स्वास्थ्य

पछिल्लो २४ घण्टामा ५७६७ जनामा संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ५७६७ जनामा संक्रमित निको भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६७ जना व्यक्ति निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४५ हजार ५२३ जना संक्रमित निको भएका छन्। आज देशभरका प्रयोगशालामा २१ हजार ६५३ जनाको पीसीआर र ४३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा नौ हजार २४७ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआरबाट नौ हजार १९८ र एन्टीजेन विधिबाट ४९ संक्रमित पुष्टि भएका छन्। २४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म पाँच हजार २१५ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ। ७०८ जना व्यक्ति क्वारेन्टाइनमा छन्।...
पछिल्लो २४ घण्टामा ९२४७ जना संक्रमित थपिए, २१४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९२४७ जना संक्रमित थपिए, २१४ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । आज देशभर ९ हजार २४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ९ हजार १९८ र एन्टीजेन विधिबाट ४९ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार २१५ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ५ हजार ७६७ जना संक्रमित निको भएका छन्। देशभर ७०८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
काठमाडौँमा कोरोनाको डरलाग्दो तथ्याङ्कः परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

काठमाडौँमा कोरोनाको डरलाग्दो तथ्याङ्कः परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

Featured, स्वास्थ्य
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । कामपाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुँइकेलले भने। सङ्क्रमण पुष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नु नपर्ने मान्यता रहे पनि कामपाको हकमा भने १४ दिनपछि निको भ...
सुदूरपश्चिममा हरेक दिन आधाभन्दा बढी व्यक्ति सङ्क्रमित

सुदूरपश्चिममा हरेक दिन आधाभन्दा बढी व्यक्ति सङ्क्रमित

Featured, स्वास्थ्य
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार १८० जनाको कोरोना भाइरसको नमूना परीक्षण भएकोमा झण्डै ५१ प्रतिशत अर्थात् पाँच हजार २३५ सङ्क्रमित भएका छन् । त्योभन्दा अघिल्लो साता नमूना परीक्षण गराएका पाँच हजार ३४६ मध्ये झण्डै ४३ प्रतिशत अर्थात् दुई हजार २९० मा सङ्क्रमण पुष्टि भएको थियो । गत एक वर्षको अवधिको सङ्क्रमणसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने हो भने अहिलेसम्म पिसिआरबाट नमूना जाँच गरिएकामध्ये झण्डै १६ प्रतिशत सङ्क्रमित भएको पाइएको छ । प्रदेशमा हालसम्म पिसिआरबाट एक लाख ६२ हजार २७८ को नमूना परीक्षण भएकामा २५ हजार ४५४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत वैशाखदेखि शुरु गरिएको एन्टिजेन परीक्षणतर्फ भने हालसम्म ३५ हजार ...
पछिल्लो २४ घण्टामा ६६४८ संक्रमित निको भई डिस्चार्ज भए

पछिल्लो २४ घण्टामा ६६४८ संक्रमित निको भई डिस्चार्ज भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेका छन्। आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
पछिल्लो २४ घण्टा १४५ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टा १४५ संक्रमितको मृत्यु

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ। आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ। आज देशभर छ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
आज देशभर ७३६८ जनामा कोरोना संक्रमण

आज देशभर ७३६८ जनामा कोरोना संक्रमण

Featured, स्वास्थ्य
काठमाडौं । आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ। आज देशभर छ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर १४५ जना संक्रमितको निधन भएको छ।...
दोस्रो चरणको कोरोनाबाट सबैभन्दा बढी युवा सङ्क्रमित

दोस्रो चरणको कोरोनाबाट सबैभन्दा बढी युवा सङ्क्रमित

Featured, स्वास्थ्य
काठमाडौं । दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ । सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अहिलेसम्मको सङ्क्रमित सङ्ख्याको २८ दशमलव नौ प्रतिशत सङ्क्रमण यस उमेर समूहमा देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका २३ दशमलव छ प्रतिशत सङ्क्रमित रहेका छन् । सङ्क्रमति हुनेमा ४१ देखि ५० वर्ष उमेर समूहका १६ दशमलव एक प्रतिशत रहेको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईँले बताए । एकाउन्नदेखि ६० वर्षसम्मका व्यक्ति १२ दशमलव दुई प्रतिशत सङ्क्रमति रहेको उनले जानकारी दिए । त्यसैगरी ६१ देखि ७० वर्षका ज्येष्ठ नागरिक छ दशमलव चार प्रतिशतमा कोरोना पोजिटिभ भएको पाइएको छ । त्यसैगरी ज्येष्ठ नागरिकतर्फकै ७१ देखि ८० वर्षको उमेर समूह तीन...
चिनियाँ खोप लगाएर संक्रमित भएकाले दोस्रो डोज लगाउन नपाउने

चिनियाँ खोप लगाएर संक्रमित भएकाले दोस्रो डोज लगाउन नपाउने

स्वास्थ्य
काठमाडौं । चैत्र २५ गतेपछि कोरोनाविरुद्धको खोप लगाएर संक्रमित भएका र लक्षण देखिएकाले दोस्रो मात्रा खोप नपाउने भएका छन्। खोप लगाएर कोरोना संक्रमण भएका र लक्षण देखिएकाहरुले परीक्षण गर्दा नेगेटिभ आएनि दोस्रो मात्रा खोप लगाउँन नपाउने काठमाडौं महानगरपालिकाले जनाएको हो । चैत्र २५ गतेदेखि ०७८ वैशाख १५ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो । जेठ २ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा दिने अभियान काठमाडौं महानगरपालिकाले जनाएको छ । जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने खोप अभियान प्रत्येक वडामा खोप केन्द्र तोकिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् ।...
लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु

लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु

स्वास्थ्य
लुम्बिनी । लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका–१ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको हो। यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका–२ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको मृत्यु भएक...