भोजपुर र खोटाङमा एक/एक र प्रदेश बाहिरका १४ जना रहेका छन् । योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ८८४ पुगेको छ । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ६०० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म घर फर्किनेहरुको सङ्ख्या १४ हजार १७३ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७० हजार ९५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।...
बिपी प्रतिष्ठानमा धनकुटाका एक वृद्धको मृत्यु

बिपी प्रतिष्ठानमा धनकुटाका एक वृद्धको मृत्यु

स्वास्थ्य
धनकुटा । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ । धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । यही कात्तिक २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा निकै समस्या भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।...
पछिल्लो २४ घण्टामा २८१२ जना कोरोना संक्रमित संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २८१२ जना कोरोना संक्रमित संक्रमणमुक्त

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा १ लाख ५७ हजार ९ सय २६ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ८१ दशमलभ १ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ४० हजार ७७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १ हजार १ सय ४९ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३५ हजार ४ सय १९ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।...
नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार १ सय ८ पुग्याे

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार १ सय ८ पुग्याे

Featured, स्वास्थ्य
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप २१ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ सय ८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार देशभर आज २ हजार ८ सय १७ संक्रमित थपिएका छन् । योसँगै संक्रमित कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ । यस्तै  आज काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा १ सय २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।...
उपत्यकामा आज १५ सय ३३ जनामा कोरोना पुष्टि

उपत्यकामा आज १५ सय ३३ जनामा कोरोना पुष्टि

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा १ सय २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार देशभर आज २ हजार ८ सय १७ संक्रमित थपिएका छन् । योसँगै संक्रमित कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।...
कोरोना उपचारमा नयाँ नीतिको गृहकार्य

कोरोना उपचारमा नयाँ नीतिको गृहकार्य

स्वास्थ्य
काठमाडौँ – नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ । सर्वोच्च अदालतले कोरोनाबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेश सहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्देश्यले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आइतबार बस्न लागेको छ । काठमाडौँ उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गोरखापत्रसँग कुरा गर्दै भने, “उपप्रधानमन्त्री संयोजक रहेको सीसीएमसीको बैठक आइतबार बस्दैछ, त्यसमा कोरोना सङ्कट व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ, सर्वोच्च अदालतले दिएको निर्देशनका विषयमा पनि छलफल हुनेछ ।” प्रमुख शाक्यले काठमाडौँ उपत्यकामा अह...