स्वास्थ्य

पछिल्लो २४ घण्टामा ८९६० कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ८९६० कोरोना संक्रमित थपिए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर नेपालमा ८ हजार ९६० जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४ जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्। २४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ४६६ जनाको मृत्यु भएको छ। नयाँ संक्रमित थप भएसँगै एक लाख पाँच हजार २०७ जना सक्रिय संक्रमित रहेका छन्। ४९७ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर पाँच हजार ५५ जना व्यक्ति निको भएका छन्।...
पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
काठमाडौं । २४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ४४६ जनाको मृत्यु भएको छ। हिजो देशभर १६८ जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा देशभर नेपालमा ८ हजार ९६० जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४ जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्। नयाँ संक्रमित थप भएसँगै एक लाख ५ हजार २०७ जना सक्रिय संक्रमित रहेका छन्। ४९७ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर ५ हजार ५५ जना व्यक्ति निको भएका छन्।...
सासंदहरुलाई भोलीदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै

सासंदहरुलाई भोलीदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै

section, स्वास्थ्य
काठमाडौं । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारी लगायतलाई शुक्रबार (भोली) देखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइदैछ। संघीय संसद सचिवालयले एक सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाले शुक्रबारदेखि खोप लगाइने जनाएको छ। भोलिदेखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा विहान १० बजेदेखि दिउसो ४ बजेसम्म खोप कार्यक्रम संचालन हुने बताइएको छ। सभामुख, अध्यक्ष, उपाध्यक्ष लगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सदस्यहरु लगायतलाई भोलिदेखि अन्तर्राट्रिय सम्मेलन केन्द्रमा खोप लगाइने सूचनामा उल्लेख छ। दिनभित्र नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरु, स्वकीय सचिव लगायत कर्मचारीहरु, मर्यादापालक तथा सुरक्षासँग सम्बन्धित सबै कर्मचारी र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने जनाएको छ। खोप लगाउन जाँदा कोभिस...
समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै सङ्क्रमित

समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै सङ्क्रमित

स्वास्थ्य
म्याग्दी । शरीरमा अक्सिजनको कमी भएको समयमै थाहा नपाउँदा र समयमा नै अस्पतालमा गएर उपचार नगराउँदा म्याग्दीमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक सातायता म्याग्दीमा कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको बेनी अस्पतालले जनाएको छ । बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलका अनुसार कोरोनाको दोस्रो लहरसँगै बेनी अस्पतालमा उपचारका लागि आउने कोरोना सङ्क्रमितमध्ये अधिकांशको अवस्था चिन्ताजनक हुने गरेको र उनीहरुमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेको हुने भएकाले उपचारमा समस्या हुने गरेको छ । अस्पतालमा समयमा नै उपचारका लागि आउने बिरामीलाई कुनै समस्या नभएको बताउँदै अक्सिजनको मात्रा ६५ प्रतिशतसम्म भएका बिरामीलाई समेत उपचारपछि बुधबार डिस्चार्ज गरिएको डा. कँडेलको भनाइ छ । शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने डा. कँडेल ब...
पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
काठमाडौं । २४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर नेपालमा ९ हजार ३०५ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ३६२ जनाको पीसीआर विधि र ४२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ३०६ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआर विधिबाट ९ हजार २३८ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्। नयाँ संक्रमित थप भएसँगै एक लाख ६३४जना सक्रिय संक्रमित रहेका छन्। ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर चार हजार ४४४ जना व्यक्ति निको भएका छन्।...
चितवनमा कोरोनाभाइरसबाट ८ जनाको मृत्यु

चितवनमा कोरोनाभाइरसबाट ८ जनाको मृत्यु

स्वास्थ्य
चितवन । चितवनका अस्पतालहरुमा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएका उनमा २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पताल भर्ना भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । सोही अस्पतालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–७ का ७३ वर्षीय सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएकी उनमा २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका...
कोभिड शय्या र जनशक्ति थप्दै भरतपुर अस्पताल

कोभिड शय्या र जनशक्ति थप्दै भरतपुर अस्पताल

section, स्वास्थ्य
भरतपुर । भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ । अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार हाल कायम १४५ शय्यामा ५५ थप गरी २०० पु¥याउन लागिएको हो । हाल अस्पतालमा १४५ शय्या भरिएका छन्। अस्पतालको अन्य बिरामीका लागि छुट्याइएको १० शय्याको सघन उपचारकक्षलाई कोभिडका लागि छुट्याइने भएको छ । अन्य बिरामीका लागि पोष्टअपमा व्यवस्थापन गरिँदै छ । पैँतीस शय्याको अब्जर्बेशन वार्ड र क्याबिनका केही शय्या कोभिडका लागि प्रयोग गरिँदै छ । अस्पतालले माग गरेको जनशक्ति व्यवस्थापन गरी दुई दिनभित्रमा शय्या थप गरिँदै छ । यसैगरी अस्पतालले स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर १३६ जना जनशक्ति थप गरेको छ । तीमध्ये १०८ नर्स, २४ मेडिकल अफिसर, तीन रेडियोग्राफर र एक ब...
भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

Featured, स्वास्थ्य
भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ। अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ। जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ। अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भौंतारिए पनि अक्सिजन पाउन सकेनन्। मेसु डा गौतमले अक्सिजन कम्पनीदेखि सिसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन नआएपछि समस्या परेको बताइन्। सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्स...
डोटीमा १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी

डोटीमा १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी

स्वास्थ्य
डाेटी । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार सङ्क्रमितमध्ये एक हेल्थ असिस्टेन्ट तथा अन्य अनमी छन्। सङ्क्रमित स्वास्थ्यकर्मी सबैलाई होम आइसोलेशनमा राखिएका छन् । उनीहरुको अवस्था जटिल नभएको बताइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यहाँका जोरायलमा दुई, केआइसिंहमा तीन, आदर्शमा चार, बडिकेदारमा एक तथा पूर्वीचौकी गाउँपालिकामा दुई गरी १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि यहाँका नागरिकलाई उपचार सेवा पाउन सकस भएको छ । कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै सङ्क्रमण भएपछि अन्य बिरामीको उपचार...
खोप खरिदमा अनियमितता भएको छैन, झुटो नबोल्नुहोस् : स्वास्थ्यमन्त्री त्रिपाठी

खोप खरिदमा अनियमितता भएको छैन, झुटो नबोल्नुहोस् : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा अनियमितता भएको भन्दै संसदमा विपक्षी दलका नेताहरूले दिएको अभिव्यक्तिको खण्डन गर्दै नेताहरुले झुटो बोलेको आरोप लगाए । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन्। सोमबार संसदमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा नेता उपेन्द्र यादवलगायतले खोप खरिदमा अनियमितता भएकोप्रति आपत्ति जनाएका थिए । त्रिपाठीले डेटा हेरेर बोल्न र त्यो डाटा दिन आफू तयार रहेको बताउँदै झुटो नबोल्न भने। ‘बोल्न त बोल्नु तर बुझेर बोल्नुहोस्’, त्रिपाठीले भने, ‘डाटा छैन भने हामी दिन्छौँ , झुटा आत्मरतिका लागि नबोल्नुहोस् ।’भारतको सिरम कम्पनीबाट १० लाख खोप आउने चरणमा रहेको बताउँदै मन्त्री त्रिपाठीले भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएका कारण केही ढिला भएको जानकारी दिए ।...