खोप खरिदमा अनियमितता भएको छैन, झुटो नबोल्नुहोस् : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा अनियमितता भएको भन्दै संसदमा विपक्षी दलका नेताहरूले दिएको अभिव्यक्तिको खण्डन गर्दै नेताहरुले झुटो बोलेको आरोप लगाए ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन्। सोमबार संसदमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा नेता उपेन्द्र यादवलगायतले खोप खरिदमा अनियमितता भएकोप्रति आपत्ति जनाएका थिए ।

त्रिपाठीले डेटा हेरेर बोल्न र त्यो डाटा दिन आफू तयार रहेको बताउँदै झुटो नबोल्न भने। ‘बोल्न त बोल्नु तर बुझेर बोल्नुहोस्’, त्रिपाठीले भने, ‘डाटा छैन भने हामी दिन्छौँ , झुटा आत्मरतिका लागि नबोल्नुहोस् ।’भारतको सिरम कम्पनीबाट १० लाख खोप आउने चरणमा रहेको बताउँदै मन्त्री त्रिपाठीले भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएका कारण केही ढिला भएको जानकारी दिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.