स्वास्थ्य

काठमाडाैं उपत्यकामा आज कति थपिए काेराेना संक्रमित?

काठमाडाैं उपत्यकामा आज कति थपिए काेराेना संक्रमित?

स्वास्थ्य
काठमाडाैं । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाभित्रका काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यसैबीच पछिल्लाे २४ घण्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा २२० महिला र ५९८ पुरूष गरी थप ८१८ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।...
नेपालमा काेराेना संक्रमितकाे संख्या ३२ हजार नजिक

नेपालमा काेराेना संक्रमितकाे संख्या ३२ हजार नजिक

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कहाँका हुन् भन्ने खुलाइएको छैन । कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।...
नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्याे

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्याे

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघेकाे छ। पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यति संख्या पुगेकाे हाे। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ११७ जना पुगेको छ। पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ३५० उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ११ जना संक्रिमतको मृत्यु भएको हो।...
काठमाडौं उपत्यकामा आज सबैभन्दा धेरै थपिए काेराेना संक्रमित

काठमाडौं उपत्यकामा आज सबैभन्दा धेरै थपिए काेराेना संक्रमित

Featured, स्वास्थ्य
काठमाडाैँ। काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै सबैभन्दा धेरै काेराेना संक्रमित भेटिएका छन्। काठमाडौं उपत्यकामा आज २१६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ। पछिल्लो २४ घन्टामा काठमाडौंमा १६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।...
परीक्षणमा रहेको चिनियाँ खोप नेपालमा रहेका चिनियाँ कामदारलाई मात्रै कि नेपालीलाई पनि?

परीक्षणमा रहेको चिनियाँ खोप नेपालमा रहेका चिनियाँ कामदारलाई मात्रै कि नेपालीलाई पनि?

section, स्वास्थ्य
एजेन्सी। कोभिड-१९ विरूद्ध चीनमा तेश्रो चरणको परीक्षणमा रहेको खोपलाई नेपालमा पनि परीक्षणका लागि अनुमति दिने विषयमा छलफल अघि बढिरहेको अधिकारीहरूले बीबीसीलाई बताएका छन्। स्वास्थ्य मन्त्रालय हुँदै आएको उक्त प्रस्तावमा पश्चिम नेपालमा रहेको एउटा सिमेन्ट कारखानामा कार्यरत चिनियाँहरूमा सो खोपको परीक्षण गराउने प्रस्ताव गरिएको बीबीसीले थाहा पाएको छ। अघिल्लो साता स्वास्थ्य मन्त्रालयले उक्त विषयबारे परराष्ट्र मन्त्रालयमा पत्र पठाएको र त्यसबारे परराष्ट्र र नेपालमा औषधि तथा खोपहरूको परीक्षणको नियमन गर्ने निकाय राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्‌बीच कुराकानी भइरहेको बुझिन्छ। एक जना विज्ञले हालसम्म उपचार फेला नपरिसकेको कोभिड-१९ को खोप, उपचार र परीक्षण तीनवटै क्षेत्रमा भइरहेका अनुसन्धानमा नेपालले साझेदारी गर्नुपर्ने र जनस्वास्थ्य मापदण्ड पालना गरेर गराइने त्यस्ता परीक्षणमा नेपाली नागरिकहरूलाई पनि सहभाग...
पीसीआर टेस्टमा सरकारले कति खर्च गर्याे?

पीसीआर टेस्टमा सरकारले कति खर्च गर्याे?

स्वास्थ्य
काठमाडाैं । सरकारले शुक्रबारसम्म आरटी पीसीआर टेस्टमा मात्रै ३ अर्ब १८ करोड बढी खर्च गरेको छ । शुक्रबारसम्म जम्मा ५ लाख ७९ हजार ८९९ टेस्ट भएकोमा त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एउटा पीसीआर टेस्टका लागि सरकारको ५ हजार ५०० खर्च हुने गरेको भन्दै हालसम्म ५ लाख ७९ हजार ८९९ टेस्ट हुँदा रकम खर्च भएको जानकारी दिए । उनका अनुसार यसमा पीपीई, मास्कलगायतको खर्च जोडिएको छैन । गौतमले ३ अर्ब १८ करोड बढी खर्च गरेर हालसम्म ३० हजार ४सय ८३ जनामा पोजेटिभ केस पाइएको भन्दै यस हिसावले एक जना संक्रमित भेट्टाउन सरकारको १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च भएको पनि जानकारी दिए । यसबाहेक संक्रमित पुष्टि भएपछि पनि उपचारमा ठूलो धनराशी खर्च हुने भन्दै कोरोनाबाट बच्न सरकारले बनाएको मापदण्ड अनिवार्य पालना गर्न अनुरो...
निषेधाज्ञामा पनि काठमाडौंमा बढ्दै काेराेना संक्रमित, आज कति थपिए?

निषेधाज्ञामा पनि काठमाडौंमा बढ्दै काेराेना संक्रमित, आज कति थपिए?

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४२ जना नयाँ संक्रमित थपिएका छन् भने ललितपुरमा २५ र भक्तपुरमा १५ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर ८ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय ५० जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा हालसम्म ३० हजार ४ सय ८३ संक्रमित पुगेका छन् भने ती मध्ये १८ हजार २ सय १४ जना डिस्चार्ज भएका छन् ।...
नेपालमा काेराेना संक्रमितकाे संख्या ३० हजार नाघ्याे

नेपालमा काेराेना संक्रमितकाे संख्या ३० हजार नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज शुक्रबार थप  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा २९२ महिला र ५४६ पुरूष गरी थप ८३८ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १३७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।...
नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या १७ हजार ९६४ पुग्याे

नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या १७ हजार ९६४ पुग्याे

स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २६४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १७ हजार ९६४ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल संक्रमित मध्ये ६१ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । संक्रमण मुक्त हुनेहरूमा प्रदेश-१ मा १ हजार १४४ जना, प्रदेश-२ मा ३ हजार ८७७, वाग्मती प्रदेशमा ७२४, गण्डकी प्रदेशमा १ हजार ५७५, प्रदेश-५ मा ४३२८, कर्णाली प्रदेशमा १ हजार ९७० र सुदूरपश्चिम प्रदेशमा ४ हजार ३४६ जना रहेका छन् । यसैबीच नेपालमा आज थप ७०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १२६ जनाको मृत्यु भएको छ ।...
कोरोनाबाट रुपन्देही र बारामा एक/एक जनाकाे मृत्यु

कोरोनाबाट रुपन्देही र बारामा एक/एक जनाकाे मृत्यु

स्वास्थ्य
काठमाडाैं । रुपन्देहीमा कोरोना भाइरसकाे संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाकाे देवदह नगरपालिकाका एक व्यक्तिको बुधबार कोरोना पोजिटिभ नतिजा आएको र बिहीबार मृत्यु भएको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले जानकारी दिए । नगरपालिकाको वडा नम्बर ३ निवासी ७० वर्षीय पुरुष पहिलेबाट नै अन्य रोगको बिरामी रहेकाले परिवारले उपचार गराइरहेको थियो । गत शनिबार पुन: व्यथाले च्यांपेपछि उनलाई देवदह मेडिकल कलेजमा लगिएको थियो । आईसियुमै राखेर उपचार गरिएका उनको मंगलबार स्वाब परीक्षणका लागि पठाइएको र बुधबार रिपोर्ट पोजिटिभ आएको प्रमुख केसीले जनाए । मृतकमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत रहेको थियो । केही दिन अघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गराएका उनको देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यस्तै बाराकाे कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको पन...