पार्टीलाई सही नीति र विधिमा चलाउनुपर्छ : झलनाथ खनाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी सही नीति, विधि, पद्धतिमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
पार्टी एकताको दुईवर्ष पूरा भएको सन्दर्भमा वक्तव्य निकालेर उनले सुदृढ एकताका लागि आह्वान गरेका हुन् । नेकपा एकता भएको आजै दुई वर्ष पूरा भएको छ । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी एकीकरण भएर नेकपाको पादुर्भाव भएको थियो ।
“हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरू तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकीकरण गर्यौंैं । आम निर्वाचन सम्पन्न गयौंैं । संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय सरकार गठन गर्यौंं । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार सञ्चालित छ र यो सरकारको माध्यमबाट हामीले सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने अभियानलाई अगाडि बढाइरहेका छौं । यी असाधारण उपलब्धीहरू हुन । तर इतिहासले हाम्रो का...








