स्वास्थ्य

यी हुन पैसाको लागि कोरोनाको नक्कली रिपोर्ट दिने स्वास्थ्य संस्थाहरु, मन्त्रालयले थाल्यो कारवाही

यी हुन पैसाको लागि कोरोनाको नक्कली रिपोर्ट दिने स्वास्थ्य संस्थाहरु, मन्त्रालयले थाल्यो कारवाही

स्वास्थ्य
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही निजी प्रयोगशालाहरुमाथि कारवाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । कोरोना परीक्षणको नक्कली रिपोर्ट दिने गरेको पुस्टि भएपछि त्यस्ता निजी प्रयोगशालाहरु अब कारवाहीमा पर्न लागेका हुन। ती निजी प्रयोगशालाहरुले स्वाब नै संकलन नगरी कोरोनाको नक्कली रिपोर्ट दिने गरेको, स्वाब संकलनपछि रिपोर्ट हेरफेर गरेर पोजेटिभ रिपोर्ट दिने गरेको र स्वाब संकलनपछि निर्धारित समय भण्डारण गर्नुपर्नेमा त्यसो नगरेको भेटिएको छ। नेपालबाट हङकङ र युएई पुगेका केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालको परीक्षणमा प्रश्न उठेको हो । नेपालमा कोरोना परीक्षणको लागि स्वीकृत पाएका केही प्रयोगशालाले गरेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको र विदेशमा पुगेपछि गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई...
२६ हजार ४ सय २१ जना काेराेना संक्रमित होम आइसोलेसनमा

२६ हजार ४ सय २१ जना काेराेना संक्रमित होम आइसोलेसनमा

स्वास्थ्य
काठमाडौं । देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार २८ हजार ८ सय ७८ जना संक्रिय संक्रमित मध्य २६ हजार ४ सय २१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७ सय ९० जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा ४ हजार ३ सय ४३, प्रदेश २ मा ६५६, लुम्बिनी प्रदेशमा १८९६, सुदूरपश्चिम प्रदेशमा ९८५, गण्डकी प्रदेशमा १८५७ र कर्णाली प्रदेशमा १९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।...
३ सय ८० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

३ सय ८० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

स्वास्थ्य
काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८० सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३ सय २६ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११९ जना आइसियु र २९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४९ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा ७९ आइसियु र १२ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्। यसभन्दा अघि मंगलबार ३ सय ५६ जना...
कोरोना संक्रमणबाट बुटवलमा थप एकको मृत्यु

कोरोना संक्रमणबाट बुटवलमा थप एकको मृत्यु

स्वास्थ्य
काठमाडौं । रूपन्देहीकाे बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत रोल्पाकी ७७ वर्षीया वृद्धाको बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार वृद्धामा अस्पताल भर्ना हुनुअघि नै उनमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएकाे थियाे । कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी कोरोना विशेष अस्पताल भर्ना भएकी थिइन् । उनकाे बुधबार बिहान मृत्यु भएकाे हाे ।...
कोरोनाविरुद्धको ६० लाख डोज खोप नेपाललाई दिने प्रतिबद्धता

कोरोनाविरुद्धको ६० लाख डोज खोप नेपाललाई दिने प्रतिबद्धता

स्वास्थ्य
काठमाडौं । नेपालमा काेराेना भाइरसकाे खाेप पहिलाे चरणमा ६० लाख डाेज आउने भएकाे छ । विश्वभर खतरनाक रोगविरुद्ध बालबालिकालाई खोप लगाउँने संस्था गाभी र खोप विकास, उत्पादन र विश्वव्यापी रूपमा समानुपातिक वितरणको अभियान कोभ्याक्सले जुनसुकै खोप बनेको खण्डमा पनि नेपाललाई ६० लाख डोज दिने प्रतिबद्धता जनाएको हो। कोभ्याकसले राष्ट्रप्रमुखलाई पत्र लेखेर उक्त प्रतिबद्धता जनाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले केही समयअगाडि कोभ्याक्सले खोप बनेको खण्डमा ६० लाख डोज उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका छन् । २०१९ बाट विश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाइरसकाे अहिलेसम्म कुनैपनि औषधी तथा खाेप बनेकाे छैन ।...
प्रदेश १ मा ५६ काेराेना संक्रमित थपिए, ७४० डिस्चार्ज

प्रदेश १ मा ५६ काेराेना संक्रमित थपिए, ७४० डिस्चार्ज

स्वास्थ्य
काठमाडाैं । पछिल्लो २४ घण्टामा प्रदेश-१ मा २० महिला र ३६ पुरुष गरी ५६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । यस्तै ७४० जना डिस्चार्ज भएका छन् । प्रदेशमा अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १९, झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्ममा कूल एक लाख ७९ हजार २६९ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आज डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट ७३४ जना रहेको मन्त्रालयले जनाएको छ ।...
नेकपा नेता भुसालको कोरोनाबाट मृत्यु

नेकपा नेता भुसालको कोरोनाबाट मृत्यु

स्वास्थ्य
बाँके । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ ५ः१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुटुसम्बन्धी रोगबाट ग्रसित भुसाललाई कात्तिक ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै रहेका थिए । थप उपचारको लागि भेरी अस्पताल ल्याई भर्ना हुन जाने क्रममा उनको निधन भएको हो । मृतक भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य थिए । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भुसालको निधनले नेकपाले एक कुशल नेता गुमाएको बताए । योसँगै बाँकेमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा...
राजमाेका अध्यक्ष केसी अस्पतालबाट डिस्चार्ज

राजमाेका अध्यक्ष केसी अस्पतालबाट डिस्चार्ज

स्वास्थ्य
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि काठमाडाैंकाे मेडिसिटी अस्पतालमा उपचाररत रहेका केसी डिस्चार्ज भएका हुन् । मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि अघिल्लो मंगलबार अस्पताल भर्ना भएका केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। पेटको दीर्घकालिन रोगले ग्रस्त केसी निमोनिया र डायरियाबाट पीडित भएपछि पाटनको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। उनी अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।...
२४ घण्टामा २८७८ कोरोना संक्रमित डिस्चार्ज

२४ घण्टामा २८७८ कोरोना संक्रमित डिस्चार्ज

स्वास्थ्य
काठमाडौं । थप २ हजार ८ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । यस्तै नेपालमा आज मंगलबार थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २ हजार ८७८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ ।...
मंगलबार कुन जिल्लामा कति संक्रमित थपिए ?

मंगलबार कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ। गत २४ घण्टामा मात्र ५०२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को झापामा ६, संखुवासभामा १, सुनसरीमा १ जनामा कोरोना पाइएको छ। प्रदेश २ को धनुषामा ११, पर्सामा १, बारामा ४, महोत्तरीमा ५, रौतहटमा १ , सप्तरीमा २ , सलार्हीमा २, सिराहमा १ जनामा कोरोना भेटिएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ८९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३, चितवनमा १८, धादिङमा ३, भक्तपुरमा १२, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा ३८, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको गोरखामा २, तनहुँमा ३, नवलपरासी पूर्वमा ९, लमजुङमा २, बाग्लुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १ , गुल...