नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २०४ जनाको पीसीआर र ४ हजार ७०९ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: ३७०३ र ८१९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ९५४ जना निको भएर घर फर्केका छन् । यसैगरी, गत २४ घण्टामा ४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको छ।

यसअघि हिजो २,२९७ जनामा संक्रमण पुष्टि हुँदा ३,३१० डिस्चार्ज भएका थिए भने ४६ जनाको मृत्यु भएको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.