बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए?
काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ। गत २४ घण्टामा ७ सय ७ जना थपिएसँगै कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
५२ जिल्लाका १ सय ९२ महिला र ५ सय १५ महिला गरी ७ सय ७ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। यसअघि बुधबार ३९ जिल्लामा मात्र कोरोना संक्रमित भेटिएका थिए।
प्रदेश १ को ६ जिल्लामा ३७ जना संक्रमित भेटिएका छन्। उदयपुरमा ४, झापामा १, तेह्रथुममा ९, धनकुटामा १, मोरङमा ९ र सुनसरीमा १३ जना संक्रमित भेटिएका छन्।
प्रदेश २ को ८ जिल्लामा २ सय ४८ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। धनुषामा ३१, पर्सामा ५५, बारामा ८, महोत्तरीमा १५, रौतहटमा ६, सप्तरीमा १९, सर्लाहीमा ९३ र सिरहामा २१ जना संक्रमित भेटिएका छन्।
बागमती प्रदेशमा कोरोना संक्रमित पुष्टि हुनेको संख्या २ सय ३६ पुगेको छ। ग...








