राजनीति

परराष्ट्रमन्त्री र युरोपेली युनियनकी राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री र युरोपेली युनियनकी राजदूतबीच भेटवार्ता

राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपालको लागि युरोपेली युनियनकी राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएकाे छ । परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न उनी आज परराष्ट्र मन्त्रालय पुगेकी थिइन् । भेटमा नेपाल र युरोपेली युनियनका आपसी हित सम्बन्धमा छलफल भएको बताइएकाे छ।
कित्ताकाट फुकुवा गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन

कित्ताकाट फुकुवा गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन

राजनीति
काठमाडौं । संसदीय समितिले जग्गाकाे कित्ताकाट खुला गर्नेसम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगराउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले भू-उपयोग ऐन २०७६ कार्यान्वयन नहुँदसम्म अथवा तत्काल नियमावली बनाएर ऐन कार्यान्वयन गर्दासम्म कित्ताकाटसम्बन्धी कुनै पनि निर्णय कार्यान्वनयन गर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति रामनारायण विडारीले कित्ताकाट सम्बन्धी कुनै पनि द्विविधायुक्त कुरा परिपत्र र आदेशका आधारमा नगर्न दिर्नेशन दिए । नियमावली नबनाई कित्ताकाट गर्न सकिने निर्णय सरकारले गरेपछि समितिले मन्त्री अर्याललाई बोलाएर छलफल गरेको हो । छलफलमा मन्त्री पद्मा अर्यालले जग्गा कारोबारका नाममा हुने आर्थिक चलखेललाई रोक्न कित्ताकाट फुकुवा गर्नुपरेको बताइन् । सरकारको निर्णय पनि अहिले सर्वोच्च अदालतम...
‘आर्थिक चलखेल राेक्न जग्गाको कित्ताकाट फुकुवा’

‘आर्थिक चलखेल राेक्न जग्गाको कित्ताकाट फुकुवा’

राजनीति
काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णयसँगै आर्थिक चलखेल राेकिने विश्वास व्यक्त गरेकाे छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गा सम्बन्धि कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको बताएकी छिन् । ऐन कार्यान्वयनमा नआउँदा जग्गा कारोबारमा आर्थिक चलखेल हुने क्रम बढेकाले त्यसलाई रोक्न कित्ताकाट खुला गरिएको उनले बताएकी हुन् । भू–उपयोग ऐन २०७६ समयमै कार्यान्वयन गर्न नसक्दा आर्थिक चलखेलबाट नहुने काम पनि हुने र पैसा नहुनेको हुने काम पनि नहुने क्रम बढेकाले कित्ताकाट खुलाउने निर्णय गरिएको मन्त्री अर्यालले बताइन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्री अर्यालले आर्थिक चलखेलमा हुने गरेका सुशासन विरोधी गतिविधि रोक्ने हुटहुटीले कित्ताकाट खुला गर्ने निर्णय गरिएको पनि बताइन् । उनले भनिन्, ‘‘ऐन कार्...
दसैँ यथास्थानमा मनाउन सरकारकाे आग्रह

दसैँ यथास्थानमा मनाउन सरकारकाे आग्रह

राजनीति
काठमाडौं । मन्त्रिपरिषद् बैठकले कात्तिक मसान्तसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै अन्तर्राष्ट्रिय सीमा नाका कात्तिक मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हाे । जोखिमको अवस्था कायमै रहेको र भारतमा पनि कोरोना संक्रमण बढिरहेकाले सीमा बन्द गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । भारतसँग आवात जावतका लागि हाल १० वटा नाका मात्रै खुला राख्ने र अन्य बन्द गर्ने निर्णय भएको छ। हाल झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी मात्र भारततर्फ आवतजातका लागि खुला छन्। यस्तै आजको मन्त्रिपरिषद् बैठकले दशैं तिहार जस्ता पर्व यथास्थानमा मनाउन समेत जनताला...
भ्रष्टाचारको कुरा बाहिर आएपछि राजनीतिक दलमा ठूलो कम्पन उत्पन्न भयाे : डा. भट्टराई

भ्रष्टाचारको कुरा बाहिर आएपछि राजनीतिक दलमा ठूलो कम्पन उत्पन्न भयाे : डा. भट्टराई

राजनीति
वीरगन्ज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारबारे आफूले बोलेपछि राजनीतिक दलमा ठूलो कम्पन आएको बताएका छन् । जनता समाजवादीका नेता समेत रहेका डा. भट्टराईले सोमबार पर्सामा आयोजित एक कार्यक्रममा अर्बौंको घोटाला भएको दावी दोहोर्‍याउँदै साे कुराले राजनीतिक दलहरूमा ठूलाे हलचल देखिएकाे बताए । ‘भ्रष्टाचारबारे मैले बाहिर बोलेपछि प्रमाण देखाउन भन्दैछन् । बुढीगण्डकी, एनसेल, वाइडबडीमा अर्बौंको घोटाला भएको छ,’ उनले भने, ‘अधिकार सम्पन्न आयोग गठन गरेर छानबिन होस्, यदि बाबुराम दोषी छ भने कारबाही भोग्न तयार छ, के तपाईंहरु तयार हुनुहुन्छ ?' उनले जनताले तिरेको कर लुट्न नपाइने पनि बताए । जन–लोकपाल गठन गरेर भष्टचारीको सम्पति जफत गर्ने र त्यो सम्पति विकास र समृद्धिमा लगाउने पार्टीको रोडम्याप रहेको उनले सुनाए । हालै गृह जिल्ला गोरखा पुगेर भट्टराईले बुढीगण्डकी आयोनामा ९ अर्ब भ्रष्टाचार भएको र त...
हिन्दुविराेधी कार्यक्रम संचालन गरेकाे भन्दै राजेश हमालविरूद्द प्रदर्शन

हिन्दुविराेधी कार्यक्रम संचालन गरेकाे भन्दै राजेश हमालविरूद्द प्रदर्शन

राजनीति
काठमाडाैँ । राष्ट्रीय एकता अभियानले महानायक राजेश हमालविरूद्द प्रदर्शन गरेकाे छ। अभियानले हिन्दुबिरोधी टिभी कार्यक्रम संचालन गरेको बिरोधमा आज हमालमाकाे समेत पुतला दहन गरेको छ। अभियानका केन्द्रीय संयाेजक विनय यादवका अनुसार चर्चको पैसाबाट संचालित कार्यक्रममा जातको नाममा हिन्दू बिरोधी कार्यक्रम संचालन गरिएकाे हाे। उनले भने,' कान्तिपुर टेलिभिजनमा शनिबार साँझ साढे ६ र १० बजे हिन्दू बिरोधी कार्यक्रम संचालन भएकाे हामी प्रदर्शन गरेका हाैँ। प्रदर्शनमा सहभागीहरूले महानायक कि खलनायक ?, राजेश हामल इन सेल, क्रिश्चियनको दलाली बन्द गर, हिन्दुत्वमाथिको आक्रमण बन्द गर र हिन्दुद्रोह राष्ट्रद्रोह हाे भन्दै नाराबाजी लगाएका थिए।...
चीनले सीमा अतिक्रमण गरेकोबारे सत्यतथ्य बाहिर ल्याउन माग

चीनले सीमा अतिक्रमण गरेकोबारे सत्यतथ्य बाहिर ल्याउन माग

राजनीति
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता भीम रावलले हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषयबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् । सोमबार सामाजिक सन्जाल ट्वीटरमार्फत नेता रावलले देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउन माग गरेका हुन । नेपाल र चिनियाँ पक्षका कर्मचारीलाई सामेल गराएर स्थलगत अध्ययन गर्न पनि सरकारलाई नेता रावललेआग्रह गरेका छन् । ‘हुम्लाको नाम्खा गापा, लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्’, उनले भनेका छन् । नेता रावलले देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउन माग गरेका छन् । चीनले नेपालसँग कुनै पनि सीमा विवाद नरहेको प्रष्ट पारे पनि हुम्लाको लाप्चामा नेपाली भूमि म...
वाग्मती र प्रदेश १ मा नेतृत्व फेर्ने तयारी

वाग्मती र प्रदेश १ मा नेतृत्व फेर्ने तयारी

राजनीति
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध उनकै दल नेकपाका सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि सिंगो पार्टीभित्र हलचल पैदा भएको छ । केन्द्रमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक आयोगहरूमा नियुक्ति, राजदूत सिफारिसलगायत विषयमा भागबन्डाको गृहकार्य चलिरहेका बेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपामा हलचल पैदा भएको हो । अविश्वासको प्रस्तावले नेकपामा थप विवाद बढ्ने संकेत देखिएको छ । राष्ट्रिय महत्वका विषयमा पार्टी कमिटीमा छलफल गर्ने कुरा भए पनि दुई अध्यक्षले मात्र प्रदेश ५ को राजधानीको विषयमा सहमति गरेर विवाद निम्त्याएका स्रोत बताउँछ । ‘दाङमै राजधानी तोक्ने भए पनि पार्टी कमिटीलाई मनाएर लैजान सकिन्थ्यो तर कमिटीमा एकपटक पनि छलफल नगरी मुख्यमन्त्री पोखरेललाई मात्र उचालेर जसरी प्रदेश ५ का कमिटीहरू बिच्काउने क...
कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो

कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो

Featured, राजनीति
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले भूमि मिचेको निष्कर्ष निकालेको छ। कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा असोज १४ गते (बुधवार) कांग्रेसका जनप्रतिनिधिको टोली स्थलगत अध्ययनमा गएको थियो। १० दिनको अध्ययनपछि शनिवार साँझ सदरमुकाम सिमिकोट आइपुगेको टोलीका नेता शाहीले निरीक्षणका क्रममा ठाउँ ठाउँमा चीनले भूमि मिचेको देखिएको बताए। 'सीमा मिचिएकै छ । चीनले हामीलाई हेपेको छ । हामीले किनेको सामान समेत रोकेर राखेको छ । अर्को चीनले हेपेको भनेको के छ भने, म पहिलोपटक मन्त्री हुँदा टेलिफोनको टावर राख्न खोजेको थिएँ । चीनले अहिलेसम्म पनि टावर राख्न दिएको छैन । सीमा क्षेत्रमा उनीहरूकै टावरमार्फत सम्पर्क गर्नुपर्ने अवस्था छ । चीनले हेपेको विषयमा स्थानीय जनतासँग सरकारले आएर बुझे हुन्छ । मसँग त सबैको रेकर्ड छ,'शाह...
काेराेना नियन्त्रणमा नागरिक संवेदनशील नदेखिए फेरी लकडाउन गर्ने सरकारकाे चेतावनी

काेराेना नियन्त्रणमा नागरिक संवेदनशील नदेखिए फेरी लकडाउन गर्ने सरकारकाे चेतावनी

राजनीति
काठमाडौं । सरकारले पुनः लकडाउन हुन सक्ने बताएकाे छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसकाे संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएका हुन् । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले सचेत गराएको हो । अहिलेको अवस्थामा लक डाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए । चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाई छ । लकडाउन गर्ने/नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उनले बताए । त्यस्तै उनले संक्...