स्वास्थ्य

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २०४ जनाको पीसीआर र ४ हजार ७०९ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: ३७०३ र ८१९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ९५४ जना निको भएर घर फर्केका छन् । यसैगरी, गत २४ घण्टामा ४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको छ। यसअघि हिजो २,२९७ जनामा संक्रमण पुष्टि हुँदा ३,३१० डिस्चार्ज भएका थिए भने ४६ जनाको मृत्यु भएको थियो।...
थप ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

थप ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने

कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने

स्वास्थ्य
काठमाडौँ । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख्या ओरालो लाग्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णचन्द्र पौडेलले संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले तयारी थालेको बताए । उनले भने, ‘नेपालमा प्रवेश गर्ने बिन्दुहरूमा १०–१० जनाका दरले कर्मचारी खटाइएको छ । यस्तै, प्रवेश बिन्दुसँग जोडिएका स्थानमा १ हजार क्षमताको होल्डिङ सेन्टर व्यवस्थापनको क्रममा रहेका छांै ।’ डा. पौडेलले क्रिटिकल केयर युनिटमा जनशक्ति व्यवस्थापन गरिने बताए । स्वास्थ्य मन्त्रालयले अबको जोखिममा बालबालिका पर्न सक्ने भन्दै अस्पताललाई कुल शय्यामध्ये २० प्रतिशत बालबालिकालाई छुट्याउन पत्राचार गरिसकेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्या...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

section, स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ जनाको पीसीआर र ४ हजार ३२१ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: १,५८४ र ७१३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार १३० जना निको भएर घर फर्केका छन् । यसैगरी, गत २४ घण्टामा ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ। यसअघि हिजो २,४४२ जना संक्रमित थपिँदा ३,४५६ डिस्चार्ज भएका थिए भने ५१ जनाको मृत्यु भएको थियो।...
थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ३१३० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको छ । हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा, ८११ जना आईसीयू तथा २३७ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप ४६ जनाले कोभिड–१९ को संक्रमणबाछ ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु दर १.५ प्रतिशत रहेको छ...
ज्येष्ठ नागरिकलाई दोस्रो डोजको खोप माग गर्दै सर्वोच्चमा रिट

ज्येष्ठ नागरिकलाई दोस्रो डोजको खोप माग गर्दै सर्वोच्चमा रिट

स्वास्थ्य
काठमाडौँ । कोरोना भाइरसविरुद्दको कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकहरुलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । आज सर्वोच्चमा ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी रिट लिएर पुगेको अदालतका एक अधिकारीले बताए । गत फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित अभियानमा देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले विकास गरेको कोभिशिल्ड नामको कोरोना खोप दिइएको थियो । तर, १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने भए पनि पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् । ज्येष्ठ नागरिकलाई जेठ १५ गतेसम्म दोस्रो डोज खोप दिनुपर्नेमा अहिलेसम्म नदिएकाले ज्येष्ठ नागरिकको हक लगायतका मौलिक हक उल्लंघनको विषय लिएर सर्वोच्चमा रिट दिएको रिट निवेदनका लागि सहयोग गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।...
सातौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा बर्दियामा भर्चुल योगाभ्यास

सातौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा बर्दियामा भर्चुल योगाभ्यास

स्वास्थ्य
तारा बहादुर सुनार बर्दिया/ सातौ अन्तरािष्ट्रय योग दिवसको अवसर पारेर बर्दियामा भर्चुल योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ । “स्वास्थ्यको लागि योग ” भन्ने मुल सन्देश प्रवाह गर्न शिक्षा मन्त्रालयको निर्देशनअनुसार कोरोना महामारीको वीचमा सम्पुर्ण योग प्रेमी, संघसंस्था, आयुर्वेद अस्पतालको सहभागीतामा जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै भर्चुल माद्ययमद्धारा योगाभ्यासगरी गरिएको हो । कार्यक्रममा योग प्रशिक्षक लोकराज पाण्डेले मानिसलाई स्वस्थ्य रहने विभिन्न जनचेतनामुलक योगाभ्यासहरु गराएका थिए। जिल्ला समारोह समिति बर्दियाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता गरेका प्रमुख जिल्ला अधिकारी सन्त वहादुर सुनारले योगअभ्यासले मानिसको जीवन जिउने शैलीलाई सहज बनाउने भएकोले सवै मानिसहरुले दिनहु योग गर्नुपर्ने बताए । त्यस्तै योगाभ्यासले मानिसमा रहेको चन्चल्तापन र वैराग्यतालाई नियन्त्रण गरि शारिरिक...
भारतीय दूतावासको आयोजनामा अन्तर्राष्ट्रिय योग दिवस

भारतीय दूतावासको आयोजनामा अन्तर्राष्ट्रिय योग दिवस

स्वास्थ्य
काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले आजको दिन जारी India@75 ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरी मनाएको छ । कोभिड–१९ महामारीबीच मनाइएको यस पटकको योग दिवसको नारा “घर घरमा योग” रहेको छ । योगलाई स्तरिय ढंगबाट अभ्यास गर्न हेतु तयार परिएको एवम् भारत सरकार आयुष मन्त्रालयद्वारा स्वीकृत ‘Common Yoga Protocol’ अनुरुप दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो। योगको सन्देश र यसका फाइदाबारे सबैलाई सुसूचित गराउन योगका प्रचलित अभ्यासहरु नेपाली पाश्र्व आवाजसहित टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । यो बाहेक, योगाचार्य श्री सुनील मानसँग ‘कोभिड–१९ को समयमा योगको औचित्यता’ बारे गरिएको कुराकानी नेपालका सातै प्रदेशका दश प्रमुख रेडियो एफएम च्यानलमार्फत प्रसारण गरिएको थियो । दूतावासले भर्चु...
नेपालमा कोरोनाभाइरसको नयाँ म्युटेसन भेटियो

नेपालमा कोरोनाभाइरसको नयाँ म्युटेसन भेटियो

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के१वानए७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेशन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वा...
कोरोना भाइरस : डेल्टा भेरियन्ट हालसम्मकै खतरनाक

कोरोना भाइरस : डेल्टा भेरियन्ट हालसम्मकै खतरनाक

स्वास्थ्य
काठमाडौं। कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न खाले बन्देज समाप्त हुने भएकाले सोमबार अर्थात् जुन २१ लाई बेलायती नागरिक स्वतन्त्रताको दिन (फ्रिडम डे) का रूपमा मनाउने तयारीमा थिए। सोमबारदेखि बेलायतका हरेक व्यवसाय र जनजीवन पुरानै लयमा फर्कने अपेक्षा थियो। तर बेलायतको प्रधानमन्त्री बोरिस जोन्सनलेले जुन १४ मा आम नागरिकको अपेक्षाविपरीत नयाँ घोषणा गरे। कोरोना संक्रमितको संख्या, अस्पतालमा भर्ना हुने र सघन उपचार कक्षमा उपचार गर्नुपर्ने बिरामीको चाप बढेपछि उनले पूर्ण रूपमा लकडाउन खुला नगर्ने संकेत गर्दै भने, ‘यो मेसिन ९एक्सलेरेटर०को गतिलाई अलि कम गर्ने समय हो।’ जर्मनी, फ्रान्स तथा आयरल्यान्डलगायत अन्य युरोपेली राष्ट्रले बेलायती यात्रुलाई कडा प्रतिबन्ध लगाइसकेका छन्। ...