स्वास्थ्य

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १३ सय नजिक

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १३ सय नजिक

Featured, स्वास्थ्य
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप २२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय ९८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा शुक्रबार थप १ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ५ हजार ३६४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।...
१९४५ जनामा काेराेना संक्रमण, ५ हजार ३६४ डिस्चार्ज

१९४५ जनामा काेराेना संक्रमण, ५ हजार ३६४ डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ५ हजार ३६४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार २ सय ९८ पुगेको छ। हिजाे बिहीबार २ हजार १०३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।...
दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

स्वास्थ्य
हुम्ला । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो। कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो। सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँचका क्रममा पिसीआर रिपोर्ट माग्दा नदिएपछि पिसीआर नगरी आएको थाहा हुने बित्तिकै विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ। नियन्त्रणमा लिइएका दुवैलाई अहिले सिमकोट गाउँपालिकाको सिमसारमा रहेको शिल्पकला भवनमा राखिएको छ। आज उनीहरुको एन्टिजेन टेस्ट किटबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्याल...
फाइजर भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको अन्तिम निष्कर्ष, प्रयोगका लागि केहीदिनमै आवेदन

फाइजर भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको अन्तिम निष्कर्ष, प्रयोगका लागि केहीदिनमै आवेदन

स्वास्थ्य
एजेन्सी । अमेरिकन कम्पनी फाइजर र जर्मन कम्पनी बायो एनटेक मिलेर बनाइरहेको कोरोनाबिरुद्धको भ्याक्सिनको अन्तिम विश्लेषण सार्वजनिक गरिएको छ । यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको अन्तिम निष्कर्ष निकालिएको छ । बुधबार कम्पनीले तेश्रो चरणको परीक्षणको अन्तिम तथ्यांक विश्लेषण सार्वजनिक गरेको हो । अब यो भ्याक्सिनले सुरक्षाको मुख्य कोशेढुंगा पार गरेको छ भने केही दिनमा नै अमेरिकाको खाद्य तथा औषधी प्रशासनबाट प्रयोगका लागि स्वीकृतिको आवेदन दिने भएको छ । एफडीएले स्वीकृति दिएमा यो भ्याक्सिन एफडीए स्वीकृत पहिलो कोरोनाबिरुद्धको भ्याक्सिन हुनेछ । सरकारबाट स्वीकृति पाएमा यो भ्याक्सिनले आगामी डिसेम्बरमा रातारात करोडौं डोज भ्याक्सिन सप्लाई गर्ने योजना बनाएको छ । गतसातामात्र प्रारम्भिक विश्लेषणमा यो भ्याक्सिन ९० प्रतिशतभन्दा बढी प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष निकालिएको थियो । ४३ हजार स...
मास्क नलगाए २ हजार जरिवाना

मास्क नलगाए २ हजार जरिवाना

स्वास्थ्य
एजेन्सी । कोरोना संक्रमण बढेसगै भारतको राजधानी नयाँ दिल्लीमा बिनामास्क हिँड्ने व्यक्तिहरुलाई २ हजार जरिवाना गरिने भएको छ। यसअघि पाँच सय रुपैयाँ लिने गरिएको थियो। दिल्लीमा कोरोनाको स्थितिमा चर्चा गर्न दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालाले बिहीबार एक सर्वदलीय छलफल बोलाएका थिए। उनले छलफलमा आएका सुझावहरुलाई ढिला नगरी कार्यान्वयनमा लैजाने बताएका छन्। छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले दिल्ली सरकारको तयारी र अन्य निर्णयहरु सुनाएका थिए। उनले मास्क नलागाउने क्रम वढेको र कोरोना फैलदै गएको भन्दै मास्क नलगाउनेहरुलाई जनही २ हजारको दरले जरिवाना गर्ने निर्णय गरेको बताए। ‘केही मानिसले सरकारको निर्णयलाई अटेर गरेको पाइयो र मास्कबिनै घुमफिर गरेको देखियो‚’ केजरीवालले भने‚ ‘यसमा अब कडाइ गर्नुपर्ने देखिएको छ।’ केजरीवालले छठ पुजा गर्दा कोरोनाको ध्यान दिन र सार्वजनिक रुपमा भेला हुँदा ध्यान दिन आग...
बिहीबार ५८ जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति?

बिहीबार ५८ जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार १ सय ३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा २, उदयपुरमा ४, ओखलढुंगामा २, खोटाङमा १, झापामा ५१, धनकुटामा १, पाँचथरमा १२, भोजपुरमा १, मोरङमा १ सय २८, संखुवासभामा ९ र सुनसरीमा ७९ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा १६, पर्सामा १६, बारामा ३, महोत्तरीमा ४, रौतहटमा ३, सप्तरीमा २०, सर्लाहीमा ५ र सिरहामा १० जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ९ सय ६५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १६, चितवनमा ८०, दोलखामा १, धादिङमा ९, नुवाकोटमा १४, भक्तपुरमा ७५, मकवानपुरमा २३, रामेछापमा १, ललितपुरमा १ सय ८९, सिन्धुलीमा ३, रसुवामा २ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परी...
काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि

section, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार २ सय २९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ५१३ जना महिला र ७१६ जना पुरुष गरी १२ सय २९ जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार बिहीबार काेराेना संक्रमण हुनेमा काठमाडौंमा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जना रहेका छन् । यस्तै नेपालमा आज थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २ हजार ८५८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।...
काेराेना भाइरसकाे संक्रमणबाट थप १७ जनाकाे मृत्यु

काेराेना भाइरसकाे संक्रमणबाट थप १७ जनाकाे मृत्यु

Featured, स्वास्थ्य
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय ७६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै नेपालमा आज थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २ हजार ८५८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।...
२१०३ जनामा काेराेना संक्रमण, २८५८ डिस्चार्ज

२१०३ जनामा काेराेना संक्रमण, २८५८ डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा २ हजार ८५८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार २ सय ७६ पुगेको छ।...
कोरोना संक्रमणबाट वडाअध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट वडाअध्यक्षको मृत्यु

स्वास्थ्य
जनकपुर । कोरोना भाइरसकाे संक्रमणबाट धनुषामा एक वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-६ का अन्दाजी ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको उपचारको क्रममा बिहीबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो । मृतक वडाध्यक्षलाई अचानक स्वास्थ्यमा समस्या देखापरेपछि उपचारको लागि प्रादेशिक अस्पतालमा लगिएको थियो । गत सोमबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुुष्टि भएको नगरप्रमुख बालेश्वर मण्डलले जानकारी दिए । यता, नेकपा धनुषाका सचिव दिपक यादवले एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष मोक्तानको उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भएको पुष्टि गरेका छन् । मृतक मोक्तान वडा नम्बर ६ बाट तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । धनुषामा कोरोना संक्रमणका कारण अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ ।...