‘कोरोना खोप आयातका लागि अध्यादेश तयार’

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाविरूद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन् । बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले सो जानकारी दिएका हुन् ।

विराटनगरमा कोशी अस्पताल र प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को स्थलगत निरीक्षणपछि मन्त्री ढकालले देशभरका अस्पतालहरुमा सुविधा सम्पन्न तीन हजार ५ सय शय्या थप्न लागेको जानकारी पनि दिए ।

तीन हजार ५ सय सुविधासम्पन्न शय्यामध्ये दुुई हजार काठमाडौं उपत्यकामा र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने उनले बताए । शय्या थपिएपछि अस्पतालहरूको सेवा थप प्रभावकारी हुने उनको विश्वास छ ।

कोभिड रोकथाम र नियन्त्रणको कामसँगै स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै कामहरू भैरहेको भन्दै उनले अहिलेसम्म एउटा पनि अस्पताल नभएका ६४९ स्थानीय तहमा न्यूनतम पाँच शय्ययाको अस्थायी अस्पताल निर्माणका लागि बजेट पठाइसकेको जानकारी पनि दिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.