स्वास्थ्य

शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए?

शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज भेटिएका मध्ये ८ सय १६ महिला र १ हजार १ सय ३० पुरुष छन्। प्रदेश १ को इलाममा ४, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा १, झापामा १ सय २१, ताप्लेजुङमा १, तेह्रथुममा १, भोजपुरमा २, मोरङमा ५२, सोलुखुम्बुमा ३ र सुनसरीमा ३५ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा ८, पर्सामा ७, बारामा ९, महोत्तरीमा ७, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा १ र सिरहामा ३ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ४२ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५९, चितवनमा १२, दोलखामा १२, धादिङमा १४, नुवाकोटमा ३, भक्तपुरमा ८८, मकवानपुरमा २३, रामेछापमा १, ललितपुरमा १ सय ५, सिन्धुपाल्चोकमा १५ र सिन्धुलीमा ४ जनामा कोरोना पुष्टि भएको छ। गत २...
स्थानीयले भारतकाे बाटाे प्रयाेग गर्दा डाेल्पा जिल्ला काेराेनाकाे जाेखिममा

स्थानीयले भारतकाे बाटाे प्रयाेग गर्दा डाेल्पा जिल्ला काेराेनाकाे जाेखिममा

स्वास्थ्य
काठमाडाैँ । डोल्पा जिल्लाको उत्तरी भागले चीनसँग आफ्नो सिमाना साझा गरेको छ तर त्यहाँ वैधानिक रूपमा संचालन गरिएको कुनै चेक पोस्ट छैन। जाडोमा अत्यधिक हिउँ परेको कारण माथिल्लो डोल्पा जिल्लाका बासिन्दाहरू अस्थायी आश्रयको लागि तल्लो डोल्पा जिल्ला आइपुग्छ्न । तर तल्लो डोल्पा आउनका लागि डोल्पाका बासिन्दाहरू प्रायः भारत भएर आउनु पर्छ । यसले जिल्लामा कोविड संक्रमण बढाउन सक्छ। पछिल्लो समयमा कोरोना भाइरसको बढ्दो जोखिमबाट नागरिकलाई बचाउन पुर्व सर्तकताको लागि डोल्पा जिल्लालाई एक सातासम्मको लागि सिल गरिएकाे थियाे । यसैगरि सीमा नाकाहरु सिल गर्नुका साथै नागरिकको परिक्षणको दायरालाई विस्तार गर्दै लैजाने निर्णय भएकोले यस अघिको बन्दाबन्दी र सीमा नाका सिलमा सहयोग गरेझै यस पटक पनि सबै नागरिक जनप्रतिनिधिले जोखिम न्युनीकरण र रोकथामको लागि अत्यवश्यक कामको सिलसिलामा बाहिर निस्कदा अनिवार्य रुपमा मास्क र सेनिटाइजरको...
डाक्टर केसीलाई कोरोना संक्रमण

डाक्टर केसीलाई कोरोना संक्रमण

स्वास्थ्य
काठमाडाैं । चिकित्सा शिक्षा सुधारकाे माग राख्दै आएका डाक्टर गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । डा. केसीलाई ज्वरो र श्वासप्रश्वासमा समस्याका साथै सामान्य खोकी पनि लागिरहेको सुवेदीले बताए । डाक्टर केसीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले अभियान चलाइ रहेका छन् ।...
पोखरामा दुई कोरोना संक्रमितको मृत्यु

पोखरामा दुई कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
पोखरा । कास्कीमा शुक्रबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीकाे पोखरा–१४ की ६७ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान २ बजे मृत्यु भएको हो । कात्तिक २१ मा संक्रमण पुष्टि भएकी उनलाई निमोनिया, उच्च रक्तचाप लगायत समस्या थियो । यस्तै पोखरा–२५ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएकाे हाे । कात्तिक १८ मा कोरोना संक्रमण भएका उनलाई बाइल्याटरल निमोनियाको समस्या रहेकाे थियो ।...
काठमाडाैं उपत्यकामा थपिए १ हजार २०७ कोरोना संक्रमित

काठमाडाैं उपत्यकामा थपिए १ हजार २०७ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडाैं । काठमाडौं उपत्यकामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको हो। संक्रमित हुनेमा ५२६ महिला र ६८१ पुरुष रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० गरी १ हजार २०७ जनामा कोरोना पुष्टि भएको हो । यस्तै शुक्रबार देशभर थप २ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ३ हजार ५३७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ...
नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या १ हजार २०२ पुग्याे

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या १ हजार २०२ पुग्याे

Featured, स्वास्थ्य
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप १३ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार २०२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै शुक्रबार देशभर थप २ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ३ हजार ५३७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।...
थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण, ३५ सय ३७ डिस्चार्ज

थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण, ३५ सय ३७ डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ३ हजार ५३७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार २ सय २ पुगेको छ। यस्तै हिजो बुधबार १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
बेनी अस्पतालमा थाइराइड उपचार शुरु

बेनी अस्पतालमा थाइराइड उपचार शुरु

स्वास्थ्य
काठमाडौं । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा पहिलोपटक थाइराइडको उपचार शुरु भएको छ । अस्पतालले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सेवा सुचार गरेसँगै म्याग्दीबाट थाइराइडको उपचारका जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । बेनी अस्पतालले बिहीवारदेखि पहिलोपटक जिल्लामै थाइराइडको परीक्षणको शुरुआत गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । अत्याधुनिक सेवा विस्तारको क्रममा थाइराइडको उपचारको अभावमा समस्या झेल्दै आएका बिरामीलाई लक्षित गरी मेसिन जडानसँगै सेवा शुरू गरिएको उनले बताए । अस्पतालको गुणस्तर राम्रो भएमा मात्र नागरिकको विश्वास आर्जन गर्न सकिने भएकाले थप नयाँ र आधुनिक सेवाहरु समेत थप्ने योजना रहेको उनको भनाइ छ । थाइराइड परीक्षण शुरु भएपछि पीडित समेत हर्षित भएको अस्पतालले जनाएको छ । हालसम्म म्याग्दीबाट थाइराइडको उपचारका लागि पोखरा र काठमाडौं...
‘कोरोना खोप आयातका लागि अध्यादेश तयार’

‘कोरोना खोप आयातका लागि अध्यादेश तयार’

स्वास्थ्य
काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाविरूद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन् । बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । विराटनगरमा कोशी अस्पताल र प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को स्थलगत निरीक्षणपछि मन्त्री ढकालले देशभरका अस्पतालहरुमा सुविधा सम्पन्न तीन हजार ५ सय शय्या थप्न लागेको जानकारी पनि दिए । तीन हजार ५ सय सुविधासम्पन्न शय्यामध्ये दुुई हजार काठमाडौं उपत्यकामा र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने उनले बताए । शय्या थपिएपछि अस्पतालहरूको सेवा थप प्रभावकारी हुने उनको विश्वास छ । कोभिड रोकथाम र नियन्त्रणको कामसँगै स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै कामहरू भैरहेको भन्दै उनले अहिलेसम्म एउटा ...
बिहीबार कुन जिल्लामा कति संक्रमित थपिए (विवरणसहित)

बिहीबार कुन जिल्लामा कति संक्रमित थपिए (विवरणसहित)

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा ४, ओखलढुंगामा ३, झापामा ४९, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, भोजपुरमा १, मोरङमा ५७, सोलुखुम्बुमा १ र सुनसरीमा ३९ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा १४, पर्सामा १२, बारामा ४, महोत्तरीमा ५, रौतहटमा ५, सप्तरीमा ६, सर्लाहीमा ८ र सिरहामा १६ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ७ सय ६४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५०, चितवनमा ३९, दोलखामा १४, धादिङमा ११, नुवाकोटमा १८, भक्तपुरमा ८३, मकवानपुरमा २६, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १ सय २६, सिन्धुलीमा ९ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्...