स्वास्थ्य

काठमाडौं उपत्यकमा कोरोना संक्रमित बढ्दै

काठमाडौं उपत्यकमा कोरोना संक्रमित बढ्दै

स्वास्थ्य
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २८, भक्तपुरमा २ र ललितपुरमा २ जना गरी ३२ जना संक्रमित थपिएको जानकारी दिए। काठमाडौं उपत्यकासहित बिहीबार देशभर थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज थपिएका ४७३ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ।...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

स्वास्थ्य
काठमाडौं । कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बिहीबार ४९ दिने शिशुको मृत्यु भएसँगै संक्रमितको संख्या ३१ पुगेको हो। मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनका आमा, बुवा र फुपूको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ । शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो ।...
नेपालमा काेराेना संक्रमितको साढे १४ हजार नाघ्याे

नेपालमा काेराेना संक्रमितको साढे १४ हजार नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ। बिहीबार मात्र ४७३ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ५ हजार ३२० पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३८ हजार १०९ जना रहेका छन् । आइसोलेसनमा भने १० हजार १३७ जनाको उपचार भइराखेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २ लाख ३७ हजार ७६४ छ जनाको नमूना परीक्षण भएको छ। आज रेड जोनमा कोही परेका छैनन्।...
कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्‍मेलन (लाइभ)

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्‍मेलन (लाइभ)

Featured, स्वास्थ्य
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् कोरोना भाइरस (कोभिड-१९) को नियमित अपडेट गराउँदै आएको छ। लकडाउन सुरु भएको २०७६ चैत ११ गतेदेखि सुरु भएको पत्रकार सम्मेलनलाई मन्त्रालयले निरन्तरता दिएको हो। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आएका छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। मन्त्रालयले ३० जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेको छ । पत्रकार सम्मेलन लाइभ https://www.facebook.com/489034948251696/videos/698338294351844/  ...
उच्च रक्तचाप नियन्त्रण गर्न यी उपाय अपनाउनुहोस्

उच्च रक्तचाप नियन्त्रण गर्न यी उपाय अपनाउनुहोस्

स्वास्थ्य
काठमाडौँ । आजका आम मानिसहरूलाई उच्च रक्तचाप रोग लागेको छ। उच्च रक्तचापका कारण रक्तवाहिनीमा रक्तचाप बढ्छ, जसले मानिसहरूलाई धेरै समस्या भोगाउँछ। यदि यसलाई गम्भीर रूपमा लिईएन भने समस्या गम्भीर उत्पन्न हुन्छ। यदि समयमै उपचार गरिएन भने यसले हृदयघात, स्ट्रोक र मिर्गौला विफलताको जोखिम पनि उठाउँदछ। यदि तपाईंको रक्तचाप लगातार १२०र८०० एमएमएचजी भन्दा बढि छ भने तुरुन्त डाक्टरसँग परामर्श लिनु पर्छ। उच्च बीपी भएमा औषधी खान आवश्यक छ, साथै जीवनशैली र खानामा परिवर्तन गर्न ठूलो आवश्यकता पर्छ। योग: उच्च रक्तचापका बिरामीहरूलाई पनि सामान्य व्यक्तिको तुलनामा हार्ट अटैक हुने सम्भावना बढी हुन्छ। यस्तो अवस्थामा, मानिसहरूले उच्च रक्तचापको समस्यालाई हल्का रूपमा लिनु हुँदैन। यो रोगका बिरामीहरूले योग आसन जस्तै आधो–मुखवासनासन, शवासन र शीतली प्राणायामबाट लाभ लिन सक्दछन्। रक्तचाप कम गर्नका साथै अस्थिरता, तनाव, क...
यौन दुर्ब्यवहारको आरोप लागेपछि साम्राज्ञीलाई भुवन केसीले फर्काए कडा जवाफ

यौन दुर्ब्यवहारको आरोप लागेपछि साम्राज्ञीलाई भुवन केसीले फर्काए कडा जवाफ

स्वास्थ्य
काठमाडौँ । साम्रज्ञीले आफूमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि नायक भुवन केसीले जुन थालमा खायो त्यही थालमा दुलो पारेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस अपडेट गर्दै केसीले साम्रागीलाई भिडियोमा गरेको अभिनय फिल्ममा गर्न सुझाव दिएका छन् । साम्रागीले केसीलाई यौन पिपासु भएको बताएसँगै उनी क्रोधले उत्तेजीत भएको देखिन्छ । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छनु , ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’...
कसरी बढ्याे ९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण जाेखिम ?

कसरी बढ्याे ९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण जाेखिम ?

सुदूरपश्चिम प्रदेश, स्वास्थ्य
काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । “सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्”, उनले भने । कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५७३ महिला सङ्क्रमित छन् । रासस...
कुन-कुन जिल्लामा थपिए काेराेना संक्रमित?

कुन-कुन जिल्लामा थपिए काेराेना संक्रमित?

स्वास्थ्य
काठमाडाैं । काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस (कोभिड- १९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १२ तथा ललितपुर र भक्तपुरमा १/१ जना गरी १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यससँगै कोभिड- १९ संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नयाँ संक्रमित कुन जिल्लामा कति ? बाजुरा ५१ डोटी ३० महोत्तरी २९ अछाम २८ सप्तरी २५ दाङ २१ पाल्पा १८ काठमाडौं १२ सिरहा १० कास्की ९ रुकुम पश्चिम ८ सर्लाही ८ अर्घाखाँची ७ रौतहट ७ तनहुँ ६ कैलाली ५ झापा ५ स्याङ्जा ४ बैतडी ४ दैलेख ३ संखुवासभा ३ धनुषा ३ डडेल्धुरा ३ लमजुङ ...
नेपालमा कोरोना संक्रमितको संख्या साढे १३ हजार नाघ्याे

नेपालमा कोरोना संक्रमितको संख्या साढे १३ हजार नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं- मंगलबार एकै दिन थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १३ हजार ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १३ हजार ५६४ पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये महिला ९ र पुरुष ५१ रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३१९४पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।...
नेपालमा बनाइएकाे काेराेनाकाे औषधि परीक्षणको तयारी

नेपालमा बनाइएकाे काेराेनाकाे औषधि परीक्षणको तयारी

स्वास्थ्य
काठमाडौं। कोरोना संक्रमणको औषधि पहिचान र उपचार पद्धतिलाई सहज बनाउन विश्वले नै विभिन्न औषधिको परीक्षण गर्दै आइरहेका बेला नेपालले पनि कोरोना संक्रमितलाई विभिन्न प्रकारको औषधि परीक्षण गर्ने भएको छ । विश्व स्वास्थ्य संगठन तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा सरकारले तोकेका कोरोना अस्पतालमा कोरोना संक्रमण भई उपचार गराइरहेका बिरामीमा औषधि परीक्षण गर्ने तयारीमा नेपाल जुटेको छ । नेपालले परीक्षण गर्न लागेका औषधिहरु अन्य रोग लागेका बेला प्रयोगमा आइरहेका र कोरोना संक्रमणलाई न्यूनीकरणमा के कतिको प्रभावकारी हुन्छ भन्नेबारेमा अध्ययन अनुसन्धानकै लागि उद्देश्यले प्रयोग गर्न लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले बताए। कोरोना संक्रमितमा परीक्षण गरिन लागेका औषधिहरु विश्व स्वास्थ्य संगठनले स्वीकृत दिएको इबोला रोगविरुद्ध प्रयोग हुने रेम्डेसिभिर, एचआईभी एड...