स्वास्थ्य

आज ५ हजार ६९९ जना कोरोना मुक्त भए

आज ५ हजार ६९९ जना कोरोना मुक्त भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घन्टामा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै देशभर संक्रमणमुक्त हुने कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ। आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन्। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ।...
स्वास्थ्य मन्त्रालयको चार अस्पताललाई २४ घण्टे अल्टिमेटम

स्वास्थ्य मन्त्रालयको चार अस्पताललाई २४ घण्टे अल्टिमेटम

Featured, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वटा अस्पताललाई २४ घण्टे अल्टिमेटम दिएकाे छ। मन्त्रालयका अनुसार स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न अल्टिमेटम दिइएकाे हाे। कोभिड-१९ को पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको एक महिना र पोजिटिभ रिपोर्ट आएमा ३ महिनासम्म नमुना स्टोर गरेर राख्ने कार्य नगरेकोले यी अस्पताललाई स्पष्टीकरण सोधेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी अस्पतालमा पिसिआर जाँच गरी नेगेटिभ रिपोर्ट आएपछि हङकङ, दुबई र जापान गएका व्यक्ति सम्बन्धित देशमा जाँच गर्दा पिसिआर जाँच पोजेटिभ आएको भन्दै पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो। उक्त पत्र आएपछि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। उक्त समितिले ...
काठमाडौं उपत्यकामा ९५७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा ९५७ संक्रमित थपिए

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको छ। नेपालमा आज थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ५ हजार ६९९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।...
थप १७ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु

थप १७ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु

Featured, स्वास्थ्य
काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ३ सय २१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। नेपालमा आज थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ५ हजार ६९९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।...
नेपालमा काेराेना संक्रमितकाे संख्या २ लाख २० हजार ३०८ पुग्याे

नेपालमा काेराेना संक्रमितकाे संख्या २ लाख २० हजार ३०८ पुग्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ५ हजार ६९९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३ सय २१ पुगेको छ।...
शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए?

शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए?

Featured, स्वास्थ्य
काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ६ सय ७४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, धनकुटामा ७, भोजपुरमा १, सोलुखुम्बुमा १ र सुनसरीमा ५ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा ११, बारामा ५, महोत्तरीमा ३, सप्तरीमा २, सर्लाहीमा ४ र सिरहामा ७ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५६, चितवनमा ६१, दोलखामा ३, धादिङमा १८, नुवाकोटमा ८, भक्तपुरमा ४९, मकवानपुरमा २५, रामेछापमा ४, ललितपुरमा १ सय ६५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ९, तनहुँमा ४४, नवलपरासी पूर्वमा २८, पर्वतमा...
गण्डकीमा १३९ संक्रमित थपिए, आठको मृत्यु

गण्डकीमा १३९ संक्रमित थपिए, आठको मृत्यु

स्वास्थ्य
गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं ५ का ६६ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका वडा नं ४ का ५१ वर्षीय पुरुष छन् । कास्कीको पोखरा महानगरपालिका, वडा नं ८ का ५४ वर्षीय, वडा नं ९ का ६८ वर्षीय, वडा नं १३ का ५५ वर्षीय, वडा नं १७ का २९ वर्षीय, वडा नं २१ का ७५ वर्षीय र वडा नं २७ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा कोराना संक्रमण भई मृत्यु हुनेको संख्या १३९ पुगेको छ । प्रदेशमा कूल संक्रमितको संख्या १० हजार ८२७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्मले जानकारी दिए । प्रदेशमा हालसम्म छ हजार ७४ निको भएका छन् भने सक्रिय संक्रमितको संख्या च...
कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरको सेवा एक साता स्थगित

कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरको सेवा एक साता स्थगित

स्वास्थ्य
कास्की । कर्मचमरीमा कोरोना संक्रमण देएिपछि पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा एक साताको लागि स्थगन गरिएको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा यही मङ्सिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ । महानगरका एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ । महानगरका प्रवक्ता धनबहादुर नेपालीले उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७/२८ कर्मचारी कोभिड-१९ संक्रमित भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको बताए । यसैगरी महानगरपालिकाको पशु सेवा शाखाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण र अन्य कन्ट्याक ट...
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए?

शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए?

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६, झापामा ३३, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २०, संखुवासभामा ३४, सोलुखुम्बुमा ३ र सुनसरीमा ५५ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा २४, पर्सामा १, बारामा ७, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ३ र सिरहामा १७ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ८ सय ६२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५४, चितवनमा ८७, दोलखामा १७, धादिङमा १४, नुवाकोटमा ११, भक्तपुरमा ७१, मकवानपुरमा ८, रामेछापमा ६, ललितपुरमा १ सय ७४, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ८८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रद...
काठमाडौं उपत्यकामा थपिए ११ सय ७ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ११ सय ७ संक्रमित

section, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ तथा ललितपुरमा १ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै नेपालमा शुक्रबार थप १ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ५ हजार ३६४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।...