राजनीति

एकैदिन ५७ जनामा काेराेना देखिएपछि ओलीले भने-‘लकडाउनमा अब कुनै सम्झौता हुँदैन’

एकैदिन ५७ जनामा काेराेना देखिएपछि ओलीले भने-‘लकडाउनमा अब कुनै सम्झौता हुँदैन’

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कडाइ नगरे परिस्थिति नियन्त्रण बाहिर जाने बताएका छन्। सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि समेत व्यक्त गरे। प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताए। मन्त्रिपरिषद्को मंगलबारको बैठकमा प्रधानमन्त्री ओली अहिलेको अवस्थालाई लकडाउन भनिँदैन भन्दै कडारुपमा प्रस्तुत भए । एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका छन् । बैठकमा लकडाउनबारे कुनै एजेण्डा थिएन । तर, प्रधानमन्त्री पछिल्लो तीन दिनयता काठमाडौंमा देखिएको दृश्यबाट असन्तुष्ट देखिएका छन् । उनले यस्तोलाई लकडाउन भनिँदैन भन्दै पछिल्ला संक्रमणको संख्याले ...
‘बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन’

‘बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन’

राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने भन्दै यसका लागि भारतसँग वार्ता गर्नुपर्ने बताएको एक मन्त्रीले बताए । 'यो भारतसँग कुरा गरेर, वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय हो । यो आवेशमा आएर, बाटोमा उफ्रिएर समाधान हुने कुरा होइन,' प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती मन्त्रीले भने, 'यस विषयमा बोल्दा तथ्यपरक भएर कुरा बुझेर मात्रै बोलौं ।' बैठमा उनले मन्त्रीहरुलाई यस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, तथ्यांक र प्रमाण भएका कुरामात्रै बोल्न पनि निर्देशन दिएका थिए । भूमिसुधार मन्त्री पद्मा अर्यालले हालै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा कहिल्यै नभएको भनेको विषयमा विवाद उत्पन्न भएको थियो । सोमबारको संसदीय समितिमा स...
मन्त्रिपरिषदमा प्रधानमन्त्रीको प्रश्न– काठमाडौंमा लकडाउन छ र ?

मन्त्रिपरिषदमा प्रधानमन्त्रीको प्रश्न– काठमाडौंमा लकडाउन छ र ?

राजनीति
काठमाडौं । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकमा प्रधानमन्त्री ओली अहिलेको अवस्थालाई लकडाउन भनिँदैन भन्दै कडारुपमा प्रस्तुत भए । एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका छन् । ‘काठमाडौंमा लकडाउन छ र ?’ भन्दै आफ्नो कुरा राख्न थालेका प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले अनलाइनखबरसँग भने, ‘यसलाई लकडाउन भनिँदैन । आर्थिक गतिविधि र व्यवसाय सिद्धिने भए भन्ने नाममा लकडाउन खुकुलो भएपछि कुनै अर्थ हुन्न । जीवन रहे अर्थतन्त्र पनि जोगिएला । सुनको बाक्...
चीनबिरुद्ध पनि काठमाडौंमा प्रदर्शन

चीनबिरुद्ध पनि काठमाडौंमा प्रदर्शन

राजनीति
काठमाडाैँ । चिनियाँ हस्तक्षेपको विरोध र नेविसंघका पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै राजधनीको बालाजु क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरिएकाे छ । नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका–४ को आयोजनामा लोलाङदेखि बाइपाससम्म मसाल जुलुससहित विरोध प्रदर्शन गरिएको हो । नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको विरोध प्रदर्शनमा नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका वडा नम्बर ४ का सभापति मनोज राना, महासमिति सदस्य डिल्लिराम सापकोटा ,वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल ,विद्यार्थी नेताहरु सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारी स्थानीय नेताहरु देविराज छत्कुल्ली ,खड्गबहादुर थापा,कृष्ण अधिकारी ,रामशरण अधिकारी ,टेकनाथ दाहाल लगायतको उपस्थिति रहेको थियो । चीनले सर्वाेच्च शिखर सगरमाथा आ...
सगरमाथाबारे भ्रम छरेको भन्दै नेपालमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

सगरमाथाबारे भ्रम छरेको भन्दै नेपालमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

राजनीति
सिन्धुली । चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेकाे भन्दै ट्वीट गरेको विषयलाई लिएर सिन्धुलीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् । सिन्धुलीको भिमानमा डा. केशव पौडेलको नेतृत्वमा जागरुक युवाहरुको समूहले चिनीयाँ राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । नेपालको झण्डा बोकेका युवाहरुले राष्ट्र र राष्ट्रियताको नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरे । केही दिन अघि चीनको सरकारी मिडियाले सगरमाथा चीनको भूमिमा रहेका उल्लेख गर्दै ट्वीट गरेको थियो । २ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटरमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो । सो विषयलाइ लिएर नेपालीहरुले समेत सामाजिक सञ्चालमा चीनको विरोध जना...
प्रधानमन्त्रीले नेकपाका सांसदलाई पठाए यस्ताे पत्र

प्रधानमन्त्रीले नेकपाका सांसदलाई पठाए यस्ताे पत्र

राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत निर्देशन दिएका छन् । उनले नेकपाका सबै सांसदलाई पत्र लेख्दै संसद् बैठकमा सक्रिय, समझदारीपूर्ण र एकताबद्ध प्रयाससहित अघि बढ्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बस्न नसकेपछि लिखित पत्रमार्फत सांसदलाई यस्तो निर्देशन दिएका हुन् । नेकपा सांसदलाई दिइएको निर्देशनमा संसद् बैठकमा पार्टीको एकता र विषयगत एकरूपता स्पष्ट रूपमा देखिनुपर्ने भनिएको छ । ‘संसद्का दुवै सदनका बैठक छोटो, छरितो र मर्यादित एवं विषय केन्द्रित हुनुपर्ने र संसद्मा हाम्रो दलको एकता र विषयगत एकरूपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरूले बुझनुभएको छ,’ प्रधानमन्त्री ओलीले लेखेको पत्रमा उल्लेख छ । कोरोना भाइरस (कोभिड–१९) का क...
एसईई खारेज गरौं : पूर्व प्रधानमन्त्री

एसईई खारेज गरौं : पूर्व प्रधानमन्त्री

राजनीति
काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न सरकारसँग माग गरेका छन् । संघीय संसदको बजेट अधिवेसनमा बोल्दै उनले शुक्रबार यस्तो बताएका हुन् । माध्यमिक शिक्षाको अधिकार स्थानीय तहमा गइसकेको तथा माध्यमिक शिक्षाको अन्तिम खुड्किलो कक्षा १२ को परीक्षा भएकोले केन्द्रबाट नियन्त्रण गरेर यो परीक्षा सञ्चालन गर्नुको औचित्य नभएको उनले बताए । कोभिड १९ को संक्रमण त्रासका कारण अहिले एसईई रोकिएको छ । तर विद्यार्थीहरुमा परीक्षाको कारण मानसिक तनाव दिएको उनले बताए । औचित्य नरहेको परीक्षा सञ्चालन गर्नुको अर्थ नरहेको उनको भनाइ थियो । कोभिड १९ को त्रासमा रहेका विद्यार्थीलाई लकडाउन खुल्ने बित्तिकै परीक्षा हुन्छ भन्दै वर्तमान शिक्षामन्त्रीले भाषणा गरेर थप त्रास सिर्जना गरेको उनले आरोप लगाए । कोभिड १९ को त्रासका कारण स्थगित भएपछि पछिल्लो समय एसईई आन्तरिक मू...
विपक्षी दलद्वारा सरकारको कडा आलोचना, बाबुराम भट्टराईले मागे प्रधानमन्त्रीको राजीनामा

विपक्षी दलद्वारा सरकारको कडा आलोचना, बाबुराम भट्टराईले मागे प्रधानमन्त्रीको राजीनामा

Featured, राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसकेको बताएको छ । कोरोना संक्रमणको विषम परिस्थितिमा पनि भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा संलग्न हुनु तथा सांसद जस्तो आवाञ्छित र अपराधिक गतिविधिमा संलग्न हुनुले सरकारको नैतिक र राजनैतिक आधार गुमेको निष्कर्ष कांग्रेसको छ । त्यसैगरी कांग्रेसले सकरारको अधिनायकवादी नियत विरुद्ध निरन्त लड्ने चेतावनी पनि दिएको छ । संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताएका हुन्। उनले भने “विषम परिस्थितिमा भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्...
स्थायी कमिटी सदस्यहरू प्रचण्डलाई भेटेर बुझाए ६ वटा एजेण्डा

स्थायी कमिटी सदस्यहरू प्रचण्डलाई भेटेर बुझाए ६ वटा एजेण्डा

राजनीति
काठमाडाैँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका असन्तुष्ट स्थायी कमिटी सदस्यले आज साँझ कार्यकारी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालयमा भेला भएका १८ जना स्थायी कमिटी सदस्यले साँझ खुमलटार गएर प्रचण्डलााई छिटो भन्दा छिटो स्थायी कमिटी बैठक राख्न माग गरेको १ स्थायी कमिटी सदस्यले बताए । बिहीबार भएको भेलाले स्थायी कमिटीका एजेण्डा पनि तय गरेको खुमलटार पुगेका १ स्थायी कमिटी सदस्यले बताए । उनले भने, ‘बिहीबारको भेलाले स्थायी कमिटीका बैठकका एजेण्डा पनि तय गरेका छन्, जुन एजेण्डा हामीले अध्यक्ष कमरेडलाई बुझाएका छौँ ।’ प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर बैठक छिट्टैै बोलाउने आश्वासन दिएको ती सदस्यले बताए । उनले भने, ‘अध्यक्षलाई भेटेर हामीले बैठक नबस्नुको कारण र कहिले बस्छ भनेर सोधेका थियौँ । उहाँले अर्का अध्यक्षसँग छलफल गरेर छिट्टै बोलाउ...
मंसिर ४ मा भएको सहमतिअनुसार अघि बढ्ने ओली-प्रचण्डको निष्कर्ष

मंसिर ४ मा भएको सहमतिअनुसार अघि बढ्ने ओली-प्रचण्डको निष्कर्ष

Featured, राजनीति
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मंसिर ४ गते भएको सहमतिअनुसार अघि बढ्ने गरी समझदारी गरेका छन्। बालुवाटार स्राेतका अनुसार ओली र प्रचण्डबीच सरकार र पार्टी सञ्चालनमा परामर्श गरेर जाने सहमति भएकाे हो। शनिवार सचिवालय बैठक बस्नुअघि प्रचण्ड र ओलीबीचको भेटमा यसअघि भएको कार्यविभाजनलाई पालना गर्ने सहमति भएको थियो। उक्त समझदारीलाई सचिवालय बैठकबाट थप प्रतिवद्धता जनाउँदै स्थायी समितिबाट पनि अनुमोदन गर्ने सहमति दुई नेताबीच भएको छ। मुख्यत: मंसिर ४ गतेको सम्झौता पालना गर्ने र सरकार र पार्टी सञ्चालन परामर्शमा गर्ने समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमवार प्रधानमन्त्री निवास बालुवाटरमा भएको दुवै जनाबीच वार्ता भएकाे हाे। पछिल्लोपटक ओली एकलौटी ढंगले अघि बढेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गर्द...