राजनीति

विदेशमा अलपत्र नागरिकबारे ठाेस निर्णय लिँदै सरकार

विदेशमा अलपत्र नागरिकबारे ठाेस निर्णय लिँदै सरकार

राजनीति
काठमाडाैँ। भारतसहित तेस्राे मुलुकमा अलपत्र परेका नेपाली नागरिकबारे ठाेस निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेकाे छ। भारतसहित विभिन्न देशमा रहेका नेपालीहरुलाई देशभित्र ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक साँझ ६ बजे बस्ने भएको हाे । लकडाउनपछि भारत लगायतका देशमा ठूलो संख्यामा नेपालीहरु अड्किएका छन् । बंगलादेश लगायतका देशमा रहेका विद्यार्थीहरुले आफूहरुको उद्दारका लागि सरकारलाई आग्रह गर्दै आएका छन् । यसैबारे छलफल गर्न मन्त्रिपरिषद् बैठकभन्दा अघि रक्षा मन्लायलमा मन्त्रीहरुको बेग्लै छलफल पनि हुँदैछ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तथा कृषि मन्त्री घनश्याम भुसाललगायत यो छलफलमा सहभागी हुँदैछन् ।...
‘सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन’

‘सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन’

राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा आएको छ मलाई लाग्छ त्यो नेपालको राष्ट्रियताको लागि, मधेसको जनताको लागि हितकर छैन’ सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले भने । केही दिनअघि पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सधैँ विवाद गरिरहनु भन्दा सीमामा तारबार वा पर्खाल लगाउन आवश्यक रहेको बताएका थिए । कतिपय सांसदले सीमामा तरबार लगाउने र पर्खाल लगाउने भए आफ्नो तलब दिने घोषणासमेत गरिरहेका छन् । त्यसप्रति लक्षित गर्दै नेता यादवले मधेसी जनताको राष्ट्रियतामाथि प्रश्न नउठाउन आग्रह गरे । ‘५८ प्रतिशत तराई मधेशको भूभागमा त्यहाँको मधेसी जनताले खुन बगाउँछ । पसिना बगाउँछ । हामी त्यहाँ लड्...
सांसद अपहरण प्रकरण: संसदमै आरोप प्रमाणित गर्न चुनाैती

सांसद अपहरण प्रकरण: संसदमै आरोप प्रमाणित गर्न चुनाैती

राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफु माथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् । प्रतिनिधिसधभाको सोमबारको बैठकमा बोल्दै उनले सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको बताए । उनले भने, ‘केही हप्ता अगाडि यहाँ सांसद अपहरणका कुराहरु आए र म लगायत माननीय महेश बस्नेतसमेतको चरित्र हत्या गर्ने काम भयो । सम्पुर्ण माननीयहरुलाई साक्षी राखेर म भन्न चाहन्छु । अपहरणको आरोप लगाउनेहरुलाई म चुनौति दिन चाहन्छु । यदि प्रमाणित भयो भने सबै माननीयहरुको अगाडि म झुण्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ?’ विवादास्पद अध्यादेशसंगै पार्टी फुटाउने षडयन्त्र अनुसार, प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सांसद डाक्टर सुरेन्द्र यादवलाई सर्लाहीबाट अपहरण गरी काठमाडौं ल...
सांसद अपहरण प्रकरण: ‘यदि प्रमाणित भए म झुण्डिएर मर्न तयार छु’

सांसद अपहरण प्रकरण: ‘यदि प्रमाणित भए म झुण्डिएर मर्न तयार छु’

राजनीति
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफु माथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । प्रतिनिधिसधभाको सोमबारको बैठकमा बोल्दै उनले सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको बताए । उनले भने, ‘केही हप्ता अगाडि यहाँ सांसद अपहरणका कुराहरु आए र म लगायत माननीय महेश बस्नेतसमेतको चरित्र हत्या गर्ने काम भयो । सम्पुर्ण माननीयहरुलाई साक्षी राखेर म भन्न चाहन्छु । अपहरणको आरोप लगाउनेहरुलाई म चुनौति दिन चाहन्छु । यदि प्रमाणित भयो भने सबै माननीयहरुको अगाडि म झुण्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ?’...
‘महासंकटका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त’

‘महासंकटका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त’

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले महासंकटका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कोइरालाले यस्तो आरोप लगाएका हुन्। सरकार काण्डैकाण्डले छताछुल्ल अवस्थामा पुगेको बताउँदै भने, 'यति काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड तथा संसद अपहरणजस्ता काण्डहरु छताछुल्लै छन् ।' कोइरालाले संसदमा दिएको मन्तव्यको सम्पादित अंश...
संसदमै भीम रावलद्वारा कांग्रेस सभापति देउवाकाे अभिव्यक्तिको खण्डन

संसदमै भीम रावलद्वारा कांग्रेस सभापति देउवाकाे अभिव्यक्तिको खण्डन

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले संसदमै प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिको खण्डन गरेका छन् । सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता रावलले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट छिटो पास गर्नुपर्छ भन्ने अभिव्यक्तिको खण्डन गरेका हुन् । साेही क्रममा उनले सभापति देउवालाई महाकाली सन्धि समेत सम्झाए। ‘एक जना नेताले यहाँ भन्नुभयो यो पारित गर्नपर्छ । छिटो गर्नुपर्छ भनेर नेपाली कांग्रेसका नेताले । उहाँले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । महाकाली सन्धिको पुनरावलोकन हुनुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यसको न पुनरावलोकन भयो न कार्यान्वयन भयो,’ रावलले भने । आइतबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सभापति देउवाले एमसीसीलाई...
कहिले हुन्छ नेपाल-भारत सीमा वार्ता?,भारतले दियाे जवाफ…

कहिले हुन्छ नेपाल-भारत सीमा वार्ता?,भारतले दियाे जवाफ…

राजनीति
काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै वार्ता गर्ने अनौपचारिक जानकारी दिएको छ। भर्चुअल वार्ताका बारेमा नेपालले राखेको प्रस्तावलाई भने भारतले अस्वीकार गर्दै यो विषय बसेर छलफल गर्नुपर्ने स्पष्ट पारेको छ। ‘अन्तर्राष्ट्रिय उडान खुलेको एक दुई दिनमा नै हामी वार्तामा बस्नेछौं’, भारतको अनौपचारिक धारणा उद्धृत गर्दै परराष्ट्रका एक अधिकारीले जानकारी दिँदै भने, ‘नेपाल-भारत सीमाको अधितम विषय वार्ताबाट नै समाधान भएकाले विवाद रहेको सुस्ता र कालापानी क्षेत्र बारे हामी पुनः वार्ता गरी टुंगोमा पुग्नुपर्छ।’ भारतीय पक्षले लामो समय लगाएरै भए पनि वार्ताका लागि सकारात्मक जवाफ दिनुल...
फेरि बढ्याे १५ दिन लकडाउन

फेरि बढ्याे १५ दिन लकडाउन

राजनीति
काठमाडौं । सरकारले लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब जेठ २० गतेसम्म लकडाउन हुने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो । सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९१ जना पुगेको छ भने दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ।...
‘पूरानै असफल नीति तथा कार्यक्रम यसपटक पनि सरकारले ल्याएयाे’

‘पूरानै असफल नीति तथा कार्यक्रम यसपटक पनि सरकारले ल्याएयाे’

राजनीति
काठमाडाैँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगत दुई वर्षका नीति तथा कार्यक्रम पढ्न आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम छलफलमा भाग लिँदै देउवाले पूरानै असफल नीति तथा कार्यक्रम यसपटक पनि ल्याइएको बताए। ‘नीति तथा कार्यक्रममा आफ्नो प्रशंसा आफैं गरिएको छ,’ देउवाले भने, ‘विगतकै कतिपय नीति तथा कार्यक्रम दोहोरिएका छन्।’ उनले प्रधानमन्त्रीलाई पुन: विगत दुई वर्षका नीति तथा कार्यक्रम पढ्न आग्र गरे। ‘दुई वर्षका नीति तथा कार्यक्रम पुन: एकपटक पढ्न आग्रह गर्छु,’ देउवाले भने, ‘दुई वर्षका नीति तथा कार्यक्रम हेरेर सरकार आफैं लज्जित हुनुपर्ने अवस्था छ।’ पहिलेका नीति तथा कार्यक्रममा गौतमवुद्ध विमानस्थल एक वर्षभित्र बनिसक्ने लगायत योजना रहे पनि अहिलेसम्म ती योजना पूरा नभएको देउवाले बताए।...
आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

राजनीति
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकले लकडाउनबारे निर्णय गर्नेछ । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । संक्रमित संख्या २ सय ९१ पुग्दा १ जनाको मृत्यु भइसकेको छ । त्यसकारण सरकारले कम्तिमा १० दिन लकडाउन बढाउने तयारी गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । यसअघि केही स्थानमा लकडाउन खुकुलो पारिएको थियो । तर, संक्रमिट बढ्दै गएपछि देशभर लकडाउनमा कडाइँ गरिएको छ । नेपालमा पटकपटक गरेर थपिएको लकडाउनको म्याद सोमबार सकिँदैछ ।...